• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • नेकपा एमाले मधेस प्रदेश कमिटिमा मा.विना देवी साह सदस्य सर्वसहम निर्वाचित

    नेकपा एमाले मधेस प्रदेश कमिटिमा मा.विना देवी साह सदस्य सर्वसहम निर्वाचित

    जनकपुर । नेकपा एमाले मधेश प्रदेश प्रथम अधिवेशनमा सम्पन्न भएको छ । अधिवेशनमाबाट संघिय संसद मा. विना देवी साह (गरुडा ना.पा.,रौतहट) सर्वसहम सदस्य निर्वाचित हुनु भएको छ । त्यसतै रामजी साह र करिष्षा देवी वैठा सर्वसहम सदस्य निर्वाचित हुनु भएका छन । नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसहमत चयन भएका छन् ।

    मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा संविधानसभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ ।
    अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयो । निर्वाचन प्रक्रियाले उहाँहरूको नाम अनुमोदन गर्ने यादवको भनाइ छ ।
    जनकपुरधाममा अस्ति बुधवारदेखि जारी एमालेको प्रथम अधिवेशनमा हिजो बिहीवार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भई सकेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० आश्विन २७, शनिबार १५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP