• २०८१ चैत्र १२ | Tue, 25 Mar 2025
  • सिरहामा न्यानो बाड्दै नेपाली सेना,लाभान्वित भए विपन्न

    सिरहामा न्यानो बाड्दै नेपाली सेना,लाभान्वित भए विपन्न

    सिरहा । मधेशमा शितलहरको कहर बढेसँगै नेपाली सेनाले पनि न्यानो बाड्ने अभियान जारी राखेका छन्। बुधवार सिरहाको विष्णुपुर गाउँपालिकाको विभिन्न स्थानहरुमा नेपाली सेनाका टोलीले दाउरा लिएर बजारको बिभिन्न स्थानहरुमा आगो सल्काएका छन् । जसबाट अति विपन्न, व्यापारी र आम जनसमुदायहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

    नेपाल पत्रकार महासंघ सिरहाको पहलमा जसरि आज बिष्णुपुरमा दाउरा बाडिएझै सिरहाका विभिन्न स्थानहरुमा दाउरा बाड्ने काम जारी नै रहने श्री शेर गण चोहर्वा ब्यारेकका प्रमुख सुमन थापाले बताए ।

    उनले दाउरा मात्र नभई जाडोले कसैको ज्यान नजावोस भन्ने अभिप्रायले न्यानो कपडको समेत उचित प्रबन्ध मिलाइ बाड्ने काम समेत गर्ने प्रमुख थापाले बताए । दाउरा लिएर आएका श्री शेर गण चोहर्वा व्यारेकका सह (सेनानी ईन्द्र बहादुर खड्काको नेतृत्वमा खटेका टोलीले आफैँ अनुगमण गरेर दाउरा बाडडै गएका थिए ।

    दाउरा बाड्ने क्रममा विष्णुपुर बजार समिति लगायतका व्यापारीहरु उत्साहित हुँदै टोलीको सँगसँगै दाउरा वितरणमा सघाउ पुर्याएका थिए ।

    यस्ता कार्यक्रम सितलहर को बेलामा निरन्तर हाम्रो पहलमा भइरहने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादबले बताए । सभापति यादबले अब पत्रकारले समाचार सँगसँगै समाजिक कार्यमा समेत अह्म भुमिकाको साथ हुनु पर्ने बताए । उनले जाडोबाट अनाहकमा कसैको ज्यान नजावोस भन्ने अभिप्रायले पत्रकारहरु कलमको साथ(साथै पहलकदमिको भुमिकामा समेत लाग्नु पर्ने अवस्था देखिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २१, बिहीबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP