• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • भक्तपुरमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम

    भक्तपुरमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम

    भक्तपुर,८ कार्तिक । हाल महामारीको रुपमा फैलिरहेको डेंगु रोगको प्रकोप नियन्त्रण गर्न तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ भक्तपुर जगातीस्थित उर्वरभूमि कृषि सहकारी संस्थाको आयोजनामा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाइ कार्यक्रम र्‍यालीसहित सम्पन्न गरेको छ ।

    सचेतना कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित जगाती क्षेत्र, डागाचा, आदर्श बसस्टप, आदर्श कोल्डस्टोरका विभिन्न ठाउँहरुमा गरिएको थियो । साथै भक्तपुर नगरपालिका वडा नं. ५ भीमसेनस्थान, भक्तपुर नगरपालिका वडा नं. ७ जगाती, हनुमानघाटलगायतका स्थानहरुमा डेंगु रोग सम्बन्धि पर्चा वितरण तथा सोही क्षेत्रहरुमा चुन छर्केर क्लोरिनेशन समेत गरिएको थियो ।

    र्‍यालीली अघि भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राकेश सुकुपायोले सहकारीले समाजका हरेक सामाजिक समस्या, स्वास्थ्य समस्या, सामाजिक कुरीतिहरुविरुद्ध समुदायसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने औंल्याए । उनले अहिले डेंगु रोगको प्रकोपले महामारीकै रुप लिँदै गएको अवस्थामा सहकारीले आफ्नो जिम्मेवारी बोध गरी सचेतना कार्यक्रम आयोजना गरिएको बताए ।

    संस्थाका उपाध्यक्ष नारायणप्रसाद मचामसीले रोगबाट जनतालाई जोगाउन सहयोग गर्ने सामाजिक उतरदायित्व अनुसार कार्यक्रम गरेको जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ८, मंगलवार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP