• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

    जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

    नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो । यात्रुहरूको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए ।

    यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान जजिराले जेठ २  बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो । जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्दै आएको छ । जजिराको एयर बस ३२० नीओ विमानले हालसम्म कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ । जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

    आउँदो कात्तिक १३ गतेदेखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान संचालन गर्दैछ, हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीनवटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको छ ।

    नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भएकोले र अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ विमानस्थलको रुपमा रहेको विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डययन प्राधिकरणले विभिन्न छुट दिँदै आएको छ । नारायणी वारीका यात्रुहरु काठमाण्डौ पुग्नु नपर्नेगरी जजिराले कुवेतको हवाइ यात्रा भैरहवाबाट सुरुवात गरेको हो ।

    विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाण्डौंको विकल्प रुपमा बनेको विमान स्थलमा काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्छन । काठमाडौंभन्दा बढि अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने अपेक्षा प्राधिकरणको रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन १, शनिबार ०७:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP