• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपाको सरकार

    मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपाको सरकार

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

    बुधबार जनकपुरस्थित मधेस प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् ।

    १०७ सदस्यीय प्रदेश सभामा यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

    मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८१ जेष्ठ २३, बुधबार १४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP