Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » बाजुरामा ५ महिनापछि चामल

बाजुरामा ५ महिनापछि चामल


बाजुरामा ५ महिनापछि चामल

किन्ने सर्वसाधारणको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन
 धान खेती खासै नहुने बाजुरामा चामल किनेरै खान पनि ठूलो संघर्ष गर्नुपर्ने बाध्यता छ । सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य तथा व्यापार कम्पनीको गोदाममा आइतबार सर्वसाधारणबीच दिनभर चामल किन्नका लागि तँछाडमछाड चल्यो । अत्यधिक भीडका कारण बिक्रीवितरणमा समस्या आएपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको थियो । ‘भीड नियन्त्रण गर्नै नसकिने अवस्था भएपछि प्रहरी परिचालन नै गर्नुपर्‍यो,’ कम्पनीको बाजुरा शाखा प्रमुख उमेश भण्डारीले भने । झन्डै पाँच महिनापछि बाजुरमा चामल पुगेको हो । लामो समयपछि सीमित परिमाणमा आएको मोटा चामलले स्थानीय माग धान्न नसकेपछि कम्पनीले प्रतिव्यक्ति बढीमा २५ किलो कोटा तोकेर बिक्रीवितरण गर्नु परेको थियो ।पछिल्ला वर्ष भात खाने संस्कृतिको विकाससँगै यस क्षेत्रमा चामलको माग बढ्दै गए पनि आपूर्ति भने पर्याप्त हुन सकेको छैन । रैथान बाली उत्पादन तथा प्रवर्द्धनमा एक दशकदेखि कार्यरत टेकेन्द्रबहादुर सिंह स्थानीयस्तरमा आलु, मकै, कोदोलगायत अन्नबाली मात्रै हुने भएकाले पनि यहाँका बासिन्दाले चामलका लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउँछन् । भन्छन्, ‘यस क्षेत्रमा बिस्तारै चामलको माग बढ्दै गइरहेको छ । खानाको स्वाद फेरिँदै जाँदा पहिले जस्तो आलु, मकै, जौ वा कोदोलगायत खाद्यान्न उपभोगमा मात्रै सीमित हुने अवस्था छैन ।’बाजुरामा धान खेती हुने क्षेत्रफल नै न्यून छ । कृषि ज्ञान केन्द्र, बाजुराका अनुसार यस क्षेत्रमा वार्षिक सरदर ६० हजार क्विन्टल चामल आयात हुन्छ । त्यसमध्ये झन्डै २० हजार क्विन्टल चामल कम्पनीले र बाँकी मागको ४० हजार क्विन्टल निजी क्षेत्रले बिक्री गर्दै आएका छन् । बाजुरा सदरमुकाम मार्तडीलगायत कोल्टी क्षेत्रमा चामलको अभाव प्रायः भइरहन्छ । यी क्षेत्रका बासिन्दा खाद्य कम्पनी र बजारको चामलमै निर्भर छन् । अत्यधिक माग भए पनि ढुवानी कठिनाइ र त्यसले बढाउने लागतका कारण कम्पनीले मागअनुसार पर्याप्त आपूर्ति गर्न भने सकिरहेको छैन ।त्यसो त यहाँका रैथाने बालीको माग सहरी क्षेत्रमा उच्च हुँदै गएपछि व्यापारीहरू नै गाउँगाउँ पुगेर स्थानीय अन्नपात किन्ने गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा मात्र बाजुराबाट ६६ लाख मूल्य बराबरको दुई हजार दुई सय क्विन्टल कोदो, १५ लाख बराबरको पाँच सय क्विन्टल मकै, ३७ लाख बराबरको २ सय ५० क्विन्टल सिमी, १० लाख बराबरको एक सय क्विन्टल फापर, चिनो र कागुनो तथा २० लाख बराबरको दुई सय क्विन्टल भटमास निकासी भएको छ ।यस्तै, बाजुराबासीले यस वर्ष मात्र २० लाख बराबरको दुई सय क्विन्टल स्याउ, ३० लाख बराबरको एक हजार क्विन्टल आलु र पाँच लाख मूल्य बराबरको बन्दागोभी बिक्री गरेको तथ्यांक छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘कोदोजन्य बाली वर्ष’ का रूपमा मनाएकाले पनि बाजुरामा उत्पादित कोदोको बजारीकरणका लागि अवसर भएको कृषि ज्ञान केन्द्र प्रमुख मीनप्रसाद जैसी बताउँछन् । ‘विगतदेखि नै बाजुरामा कोदो उत्पादन हुन्थ्यो नै । यसपालि बजारीकरण भयो,’ जैसीले भने, ‘पहिलो पटक गाउँगाउँमा भारतीय व्यापारी पुगे । गाउँसम्म विस्तार भएका सडक सञ्जालले पनि खरिदकर्ता पुग्दा गाउँको कोदो सहर पुग्यो ।’सहरमा परम्परागत खाद्यान्नको उपभोग र माग बढ्दो छ तर गाउँमा भात खाने संस्कृति बढ्दै गए पनि धान खेती न्यून हुनुले जिल्लाका लागि चामल संकट बढ्दै गएको सिंह बताउँछन् । बाजुराका ग्रामीण क्षेत्रबाट यसपालि कोदो प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले बिक्री भएको छ । फुटकर ४० रुपैयाँ प्रतिकिलोसम्म परेको छ । ज्ञान केन्द्रका प्रमुख जैसी भन्छन्, ‘यस वर्ष बाजुराबाट दुई करोड तीन लाख रुपैयाँ बढीको खाद्यान्नलगायत कृषि उत्पादन निकासी भयो ।’ जिल्लाको रैथाने उत्पादन बाहिर पठाएर चामलका लागि हानाथाप हुनु विडम्बना भएको उनले बताए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.