काठमाडौं । एक दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएका ओमनाथ कडरियाको नयाँ गीत ‘अचानो’ सार्वजनिक भएको छ। शब्दमा ओमनाथ कडरियाकै सिर्जना रहेको यो गीतमा लोकप्रिय गायिका स्मिता प्रधानको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतले विशेष गरी अमर प्रेमको भाव प्रस्तुत गर्छ। प्रेम कहिल्यै समाप्त नहुने र समयसँग अझ गहिरिँदै जाने अनुभूतिलाई गीतका शब्द र भावनाले प्रस्ट रूपमा व्यक्त गरेका छन्।
गीतमा रमेश अन्जान कडरियाको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका हुन्। सुमधुर शब्द, भावनात्मक संगीत र परिष्कृत एरेन्जमेन्टले गीतलाई अझ सशक्त बनाएको छ।
‘अचानो’ गीतलाई लिरिकल भिडिओमार्फत सार्वजनिक गरिएको हो। गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा योगदान दिँदै आएका ओमनाथ कडरियाको यो नयाँ सिर्जनाले प्रेमिल श्रोताको मन जित्ने विश्वास गरिएको छ।
