• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

    भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

    रामशंकर भण्डारी / बलान विहुल
    १६ गते असाेज २०८०

    सिरहा । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर-१ स्थित भगवानपुर चाैकमा मेची-महाकाली समाजवादी जागरण अभियानका क्रर्ममा नेकपा एमाले पार्टी परित्याग गरि १५० जना र जसपा नेपाल परित्याग गरि ३ जना जम्मा १५३ जना नेकपा एसमा पार्टी प्रवेश गरेका छन् ।

    नेकपा एसका रास्ट्रीय अध्यक्ष माधव नेपाल र पार्टीका बरिस्ठ नेता झलनाथ खनाल आएपछि स्थानीय बासिन्दाले भव्यताका साथ स्वागत गरिएकाे थिए ।

    साे कार्यक्रममा बाेल्दै एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने नेपाली समाजमा सुहाउँदो अनुरुप समाजवादलाई हाम्रो पार्टीले प्राथमिकता दिएर जनताको पक्षमा काम गरि रहेको बताउदै,वर्तमान सरकारले भ्रष्टचारीलाई कानुनी दायरामा ल्याई समाज र देशका हितमा कार्य गर्नु पर्नेमा जोड दिए ।

    बक्ताहरुकाे बाेल्ने कर्ममा नेकपा(एस) का बरिस्ठ नेता झलनाथ खनालले राेजगारी,समृद्धि र सुशासन नाराका साथ नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी ) काे मुलधारमा सदैब कार्य गरिने।

    पार्टी प्रती धेरै सकारात्मक कार्यक्रम देखियाे र सफलताकाे रुपमा पनि भन्न सकिन्छ याे मेचीमहाकाली अभियानले भगवानपुर गाउँपालिकामा राम्रो प्रभाव पारेको देखियाे किनभने यहाँ दुईवटा पूर्वप्रधानमन्त्री आउने जानकारी पाएपछी धेरै सङ्ख्यामा जन मानसको उपस्थित धेख्यो यसले पार्टीका हितमा अगामी दिनमा अझै प्रभावकारी बनाउने छाै भगवानपुर गाउँपालिका अध्यक्ष पदका उमेदवार चन्द्र नारायण यादबले बताए।

    उक्त कार्यक्रममा नेपाल एकीकृत समाजवादीका पार्टी उपाध्यक्ष धनश्याम भुसाल ,भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकास ज्वाला,मधेस प्रदेशका कृषि तथा भुमिसुधार मन्त्री गाेबिन्द न्याेपाने , केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष रामचन्र्द यादब र मधेस प्रदेश सह-ईन्चार्ज धर्मनाथ साह , भगवानपुर गाउँपालिका पार्टीका संयाेजक चन्द्र नारायण यादब लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका थिए ।

    साे कार्यक्रमकाे अध्यक्षता नेकपा एकीकृत समाजवादी पार्टी सिरहा जिल्ला उपाध्यक्ष उतर बाहादुर जर्घा मगरले गरेको थियोे ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० आश्विन १७, बुधबार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP