• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन

    भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन

    भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो ।

    उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ ।  सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ ।

    वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको  छ । वाकाथन नेपालगञ्जको गण विपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन हुने छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० मंसिर २३, शनिबार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP