• २०८२ बैशाख ४ | Thu, 17 Apr 2025
  • भारतमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु

    भारतमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु

    तेलंगाना,२८ भदौ। भारतको तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले मृतकलाई २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    होटलको भुईं फ्लोरमा रहेको विद्युतीय स्कुटर शोरुममा आगलागी भएको हो । हैदरावादका प्रहरी आयुक्त सीभी आनन्दले आगलागीबाट निस्किएको धुवाँले होटलको पहिलो र दोस्रो तलामा भएकालाई समस्या भएको बताए।

    सीभी आनन्दले भने, ‘केही मानिस भवनबाट हाम फालेका थिए। उनीहरूलाई स्थानीय मानिसहरूले बचाएका थिए। ती मानिसहरूलाई अस्पताल लगिएको छ।’

    आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । उनले भने, ‘विद्युतीय स्कुटरको ब्याट्रीमा सर्ट सर्किट वा ओभर चार्ज भएर पनि आगलागी भएको हुन सक्ने आशंका गरेका छौँ । घटनाको समयमा होटलमा २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी छन् । मृत्यु हुने ६ जनामध्ये एक महिला छन् । कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फाले ।’

    अहिले स्थिति नियन्त्रणमा रहेको उनले बताए । बीबीसी

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २८, मंगलवार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP