• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने गिरोहलाई कारबाहीको माग

    नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने गिरोहलाई कारबाहीको माग

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान सक्रिय रहेको गिरोहलाई कारबाही गर्न एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले माग गरेको छ । युवा संघ नेपालको वाग्मती प्रदेश कमिटीले मुख्यसचिव शंकरदास वैरागीलाई बिहीबार ज्ञापनपत्र बुझाएर गिरोहमा सक्रिय राजनीतिक व्यक्तिहरू र कर्मचारीहरूलाई कारबाही गर्न माग गरिएको हो ।

    युवा संघले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुर्‍याउने क्रममा छुटेका शरणार्थीको विषयलाई सम्बोधन गर्न भन्दैं गृह मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

    भुटानी शरणार्थीको आवरणमा भएको गैरकानुनी काममा संलग्न राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनउपर अनुसन्धान गरी कारबाही गर्नुपर्ने संघले माग गरेको हो । ‘सरकारले २०७६ असार २९ गते गठन गरेको कार्यदलका संयोजक गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थी तथा सो कार्यदलका सम्पूर्ण सदस्य उपर अनुसन्धान गरी मुद्दा चलाउन अख्तियार प्राप्त निकायलाई पत्राचार गर्न माग गर्दछ,’ संघले माग गरेको छ । प्रतिवेदन १ हप्ताभित्र सार्वजनिक गर्न माग गरिएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ३०, बिहीबार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP