सिरहा, असोज २८ गते। एसीसी यु–१९ प्रिमियर कपमा नेपाली बलरहरु दिपेश कँडेल र दुर्गेश गुप्ताले उत्कृष्ट बलिङ गरेपछि बहराइन ७७ रनमा अलआउट भएको छ ।
मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट हुन पुगेको छ ।
दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिएका छन् । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिएका छन् ।
बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।







