Gundruk Online
Sunday, April 19, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विपन्न बस्तीमा सधैं विपत्ति

विपन्न बस्तीमा सधैं विपत्ति


विपन्न बस्तीमा सधैं विपत्ति

जाजरकोट — जाजरकोटमा गएको भूकम्पमा परी भेरी नगरपालिका–१ रावत गाउँका उदय विककी ३० वर्षीया श्रीमती जानुका, छोरीहरू १३ वर्षीया शर्मिला, ९ वर्षीया अञ्जली र ७ वर्षीया गृष्मा तथा ४ वर्षीय छोरा उज्ज्वल विकको मृत्यु भयो । उनका भाइ मोहनकी ११ वर्षीया छोरी निरुताले पनि ज्यान गुमाइन् । परिवारका सबै सदस्य गुमाएपछि उनी मानसिक रूपमा विक्षिप्त अवस्थामा छन् ।

खुला आकाशमुनि त्रिपाल राखेर दैनिकी गुजारिरहेका भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडाका सर्वसाधारण । तस्बिर : महेश केसी

भूकम्पपछि उनी एक्लै झोक्राएर बस्न थालेका छन् । नयाँ मान्छे भेटे कुरा गर्न सक्दैनन् । उनकी छिमेकी तुलसरा विकले पनि २०६६ सालमा फैलिएको झाडापखालामा ६ वर्षीया छोरी, ४ वर्षअघिको पहिरोमा पति मालबहादुरलाई गुमाइन् । ‘कहिले झाडापखाला त कहिले पहिरो, दुःखजति सबै हामी गरिबलाई नै आइपर्दो रहेछ,’ उनले भनिन्, ‘एक त हामीलाई खानलाउनको दुःख छ, त्यसमा पनि विपत्तिले घरको न घाटको बनाएको छ ।जाजरकोट भूकम्पको ‘इपिसेन्टर’ बारेकोट गाउँपालिका–१ रामीडाँडाबाट २०६६ सालमै पनि झाडापखालाको महामारी फैलिएको थियो । उक्त महामारी नलगाड नगरपालिका, जुचेचाँदे, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालगायत ठाउँमा फैलिएको थियो । ‘संयोग पनि कस्तो भने,’ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘त्यो बेला झाडापखालाबाट जुन बस्तीमा मानवीय क्षति भएको थियो, त्यही बस्तीहरू भूकम्पले क्षतविक्षत भएका छन् ।’ रामीडाँडामा मात्रै त्यो बेला १० जनाले ज्यान गुमाएका थिए । त्यस्तै गाउँमा २०७२ सालमा स्वाइनफ्लुले गर्दा ३ जनाको ज्यान गएको थियो ।सिँचाइ असुविधा र भिरालो ठाउँ भएकाले रामीडाँडाका अधिकांश बस्तीका स्थानीयलाई आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन । अधिकांश युवा रोजगारीका लागि भारत जाने गरेका छन् । ‘आधाजसो युवा त भारततिरै छन्, केही चाड मनाउनका लागि यता आएका थिए,’ अध्यक्ष गिरीले भने, ‘उनीहरू पनि भूकम्पमा परे ।’ गाउँमा अहिले पनि झाडापखालाको जोखिम बढेको छ । भूकम्पमा मरेका पशुचौपायाको व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको छ भने शौचालय भत्किएपछि स्थानीय खुला शौच गर्न बाध्य छन् ।सदरमुकाम नजिकैको बस्ती भए पनि रावत गाउँ सुविधाबाट पछाडि परेको भेरी नगरपालिकाका कार्यपालिका सदस्य डोटे नेपालीले बताए । यस गाउँमा भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् । ‘यो बादी र दलित समुदायको बाहुल्यता रहेको गाउँ हो, युवा माछा मारेर र मजदुरी गरेर खर्चको जोहो गर्न बाध्य छन्,’ उनले भने, ‘रिम्ना बजार नजिकै भएकाले सडकले त छोएको छ, तर शिक्षा, स्वास्थ्यलगायत अन्य विकासका पूर्वाधार नहुँदा विपत्तिले सधैं सताउँछ ।’ उनका अनुसार ४ वर्षअघि गएको पहिरोमा गाउँका ९ जनाले ज्यान गुमाए भने स्वाइन फ्लुमा ६ र झाडापखालाको बेला ११ जनाको मृत्यु भएको थियो ।नगरपालिका भए पनि सधैं विपद् झेल्ने अर्को बस्ती हो, नलगाड नगरपालिका–१ च्युरीटोल । यस बस्तीमा पनि ०६६ को झाडापखालाले १६ जनाको ज्यान लिएको थियो । ‘हामीलाई त केही न केही विपत्तिले सधैं दुःख दिइरहन्छ,’ झाडापखालाको महामारीका बेला जेठो छोरा गुमाएकी स्थानीय बिर्मी विकले भनिन्, ‘यो भूकम्पमा पनि छोरी गुमाउनुपर्‍यो, दुःखजति हामी गरिबलाई मात्र पर्ने रहेछ ।’१ सय ८६ घर रहेको चिउरीटोलको पूरै परिवार अहिले घरबाहिरै छ । त्यसमध्ये झन्डै १ सय परिवारले त्रिपालसमेत पाउन नसकेको उनले बताइन् । नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरले विपन्न बस्तीमा ४/५ महिनापछि भोकमरी फैलिने जोखिमसमेत रहेको बताए । ‘यहाँका किसानले भित्र्याएको मकै पनि भग्नावशेषमा पुरिएको छ,’ उनले भने, ‘सबै भूकम्पपीडित बारीमा बसिरहेका छन्, जसका कारण उनीहरूले नयाँ बाली लगाउन पाएका छैनन्, यसले खाद्यान्न अभावको समस्या विकराल हुने देखिन्छ ।’जाजरकोटमा बर्सेनि पहिरोमा परी ज्यान जानेहरूको संख्या पनि ठूलो छ । ‘एक त पुराना घर, त्यसमा पनि पहिरोले खल्बलिएको जमिन,’ स्थानीय अगुवा राजेन्द्रविक्रम शाहले भने, ‘त्यसले गर्दा पनि भूकम्पमा ठूलो क्षति व्यहोर्नुपर्‍यो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्ला ५ वर्षको अवधिमा जिल्लाभरि ८७ जनाले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार स्वाइन फ्लुमा ४१ जनाले ज्यान गुमाएका थिए भने २०६६ को झाडापखाला महामारीमा ३ सय ५६ जनाको मृत्यु भएको थियो ।जनचेतना र सरसफाइको अभाव, गरिबी, पछौटेपन, भौगोलिक विकटता, पौष्टिक आहारको कमी, अस्वस्थकर रहनसहन र दूषित पानीको उपभोगलगायतका कारण यसअघि जाजरकोटमा महामारी फैलिएको पूर्वस्वास्थ्य सेवा प्रमुख डा. विनोद गिरीले बताए । उनका अनुसार अहिले पनि भूकम्पमा मरेका छाडाचौपाया व्यवस्थापन नहुनु, खानेपानी अभाव, खुला शौचलगायत कारण भूकम्प प्रभावित क्षेत्रमा फेरि झाडापखाला फैलिने जोखिम छ । उनले भने, ‘त्यसैले खानेपानीको शुद्धता र आहार व्यवहारमा भूकम्पपीडितले ध्यान दिन जरुरी छ ।’भूकम्पका कारण जिल्लाभरिका झन्डै ४ सय खानेपानी योजनामा क्षति पुगेको छ । जसका कारण जिल्लाभरि खानेपानी अभाव छ । ‘कुनै खानेपानी योजनाको मुहानमा क्षति पुगेको छ त कुनैमा पाइपलाइनमा,’ नलगाड–४ का वडाध्यक्ष बद्री पन्तले भने, ‘भेरी नदी आसपासका भूकम्पपीडित त अहिले भेरी नदीकै पानी खान बाध्य छन् ।’भूकम्पका कारण जिल्लाभरि ३३ हजार परिवार घरबारविहीन बनेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । भूकम्पमा परी १ सय १ जनाले जाजरकोटमा ज्यान गुमाएका छन् । भूकम्पपछि अस्थायी त्रिपालमा ओत लागिरहेका नलगाड–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र नलगाड–४ कै ४८ वर्षीया पम्फा रावलको चिसोका कारण शुक्रबार मृत्यु भइसकेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पले झन्डै ९ हजार घर पूर्णरूपमा र २४ हजार परिवार आंशिक रूपमा भत्किएका छन् । तर झन्डै २० हजारलाई मात्र टेन्ट, त्रिपाल, म्याट र कम्बललगायत राहत सामग्री दिन सकिएको उनले बताए ।नलगाड–१ बलवीर विकले सरकारले खानपान र बसोबासको व्यवस्थापन नगर्दा अझै पनि गाउँका २ सय परिवार बारीमा बस्नुपरेको बताए । भूकम्पबाट मान्छे बाँचेपछि खान, बस्न र स्वास्थ्यकै मुख्य समस्या देखिएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिलाई चिसोबाट कसरी बचाउने र फेरि महामारी फैलिन नदिन के गर्ने भन्ने चुनौती देखिएको उनले बताए ।भेरी नगरपालिकाको रावत गाउँ, नलगाडको चिउरी, कालेगाउँलगायतमा झन्डै ४ सय बिरामीको उपचार गरेर फर्किएका नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ चिकित्सक डा. श्याम विकले गाउँमा सरुवा रोगको प्रकोप फैलिने र चिसोका कारण स्थानीयको मृत्यु हुने जोखिम बढेको बताए । उनका अनुसार भूकम्प गएको १/२ दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनियाको लक्षण देखिन थालिसकेको थियो ।‘चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको थियो,’ झन्डै चार दिन उपचार गरेर गत बुधबार फर्किएका उनले भने, ‘भूकम्पका कारण घरभित्रै औषधि पुरिएपछि कतिपय दीर्घरोगीले औषधि खान पाइरहेका थिएनन्, जसले गर्दा पनि उनीहरूलाई छिटो चिसोले असर गर्‍यो ।’ स्थानीयलाई सम्भावित थप विपत्बाट जोगाउन पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.