• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • सिरहा २ का मतदाता भन्छन् : चित्रलेखालाई दान दिन सकिन्छ, मतदान गर्न सकिँदैन

    सिरहा २ का मतदाता भन्छन् : चित्रलेखालाई दान दिन सकिन्छ, मतदान गर्न सकिँदैन

    सिरहा । सिरहा क्षेत्र नम्बर २ को चुनावी चर्चा चरमचुलीमा पुगिसकेको छ । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसकी चित्रलेखा यादव छ भने अर्कोतिर एमाले जसपा गठबन्धनबाट जसपा नेता राजकिशोर यादव छन् ।

    दुबै उम्मेदवारले आ–आफ्नो सीप, दक्षता र इमान्दारिताको ब्याख्या गर्दै गठबन्धनको अवधारणा अनुरुप एजेन्डा प्रस्तुत गर्दै मतदातासामु मत माग्दै चुनावी प्रचारलाई तिब्र बनाएका छन् । चित्रलेखाको अधिकांश चुनावीसभामा वक्ताहरुले आफ्नो सम्बोधनमा भन्ने गरेका छन्, ‘राजकिशोर यो क्षेत्रको नेता होइन, त्यो बाहिरबाट आएका हुन् । उनलाई भोट दिनु हुँदैन ।’

    तर, चित्रलेखा भन्दा यस पल्टको चुनावमा सिरहा क्षेत्र २ का मतदाताले राजकिशोर यादवलाई रुचाउन थालेका छन् । उनको पक्षमा गाउँ–गाउँमा मुहिम चलेको छ । दिनप्रतिदिन राजकिशोरको पक्षमा जनलहर बढ्दै गएको छ । त्यस क्षेत्रका मतदाताहरु भन्छन्, ‘चित्रलेखाको विकासीय चित्र धेरै देख्यौं । यस पल्ट राजकिशोरलाई काम गर्ने मौका दिनुपर्छ ।’

    राजकिशोर क्षेत्र बाहिरका हुन भन्ने भनाईलाई खण्डन गर्दै सिरहा २ का मतदाताहरु भन्छन्, ‘चित्रलेखा यो क्षेत्रको छोरी हो, उनलाई दान दिन सकिन्छ । तर यस पल्ट उनलाई जिताउनका लागि मतदात भने गर्न सकिँदैन ।’ सिरहाको नवराजपुर घर भएकी उनको विवाह सिरहा नगरपालिका २ का कृष्ण यादवसँग विवाह भएको छ ।

    मतदाताहरुका अनुसार निर्वाचन जितेर वा समानुपातिक कोटामा वर्षौ–वर्ष सांसद पदमा रहेर पनि यो क्षेत्रको विकासमा राम्रो योगदान गर्न नसकेको जन गुनासो छन् । एक दुई योजना त्यो पनि अरु अरुकै प्रयासमा ल्याएको स्थानीयहरु बताउछन् । उनीहरु भन्छन्,‘गफ दिन माहिर छ तर व्यवहारमा लागु गर्ने बानी छैन ।’

    विगतका दिनमा प्रतिबद्धता जनाए अनुसार कामको प्रगति शुन्य रहेको उनीहरु भन्छन्, ‘पटक पटक गरी १५ वर्ष सांसद पदमा रह्यो तर नवराजपुर, छजना र बरियारपट्टी सँगै केही झिनामसिना वाहेक क्षेत्रबासीका लागि राम्रो काम र राम्रो समय दिन सकेन ।’

    जनताको काम गर्नु र जनताको माझ रहनुको साटो चित्रलेखा अधिकांश समय काठमाण्डौंमै बिताउने गरेको मतदाताहरुको आरोप छन् । केही महिना अघि मात्र भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार सत्ता गठबन्धनको साटो एमाले जसपा गठबन्धनको मत बढि रहेको देखिन्छ ।

    स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने राजकिशोरको पल्ला भारी रहेको बझिन्छ । समयक्रमसँगै राजनीतिक परिवेश र मतदाताको चाहना तथा आवश्यकता पनि फेरिएको हुँदा पुराना सोच भन्दा नयाँ सोच र शैली भएको व्यक्तिलाई प्रतिनिधिसभा सदस्यमा चयन गर्ने आम मतदाताको चासो बढ्दै गएको हो । मतदाताहरु भन्छन्, ‘पुरानो सोच र व्यक्तिगत स्वार्थमा डुबेकी उनलाई मतदान गर्नु हुँदैन ।’

    अघिल्लो निर्वाचनमा राजकिशोर सिरहा क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको र अनुभवी नेताको रुपमा पहिचान बनाउन सफल भएका उनलाई सिरहा २ मा जसपाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको आम चर्चा छन् ।

    सिरहा ४ मा उनले मिर्चैया कल्याणपुर सिरहा र सिरहा चोहर्वा सडक कालोपत्रे बन्नका लागि प्रयास गरेर बजेट ल्याएका छन् । उनले आफै शिल्यानाश गरेको दुबै सडक काम निर्माण कार्य भइरहेका छन् ।

    यी दुई मुख्य सडक उदाहरण मात्र छन् । यस्ता थुप्रा सडक तथा विद्यालयहरु उनको प्रयासले मुहार फेरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ मंसिर १, बिहीबार १७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP