• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते

    ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते

    ललितपुरको बागडोलमा बस दुर्घटना भएको छ । सोमबार एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ख २७१८ नम्बरको बस दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए ।

    ललितपुर महानगरपालिका–४ स्थित बागडोलमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर नवलपरासी घर भएकी २५ वर्षीया सुगम थापा, कीर्तिपुर घर भएकी ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी घर भएकी ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भएकी ३० वर्षीया सविना खड्का र ललितपुर बस्ने ३० वर्षीय उद्देश्य वाग्ले घाइते भएका छन् ।

    त्यस्तै, घाइते हुनेमा सिन्धुपाल्चोक घर भएका ५९ वर्षका जित बहादुर पोखरेल, रामेछाप घर भएका ४५ वर्षका खड्ग बहादुर थापा र कलंकी बस्दै आएका ६७ वर्षीय खिल बहादुर भण्डारी छन् । घाइतेहरुको स्टार अस्पतालमा उपचार भइरहेको एसपी शाहीले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार १३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP