Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » खेतबारीमा विषादीको प्रयोग बढ्दो, क्यान्सरदेखि मिर्गौला फेलको खतरा

खेतबारीमा विषादीको प्रयोग बढ्दो, क्यान्सरदेखि मिर्गौला फेलको खतरा


खेतबारीमा विषादीको प्रयोग बढ्दो, क्यान्सरदेखि मिर्गौला फेलको खतरा

 

खेतबारीमा विषादीको प्रयोग बढ्दै गएको छ । बाली उब्जाउ बढाउनका लागि विषादीको प्रयोग बढ्दै गएको हो । जलवायु परिवर्तनका कारण बालीनालीमा लाग्ने नयाँ प्रजातिका रोग तथा किरालाई न्यूनीकरण गर्न विषादीको प्रयोग बढेको देखिन्छ ।थाभावी प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा असर पार्ने विज्ञ बताउँछन् । महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६.८३ र आयातको परिमाण ४६.३ प्रतिशतले बढेको छ । यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु हो ।नेपालमा विषादीयुक्त तरकारी तथा फलफूलले स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान हुन सकेको अवस्था छैन । तर बाहिरी मुलुकका विभिन्न अध्ययनले विषादीयुक्त खानाले तत्कालदेखि लामो समयपछि मानव स्वास्थ्यमा असर पार्ने देखिएको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए ।‘विषादीका कारणले क्यान्सर गराउन सक्छ, रगतसँग सम्बन्धित रोग ल्याउन सक्छ, नसा, छाला र श्वासप्रश्वाससँग सम्बन्धित रोगहरू ल्याउन सक्छ,’ उनले भने, ‘विषादीको बाहुआयामिक असर छन् ।’नेपालमा पनि विषादी प्रयोग र प्रभावको अध्ययन गर्नुपर्ने डा. वन्तको तर्क छ । ‘अहिले नै पोइजनिङ भ

यो भने तत्काल असर देखिन्छ, त्यस्तो पोइजिनिङले गर्दा मान्छेको मृत्यु नै भएको पाइन्छ,’ उनले भने, ‘कुनै विषादीले विस्तारै असर गरेर लामो समयपछि नतिजा देखिन्छ ।’फिजिसियन डा. पुष्पमणि खरालका अनुसार विषादीले शरीरमा विभिन्न असर देखापर्छ । उनले भने, ‘सुरुमा कलेजो, पाचन प्रक्रियालाई असर गर्छ । लामो समयसम्म विषादीयुक्त तरकारी खाइरहेमा नसा, मस्तिष्क, मुटु, मिर्गौला लगायत शरीरको सबै अङ्गमा हानि गर्छ ।’डा. खरालका अनुसार विषादीका रासायनले हड्डीको भित्र हुने मासीलाई समेत असर पुर्याउँछ । ‘मासी उत्पादन गर्दा पछि गएर बोनम्यारोसँग सम्बन्धित विभिन्न समस्या आउन सक्छ’ उनले भने, ‘विभिन्न प्रतिवेदनले विषादीयुक्त खाना खाने व्यक्तिमा क्यान्सरको सम्भावना बढी देखाएको छ ।’नेपालमा तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा झण्डै २ हजार वडाका बासिन्दा सचेत नभएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि गणना २०७८ (सामुदायिक प्रतिवेदन) ले १ हजार ७३६ (१०.७ प्रतिशत) वडाका बासिन्दा यसप्रति सचेत नरहेको देखाएको छ ।वडामार्फत प्राप्त विवरण अनुसार गणना गरिएका ६ हजार ३६ वडामध्ये ३ हजार ६५४ वडा ६०.५ का प्रतिशत बासिन्दा तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा आंशिक रूपमा सचेत पाइएको छ ।खेतीबालीमा प्रयोग हुने विषादी कडाखाले रसायन हो । यसले छाला चिलाउने, श्वास नलीको माथिल्लो भागमा असर गरी रक्त सञ्चार प्रणालीमा छिर्ने, छालामा भएका ससाना प्वालबाट पसेर या खानामार्फत शरीरमा प्रवेश गरी मिर्गौला र फोक्सो काम नलाग्ने बनाइदिन्छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको विषादी समुचित प्रयोग भण्डारण र विसर्जन पुस्तकमा उल्लेख गरिएअनुसार विषादीबाट मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन रूपमा देखिने समस्या निम्न छन्ः–      रिँगटा लाग्नु,–      पक्षघात आक्रमण÷मुर्छा पर्नु,–      थाकेको महसुस हुनु,–      होस हराउनु,–      टाउको दुख्नु,–      बान्ता हुनु,–      स्वाँ स्वाँ हुनु,–      खोकी लाग्नु,–      छाती दुख्नु, गाह्रो हुनु,–      मांसपेशी थाक्नु, कम्पन हुनु,–      वाकवाक लाग्नु,–      पेट बटारिनु,–      पखाला लाग्नु,–      छाला लाटो हुनु,–      छाला फुट्नु, चिलाउनु, फोका आउनु,–      छाला रातो हुनु, सेतो हुनु,–      लड्खडाएर हिँड्नु,–      अनिन्द्रा–      आँखी भौँ फरफरउनु,–      आँखा रातो हुनु, पोल्नु, आँसु बहनु,–      नाक पोल्नु, पातलो सिँगान बगिरहनु,–      क्यान्सर, ट्युमर–      श्वास प्रश्वाससम्बन्धी रोग,–      स्नायुजन्य र व्यवहारजन्य असर, शरीरिक विकासमा असर र जन्मजात अपाङ्गता, प्रतिरोध क्षमतामा असर–      प्यारालाइसिस,–      वंशाणुगत परिवर्तन,–      कलेजो खराबी,–      मानसिक असन्तुलन,–      एलर्जीनेपालमा विषादी आयात गर्दा बर्सेनी अर्बौं रकम खर्च भएको छ । सरकारी तथ्याङ्क अनुासर आर्थिक वर्ष २०७५-७६ मा ८ लाख ९ हजार ९३ केजी विषादी आयात हुँदा ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ ।यस्तै, वर्ष २०७६-२०७७ मा ६ लाख ८१ हजार ६२७ केजी विषादी आयात भइ ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ ।यस्तै, आर्थिक वर्ष २०७७-२०७८ मा ७ लाख ८३ हजार ३४३ केजी विषादी आयात हुँदा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ मा उल्लेख छ ।आर्थिक वर्ष २०७८-२०७९ मा ११ लाख ३५ हजार ५०४ केजी विषादी आयात भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको थियाे । आर्थिक वर्ष ०७९-०८० मा ११ लाख ८३ हजार ७४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रकम बाहिरिएको छ ।खेतबारीमा अत्यावश्यक बाहेकमा विषादी प्रयोग नगर्न विज्ञहरू सुझाव दिन्छन् । प्रयोग गर्नै परेको खण्डमा स्वास्थ्य सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको विषादी समुचित प्रयोग भण्डारण र विसर्जन पुस्तकमा उल्लेख गरिएअनुसार विषादीबारे निम्न सावधानी अपनाउनु पर्छ :–      अनावश्यक रूपमा विषादी प्रयोग नगर्ने, नगराउने ।–      विषादीको चिह्न (लेबल) र अन्य पर्चाहरू राम्रोसँग पढ्ने ।–      केटाकेटीले नभेट्ने ठाउँमा विषादीलाई राख्ने ।–      सकेसम्म सामान्य रूपले खतरनाक र सुरक्षित विषादीको छनोट गर्नुपर्छ ।–      प्राविधिकको सल्लाह लिएर मात्र विषादी किन्नुपर्छ ।–      विषादीलाई सुरक्षित ठाउँमा तालाबन्दी गरी राख्नुपर्छ ।–      विषादीलाई खाद्य पदार्थभन्दा टाढा राख्नु पर्छ ।–      स्प्रेयर र डस्टर तथा विषादी प्रयोग गर्ने उपकरण सही अवस्थामा हुनु पर्छ ।–      विषादीको प्रयोग गर्नुभन्दा पहिले डब्बामा दिएका निर्देशन र सावधानीलाई राम्ररी पालना गर्नु पर्छ ।–      विषादीले छालामा विष लाग्दा पोल्ने भएकाले सुरक्षात्मक पहिरन लगाउनु पर्छ । जस्तैः पूरा बाहुलाको कमिज, लामो पतलुन वा पाइन्ट, मोजा, जुत्ता, बुट, चौडा किनारा भएको टोपी, हातमा रासायनिक पदार्थले असर नगर्ने रबरको पन्जा, मास्क, कृत्रिम श्वास उपकरण आदि ।–      अन्य ठाउँमा विषादी नफैलियोस् भन्नका लागि विषादीको प्याकेटलाई सावधानीपूर्वक खोल्नु पर्छ ।–      हावाको गति कम भएको बेलामा छर्ने गर्नु पर्दछ, हावाको विपरीत दिशातर्फ छर्नु हुँदैन ।–      गर्मी ठाउँमा मध्य दिनमा कहिल्यै विषादी छर्नु हुँदैन ।–      विषादी छर्दै अगाडि बढ्नु हुँदैन, पछाडि सर्नुपर्छ ।–      विषादी छर्दा नोजल बन्द भएमा मुखले फुक्नु हुँदैन ।–      विषादीको प्रयोग गर्दागर्दै कुनै चिज खानु हुँदैन, जस्तैः चुरोट वा धूम्रपान गर्नु हुँदैन ।–      विषादीको प्रयोग गरेका कागजी पदार्थलाई सुरक्षित स्थानमा जलाएर वा गाडेर नष्ट गर्नु पर्छ ।–      हातमुख साबुनपानीले राम्ररी धुनु पर्छ ।–      प्रयोग गरिएको भाँडा कम्तीमा तीन पटक साबुन पानीले सफा गर्नु पर्छ ।–      प्रयोग गरेका उपकरण राम्ररी सफा गरेर राख्नु पर्छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.