• २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • गोरखामा एमाले नेतामाथि आक्रमण

    गोरखामा एमाले नेतामाथि आक्रमण

    काठमाडौं । गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका-७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो ।

    खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् । आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २८, सोमबार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP