Gundruk Online
Monday, February 9, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’


‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम । विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घचौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै थिइन् जनकपुरधामकी मञ्जुला ठाकुर ।खुसी के हो ? समाज के हो  ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन । त्यहीँबेला १२ वर्षकै उमेरमा उनको विवाह भयो । समय त्यस्तै थियो, कलिलो काँधमा असाधारण जिम्मेवारीको भारी थपिएपछि सकिनसकी माइतीको इज्जत र पोइलीघरको जिम्मेवारी धान्नैपर्ने भयो । “कलिलै उमेरमा जिम्मेवारी थपियो । जानेको केही थिइनँ । त्यो समय र आफ्नो जीवन नै बोझ लाग्दै थियो । के गर्ने, के नगर्ने छुट्याउने उमेर पनि त भएको थिएन नि १ तर पनि बाँच्नु त पर्यो”, उनले त्यो समय सम्झिँदै भने । मञ्जुलको उमङ्गविहीन त्यो समयलाई रङ्गिन बनाउन आमाले सिकाइदिएको ‘पेन्टिङ् कला’ रङ भर्ने माध्यम बन्यो । जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरु नारीहरूलाई सङ्गठित गर्ने आधार पनि बन्यो । २०४८ सालको समय हुँदो हो, महिना त ठ्याक्कै भन्न सक्नुभएन उनले । अर्धघुम्टोमा घरको चौघेरा नाघेर निस्किएको वर्ष थियो त्यो ।“केही समय घरमै बसेर आफ्नो कलालाई निखारे । पछि २०४८ सालतिर घरबाट समाजमा निस्किएँ । त्यो बेला महिलालाई घरबाट निस्किनै समस्या थियो । मलाई पनि सुरुमा त्यस्तै भयो । तर हिम्मत हारिन । बिहे, चाडपर्वको बेला घरघरमा गएर वाल पेन्टिङ् गर्न थाल्यौँ”, मञ्जुलाले त्यो समय सम्झिइन्, “सुरुमा गाहे भयो । गाउँघरको मान्छे कुरा काट्थे । कता जान्छ ? के गर्छ ? अरुसँग किन हिँड्छ ? जस्ता अनेक लाञ्छनासहितका प्रश्नले उडाउँथे । तर त्यसको कुनै प्रवाह गरिनँ”, उनले सुनाइन् । समय परिवर्तन हुँदै गयो । काम गर्दै जाँदा पैसा आउन थाल्यो । आयआर्जन भएपछि घरका समस्याहरू टार्न सहज भयो । गृहिणीको पहिचान कलाकर्मीमा बदलियो । त्यसपछि परिवारबाट समेत थप साथ पाउन थालिन् उनले । त्यसपछि त मञ्जुलाको समय, दिनचर्या नै बदलियो । अर्थोपार्जन भयो । समाजको भरोसा थपियो । अर्धघुम्टो पूरै उघार्ने अवस्था बन्यो । मञ्जुला भन्छिन्, “मैले आफू मात्रै होइन, घरघरमा सीमित रहेका र घुम्टोसमेत उघार्न नचाहने महिलाहरूलाई आफ्नो अभियानमा जोड्न भूमिका खेले, जसका कारण अरु थुप्रै दिदीबहिनीलाई आर्थिक रूपले सबल बनाउन निकै सहयोग पुगेको छ । आर्थिक रूपले सबल हुनु भनेको महिलाको आत्मसम्मान र प्रतिष्ठासमेत बढ्नु हो नि ।”कुनैबेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याइनभ्याई भयो । आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जानसमेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त धेरैले सपनाको देश भनिने अमेरिका पुगिन् ।त्यो क्षण सम्झिँदै उनी भन्छिन्, “त्यसबेलाको मधेशी समाजकी एउटा बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिदा पनि नमीठो लाग्छ । मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्थिन होला । घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि । अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ । अब उहाँहरू अगाडि आउनुपर्छ । त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।”मञ्जुलाको कुरा सुन्दा २६ वर्षअघिको मधेशको मुस्लिम समाजको याद आउँछ । त्यसमा पनि श्रीमान गुमाएकी एउटा नारीको अवस्था । तर त्यसलाई चिरेर अगाडि बढिन् जनकपुरधाम उपमहानगरपालिका—४ शान्तिनगरकी मुन्नी खातुन । छ छोरी र एक छोराकी आमा मुन्निको जीवनमा एकाएक बज्रपात भयो । २७ वर्षअघि श्रीमान बिते ।एक्लो ज्यान भए त जेनतेन जीवन चल्थ्यो होला तर उनीमाथि ती सबै लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो । विकल्पहरू केही थिएनन् । “हिम्मत हार्नु हुँदैन रहेछ, अल्लाहले विकल्प दिइहाल्दा रहेछन् १ घरमा सामान्य सिकेको पेन्टिङ कलालाई जीविकोपार्जनको आधार बनाउने सोच आयो । मेरो सीपलाई निखार्ने अवसर भने केही समयअघि खुलेको नारी विकास केन्द्रले दियो”, खातुनले भनिन्,“धन्न त्योबेला छ सात सयमा परिवार चल्थ्यो । अहिले त जति पैसा भए पनि पुग्दैन । त्यसमा पनि पेन्टिङ्को कुनै मूल्य नै छैनजस्तो लाग्छ ।”खातुनले यहीँ पेशाबाट घरपरिवारको लालनपालनदेखि छोराछोरीको बिहेसम्म गरिदिएको सुनाइन् । उनी भन्छिन्, “हो, पेन्टिङबाटै यो सबै सम्भव भएको हो । यदि यो सीप नभएको भए मैले सात छोराछोरीसहितको परिवार कसरी पालनपोषण गर्थें होला ? यही चित्रकलाबाट घरबार चल्यो, छोराछोरीको विवाह गरियो ।”जनकपुरधाम–१० देवीचोककी सीतादेवी कर्णलाई पनि मिथिला चित्रकलाले नाम, दाम र प्रतिष्ठा सबै दियो । यहीँ कलाले उनलाई बेल्जियम, अमेरिका, काठमाडौँलगायत भारतका विभिन्न ठाउँमा गएर आफ्नो कला प्रदर्शन गर्ने अवसर दियो । त्यसबाट आएको पैसाले परिवारको लालनपालनमा सहयोग पुग्यो । “म तीस वर्षदेखि यहीँ काम गरिरहेकी छु । गाहे अप्ठ्यारो त जुनसुकै पेशामा हुन्छ नै । तर यहीँ पेसाले मजस्ता तमाम नारीलाई नयाँ पहिचान दियो । देश दुनियाँ हेर्ने अवसर दियो”, उनी भन्छिन्, “आफ्नो जीवन र आँखाको ज्योति रहेसम्म यो कलामा समर्पित हुने चाहना छ । अब नयाँ पुस्तालाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सक्दो सन्देश फैलाउन योजना छ ।”कर्णलाई मिथिला चित्रकलाप्रतिको लगाव भने उनकी आमाले जागृत गराएकी थिइन् । त्यसलाई निखार्ने अवसर भने जनकपुर नारी विकास केन्द्रले दिएको हो । “म बच्चादेखि नै यो कलामा लागेको हो । मेरो आमाले चाडपर्वमा गोबर, चामलको पिठोबाट परम्परागत चित्रकला बनाउनुहुन्थ्यो । त्यहीँबेलादेखि चित्रकला सिक्ने भोक जोगको हो । नारी विकास केन्द्रले त्यसलाई निखार्न अभिप्रेरित ग¥यो । त्यसको प्रस्थानबिन्दु भने २०५० साल थियो”, कर्णले भनिन् ।सो संस्थाले त्यसवर्ष ६३ जनालाई सहभागी गराएर चित्रकला प्रदर्शनीसहित अन्तर्वार्ता लिँदा त्यसबाट उत्कृष्ट प्रतिस्पर्धीका रूपमा छनोट भएर काम सुरू गरेको कर्णले जानकारी दिइन् । त्यसपछि नै उनको व्यावसायिक जीवन सुरू भएको हो । उनले छ महिनामै शाखाको व्यवस्थापक र मास्टर आर्टिस्ट, पछि संस्थाको सचिव, कोषाध्यक्ष र अध्यक्ष हुँदै २२ वर्षसम्म त्यहाँ काम गरेको स्मरण गरिन् । उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पनि बनिन् ।जनकपुरधाम–१० निवासी सुलोचना कर्णले पनि विगत ३० वर्षदेखि मिथिला चित्रकला कोर्दै आएकी छन् । निर्जिव वस्तुमा कोर्ने यहीँ चित्रकलाले आफ्नो जीवनलाई नै जिवन्त बनाइदिएको उनको बुझाई छ । “यहीँ काम गरेर आफ्नो पहिचान बनाए । थोरै भए पनि यो कामबाट आर्जेको पैसाले घरपरिवार चलाउन योगदान पुग्यो । यो भन्नुको अर्थ त्यसले मलाई स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित जीवन बाँच्नका लागि जीवनमै रङ भरिदियो”, उनले भनिन् ।अरुणा हिङमाङ अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य रहेकी छन् । प्रतिष्ठानको हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजकसमेत रहेकी उनी मिथिला चित्रकलामार्फत समाज परिवर्तन, विद्रोह, समाजका सुसुप्त आवाज, नारी समानताको वकालत गर्ने नारीवादी चित्रकारका रुपमा चिनिन्छन् ।हिङमाङ यहीँ कारणले आफूलाई प्रतिष्ठित संस्थाको प्राज्ञ बनाएको बताउँछिन् । “चित्रकला भनेको सौन्दर्य र सजावटका लागि मात्रै होइन यो समाज परिवर्तनका लागि आवाज उठाउने शसक्त माध्यम पनि हो । मिथिला चित्रकला त यहाँका सीमान्त नारीहरूमा सुसुप्तरूपमा रहेको बिद्रोहको चेतनालाई प्रस्फुटित गर्दै आर्थिक, सामाजिक र नेतृत्व क्षमता विकासमा टेवा पु¥याउने आधार पनि हो”, हिङमाङ भन्छिन् ।ललितकलाले पनि अनुसन्धान, सिर्जना र सम्मानका खातिर काम गर्दै आएको र आफ्नो उपस्थितिपछि मधेशका चित्रकारहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको बताइन् । “यहाँको कलालाई थप प्रवद्र्धन गर्न पहिलोपटक (यही चैत २ देखि ५ गतेसम्म) ललितकला प्रदर्शनी सम्पन्न गरेका छौँ । त्यसले यहाँका प्रतिभाहरूको सिर्जनाको सम्मान र नारीहरूलाई थप क्रियाशील हुन सहयोग गरेको छ । आगामी दिनमा पनि थप कार्यक्रम ल्याएर यहाँका महिलाहरूलाई आर्थिकरूपमा टेवा पुग्ने गरी सीप निखार्ने खालका कार्यक्रम ल्याउने योजना छ”, उनले भनिन् ।हुन त मिथिला चित्रकला मिथिलाञ्चलको पहिचान, कला, संस्कृति, भाषा, साहित्यको त्रिवेणी हो । त्यसैले यहाँका हरेक नारीहरू कुनै न कुनै रूपमा यो सीपसँग परिचित छन् । त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ताभित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरुभएको यो मौलिक सभ्यातालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन् । शदिऔँदेखि सामान्यतः बिहे, व्रतबन्ध, चाडपर्वमा घरआँगन रङ्गाउन प्रयोग हुने यो कला महिलाले आफ्नो मनोभाव चित्रमार्फत व्यक्त गर्ने एक माध्यमका रूपमा मात्रै सीमित थियो । विसं २०५० पछि भने महिला स्वतन्त्रता, सम्मान र स्वावलम्बनका लागि बलियो आधार बनेको छ । त्यसको ठूलो श्रेय नारी विकास केन्द्रलाई जान्छ । विगतमा मिथिला क्षेत्रको सिङ्गो लोकगाथा, सभ्यता र मधेशको जीवन बोक्दै आएको यो कलाले पछिल्लो समय यहाँका नारीहरूको आर्थिक जीवनलाई पनि उचाल्न सघाउ पुगेको छ ।“घुम्टो उघारेर अमेरिकासम्म पुग्ने । आर्थिक स्रोतमा बलियो पकड जमाउने र निर्भिकतापूर्वक स्वतन्त्र जीवन बाँच्ने आधारका रूपमा मिथिला चित्रकलालाई लिन सकिन्छ”, मिथिला चित्रकलालाई आधुनिक स्वरूप दिन योगदान दिएका डा.राजेन्द्र विमल भन्छन्,“मिथिला चित्रकला यहाँको भाषा, कला, साहित्य र संस्कृतिको संगम हो । यसले मैथिल सभ्यता बोल्छ । यहाँको लोकजीवन बोक्छ । नारी हृदयबाट प्रस्फुटित आत्मिक भाव र रुपलाई शव्दचित्रमा ओकेल्छ ।”यसलाई थप सशक्त र व्यवस्थित बनाउने कार्यको सुरूवात भने नारी विकास केन्द्रको स्थापनापछि भएको डा. विमलको पनि भनाइ छ । “मिथिला चित्रकला यहाँका नारी, समाज र लोकआस्थालाई छुट्याउन सकिँदैन । त्यसैले यहाँका नारीहरू कुनै न कुनै रूपमा यससँग परिचित नै छन् । तर त्यसलाई व्यावसायिक बनाउने र जीविकोपार्जनको सशक्त  आधार तय गर्ने कामचाहिँ त्यहीँ केन्द्रले गरेको हो ।”जनकपुर नारी विकास केन्द्रका व्यवस्थापक अभिवन अंशु नारी सशक्तीकरण र आत्मनिर्भरताका लागि यहाँका नारीमा रहेको कलालाई निखार्न  केन्द्रले ठूलो सहयोग गरेको बताउँछिन् । विशेषगरी नेपाली मिथिला क्षेत्रमा सीमित चित्रकलालाई विश्व जगतमा फैलाउन र घरमा सीमित रहेर आश्रित जीवन बाँचिरहेका महिलालाई आर्थिक, सामाजिक रूपमा सशक्त बनाउँदै संसार देख्न र बुझ्न यहीँ संस्थाले जग निर्माण गरिदिएको उनको भनाइ छ । “मैथिल नारीहरूसँग केही न केही सीप छ । तर त्यसमा निखार र प्रचारको अभाव थियो । मिथिला चित्रकला, हस्तकला, सिलाइ र छपाइका सामग्रीमा सुन्दरता भरेर आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले महिलालाई सशक्तीकरण गर्न हाम्रा अग्रजहरूले यो संस्था निर्माण गरेका थिए । त्यसको निरन्तरता दिइरहेका छौँ”, उनी भन्छिन्, “तर यसलाई समयसापेक्ष विकासका लागि हामीले मात्रै चाहेर धेरै कुरा हुने अवस्था छैन ।”नेपालको मौलिक मिथिला पेन्टिङको माध्यमबाट संसारमा चिनाउने र नारी समानता तथा स्वावलम्बनका लागि महत्वपूर्ण योगदान गर्नसक्ने भएकाले यस क्षेत्रको विकासका लागि सामूहिक पहलकदमी जरुरी छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.