• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर भन्दा ७ लाख बढी कोठाभाडा लिए

    प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर भन्दा ७ लाख बढी कोठाभाडा लिए

    विराटनगर । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर प्रदेशसभा सचिवालयबाट चार वर्षसमा ७ लाखभन्दा बढी आवास सुविधा लिएको पाइएको छ ।

    गत कात्तिक मन्त्री बनेका जनता समाजवादी पार्टीका नेता उनले चार वर्षसम्म सचिवालयबाट आवास सुविधावापत वार्षिक रुपमा एकमुष्ट रकम लिएका हुन् । प्रदेश १ संसद सचिवालयका अनुसार प्रदेशसभा सचिवालय भन्दा १५ किलोमिटर आसपास घर भएका सांसदले आवास सुविधा नपाउने कानुनी व्यवस्था छ । तर प्रदेशसभाबाट करिब पाँच किलोमिटर दक्षिण विराटनगर महानगरपालिका– १४ जतुवा घर भएका यादवले मासिक रुपमा आवास सुविधा लिइरहेका थिए।

    उनले आर्थिक वर्ष २०७४–०७५ मा ८६ हजार ८९६ रुपैयाँ बुझेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक लाख ८० हजार रुपैयाँ आवास सुविधा बुझेका छन् । आर्थिक वर्ष २०७६–७७ मा २ लाख २८ हजार रुपैयाँ आवास सुविधा बुझेका थिए । आर्थिक वर्ष २०७७–०७८ मा पनि २ लाख २८ हजार रुपैयाँ बुझेका प्रदेशसभा सचिवालयको विवरण छ ।

    प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यादवले चार वर्षमा आवास सुविधावापत ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।

    यादवले घर आफ्नो नाममा नभएका कारण प्रदेशसभाबाट आवास सुविधा लिएको प्रतिक्रिया दिएका छन् । ‘हिजो घर मेरो नाममा थिएन’, उनले भने, ‘अहिले मेरो नाममा छ ।’ मन्त्री भएपछि भने आवास सुविधा नलिएको यादवले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २५, बुधबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP