विवरणअनुसार, उदित रन्जनालाई प्रतिमहिना १५ हजार रुपैयाँ भरणपोषण खर्चबापत दिन्थे । सन् २०२१ मा यो रकमलाई बढाएर २१ हजार रुपैयाँ बनाइएको थियो । उदितले रन्जनालाई खेती गर्नको लागि एउटा खेत र एक घर दिएका थिए, जसको मूल्य १ करोड भारु भनिएको छ ।
बिहार महिला आयोगका अनुसार उदितले रन्जनालाई २५ लाख रुपैयाँको गहना र जमिन दिए । तर, रन्जनाले ती दुवै बेचिदिइन् । रन्जनाले आफ्नो वकिलमार्फत भनेकी छन् कि उनको बिग्रँदै गरेको स्वास्थ्यको कारण उनले बुढेसकालमा आफ्नो श्रीमान उदितनारायणसँगै बस्न चाहन्छिन् ।
उदित र रन्जनाले सन् १९८४ मा विवाह गरेका थिए । प्रख्यात भएपछि रन्जनालाई एक्लै छाडेको आरोप पनि उदितमाथि छ । रन्जनालाई पत्नी मान्न अस्वीकार गरेको आरोप पनि उनीमाथि छ । यस क्रममा रन्जना लगातार आफ्नो हकको लागि लड्दै आएकी छन् । सन् २००६ मा रन्जनाले महिला आयोगसँग मद्दत मागेकी थिइन् । सो क्रममा उदितले फ्ल्याट र सामाग्री दिने प्रतिबद्धता त जनाए तर पुरा गरेनन् ।
प्रतिक्रिया