• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • वान एक्स बेटका ६ जना ‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ

    वान एक्स बेटका ६ जना ‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ

    अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङलाई पक्राउ गरेको हो । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ ।

    one x bet 2

    वान एक्स बेटमा, खेलाडी (बेटिङ गर्ने व्यक्ति), वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजरहरू हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत यी व्यक्तिहरू पक्राउ परेका हुन् । मोबाइल वालेटमा भएको अस्वाभाविक कारोबारका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सयवटा सम्म सिमकार्ड बोकेको पाइएको छ ।a

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ८, बुधबार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP