• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • युनिष शाहीको स्वरमा ‘मन भारी’

    युनिष शाहीको स्वरमा ‘मन भारी’

    २० असोज काठमाडौँ । कसमस इन्टरटेनमेन्टको प्रस्तुतिमा गायक युनिष शाहीको स्वर रहेको गीत ‘मन भारी’ को म्युजिक भिडियो रिलिज भएको छ । गत हप्ता सार्वजनिक भएको गीत ‘मन भारी’ मा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । कसमस इन्टरटेनमेन्टको प्रस्तुतिमा युनिषको स्वर रहेको उक्त गीतको भिडिओ चंगा प्रडक्सनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
    गीतमा मिक्सिङ र मास्टरिङ, संगीत निर्माण सास्वत श्रेष्ठले गरेका छन् भने कमेडियन तथा कलाकार सुजन जिम्बा र सब्बु गुरुङको अभिनय रहेको छ । चंगा प्रडक्सनले बनाएको भिडियोमा निकोलस गुरुङको निर्देशन रहेको छ । गायक युनिषले यसअघि ‘धारिलो तिर’ गीत सार्वजनिक गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८१ आश्विन २०, आईतवार १८:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP