ऐतिहासिक समयदेखिनै कविता, संगीत र साहित्यलाई अभिव्यक्त गर्ने एक उत्कृष्ट र सुन्दर माध्यम मानिदै आएको छ । संगीतमय कविता, गीत र गायन शैलीले समाजीक परिवर्तन, नबोलिएका, नसुनिएका कला र भावहरुलाई एउटै शब्दमालामा बांधी व्यक्त गर्न साहारा दिंदै आएका छन् ।
यसै सन्दर्भमा शब्दहरू मै विभिन्न जीवनका रसहरूलाई समेट्दै “शब्दस्पर्श” ‘अ नाईट फर अनटच्ड इमोसन’ कार्यक्रम आयोजना हुने भएको छ । यो फरक शैलीको कार्यक्रममा मनोरञ्जनात्मक एवम् भावपूर्ण, कार्यक्रम (शब्दस्पर्श) साहित्य मञ्चले A Night for Untouched Emotion, आफूभित्र खुम्चिएका, कैद गरिएका र अनुभुती गरिएका भावहरू, संङ्गितका अनेक रंगहरू संगै समेट्दै साहित्यका अनेक माध्यमहरू मार्फत प्रदर्शन गर्दैछ ।
यस कार्यक्रम (Pool Media Network/ media partner र VIP Restaurant Lounge Bar Venue partner सँग सहकार्य गर्दै (शब्दस्पर्श) “A night for Untouched Emotion ” यह असोज- 5 अर्थात् 21 September को साँझ ८ बजेदेखि काठमाडौं ठमेलको काखमा रहेको VIP Restaurant Lounge Bar मा आयोजना हुने आयोजक टिमले बताएको छ ।
प्रतिक्रिया