• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • अफगानी सैनिक कारबाहीमा ७ विद्रोही मारिए

    अफगानी सैनिक कारबाहीमा ७ विद्रोही मारिए

    काबुल । अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा ७ जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ ।

    अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाका लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए ।

    बुधबार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताए। रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २१, बिहीबार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP