• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

    फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

    दसैंको सष्टी अर्थात् फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी (दसैंको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो ।

    दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई पनि नरोकिने विभागले जनाएको छ ।

    आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागले दसैंको पहिलो दिन घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म सबै सर्वाजनिक गाडीहरुको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ ।

    दसैंको सार्वजनिक यातायात, सडक सुरक्षा, अनलाइन टिकट बुकिङ, कोरोना सुरक्षा लगायतका सन्दर्भमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, सुरक्षा निकाय लगायत सरोकारवाला व्यक्तित्वहरुसँग मंगलबार ९ बुँदे सहमति भएको छ ।​

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २२, बुधबार ११:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP