• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

    बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे परिवारको नाममा रहेको निजी गुठीको एउटा सतल घर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेका माहिला छोरा प्रयागमान बिजुक्छेमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएको हो ।

    गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये नारायणमान जेठा छोरा हुन् । हस्तान्तरण कार्यक्रममा बिजुक्छे दाजुभाइका कान्छो भाइ एवं भक्तपुर नगरपालिका–५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेंले भीमसेन सतलको इतिहासबारे बताएका थिए । सत्तललाई जोडेर विपक्षीले सधैं राजनीतिक मुद्दा बनाएको र अब उनीहरूले त्यो मुद्दा बनाउन नसक्ने बताए । विविध कारणले पहिलादेखि नै उक्त सतल नगरपालिकालाई हस्तान्तरण गर्न नपाएको उनले बताए ।

    सत्तल हाल भक्तपुर नगरपालिका–५ सुकुल ढोकामा पर्छ । यहाँ पहिला भीम आदर्श निम्न माध्यमिक विद्यालय रहेकोले यस स्कुललाई भीम आदर्श स्कुलको सत्तल भनी धेरै चिन्दछन् । सतल दुई कित्तामा विभाजित छ । दुवै कित्ताको सतल हस्तान्तरण गरिएको हो । एक आना दुई पैसा दुई दाम र एक आना एक पैसा गरी दुई कितामा सत्तल छ ।

    कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकामा हस्तान्तरण गरिएको सतलको इतिहासबारे थप अनुसन्धान गरी आवश्यकताअनुसार संरक्षण गर्ने वचन दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ११, शनिबार ०९:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP