रामशंकर भण्डारी / बलान विहुल
राजबिराज । नेपाल प्रहरीले मङगलवार मधेस प्रदेस प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजबिराज स्थित ६८ औं प्रहरी दिवस २०८० को एक कार्यक्रममा बलान विहुल गाउँपालिका वडा नं-४
बेल्हीका मृतक संजय यादब परिवारलाई पचिस हजार नगदसहित सम्मान गरेका छन्।
मृतक प्रहरी जवान संजय यादब २०८० जेष्ठ २१ गतेका दिन जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत हुदा काज सरुवा भई सिरहाको भगवानपुर गाउँपालिका वडा नं-१ स्थित प्रहरी चाैकी भगवानपुर आउने क्रममा बरियारपट्टी गाउँपालिका कजरा चाैकदेखि २०० मि.पुर्व ठाउँमा महिन्दा पि- कपले एकासी ठक्कर दिदा घटना स्थलमै मृत्युु भएका थिए ।
बिहे भएका १ महिना नबित्दै छाेरा गुमाउदा बुवा बद्री यादब भन्छन् कि अब हामी कसको साहारा बाच्छु सबै थाेक छाेरा संजय नै गर्ने गर्थ्याे अब हाम्रो घरवार र गुजर बसर कसले गर्छन् । उनले भन्छन् हामीले कति दु:ख गरेर छाेरालाई जागिर लगायाे कि अब हाम्रो पनि दिन राम्रो हुन्छन् उल्टो छोराको मृत्युु पश्चात दु:खकाे पहाड नै हाम्रो माथि आइ हल्यो अब हामीलाई कि त नेपाल सरकारले पाल्दिनु पर्याे कि त नेपाल सरकारले छाेराकाे तलबभत्ता सुविधा मृत्युु पश्चात हामीलाई दिने वातावरण मिलाई दिनु पर्याे ।
मृतक प्रहरी जवान संजय यादबकाे परिवार अहिले गरिबी अबस्थामाबाट गुजि्ररहेको छ । जिवनयापन गर्न बुवा बद्री यादबले ज्यालादारी गर्ने गर्नेछन् ।
अहिलेसम्म क्रिया खर्च बाहेक अरु कुनै पनि नेपाल सरकारबाट र दुर्घटनापछि पाउने सेवा सुबिधा समेत पाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख अतिथिमा कार्यक्रम भएका थिए।उक्त कार्यक्रममा प्र.ब.उ ईश्वर कार्कि,स.प्र.ब.उ. दिग विजय सुबेदी,नेपाल प्रहरी श्रीमति संघ मधेश प्रदेशका कोषाध्यक्ष अन्जु कार्कि,जि.प्र.का.सप्तरीका प्र.उ.गजु सिद्धि बज्राचार्य र नेपाल पत्रकार महासंघ शाखा सप्तरी अध्यक्ष शरवन देव लगाईत उपस्थित भएका थिए।
प्रमुख जिल्ला अधिकारी किरण थापाले अहोरात्र खटेर जनताका निम्ति प्रहरीले गरिरहेको कामको प्रशंसा गरे । उनले इमान्दारीपूर्वक काम गर्न प्रहरीलाई सुझाव दिए ।
प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमको सप्तरीका पालिका प्रमुखहरुले बहिष्कार गरेका छन् ।
प्रतिक्रिया