• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

    पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

    काठमाडौं । पहिलो पटक यौ’न सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ ।

    यौ’न सम्पर्क गर्न हतार नगरौं : तपाई यौ’न सम्पर्कलाई लिएर हड्बडी वा आतुर हुनुहुन्छ भने यो तपाईंको विकृत मानसिकता भनेर बुझ्न सकिन्छ । लामो समयसम्म से’क्सका लागि कुनै पहल वा तत्पराता देखाउन सक्नुभएन भने पनि तपाई लजालु मानिसका रुपमा चित्रित हुन सक्नुहुन्छ । यसकारण यौ’न सम्बन्धका लागि उपयुक्त समयमा उपयुक्त कदम चालेमा सम्बन्ध दिगो र आनन्ददायी हुने अध्ययनले देखाएको छ ।

    २ देखि ६ महिना सम्मको प्रतिक्षा : सो सर्वेमा एक हजार अमेरिकन तथा यूरोयीन दम्पती सहभागी भएका थिए । जसमध्ये २१ प्रतिशत सहभागिले पहिलो पटक पाटर्नरसँग यौ’न सम्पर्कको लागि २ देखि ६ महिनासम्मको समय लागेको बताएका थिए ।

    प्रतिक्षाको पीडा : विज्ञहरूका अनुसार यौ’न सम्पर्कका लागि प्रतिक्षा गर्नुको पीडा र दबाबले दम्पतीमा धेरैहदसम्म असर गरिरहेको हुन्छ । किनभने एउटाका लागि सही मानिएको निर्णय अर्कोको लागि सही नहुन सक्छ ।

    यौ’न सम्पर्कका लागि आर्दश समय : विज्ञहरूका अनुसार यौ’नसम्पर्क दुवै जनाको पूर्ण फैसलामा निर्भर रहने गर्छ । तर, शारीरिक सम्बन्ध बनाउनु भन्दा पहिला महिला र पुरुष दुबैले केही समय लिएर एक अर्कालाई बुझेर मात्र सम्बन्ध बनाए राम्रो मानिन्छ । तर यो पनि सबैको हकमा लागू नहुन सक्छ । कसै कसैमा प्रतिक्षाको समयले झन उल्टो असर गर्ने पनि हुन सक्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २१, सोमबार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP