• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • रामचन्द्रजी राष्ट्रपति हुँदा संविधान च्यात्ने जोखिम रहँदैन, शेरबहादुर देउवा

    रामचन्द्रजी राष्ट्रपति हुँदा संविधान च्यात्ने जोखिम रहँदैन, शेरबहादुर देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित गर्दा विगत्‌मा जस्तो संविधान च्यात्ने जोखिम नहुने बताएका छन् । उनले अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको भन्दै उनको प्रशंसासमेत गरे ।

    बिहीबार काठमाडौंमा आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको बताए ।

    ‘रामचन्द्रजी हाम्रो पार्टीको सिनियर साथी हो । तर‚ प्रजातन्त्रको स्थायित्वका लागि उहाँले ठूलो संघर्ष गर्नुभएको छ । त्यही कारण उहाँले जीन्दगीमा धेरै ठूलो दुःखहरू पनि पाउनुभएको छ,’ देउवाले अघि भने, ‘तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पूरानो साथी हो, मलाई पनि उहाँको बारेमा सोच्दा खटपट भइरहन्थ्यो । त्यसकारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’

    सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे । ‘रामचन्द्रजी अहिले राष्ट्रपति पदको लागि सबैभन्दा योग्य व्यक्ति हो । उहाँ प्रजातन्त्रको स्थायित्वका लागि जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वास्त छु,’ उनले भने, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव संगाल्यौँ । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन १८, बिहीबार १२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP