Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » पशुपन्छीका लागि नेपालमा उत्पादन हुन्छ ११ थरीका खोप

पशुपन्छीका लागि नेपालमा उत्पादन हुन्छ ११ थरीका खोप


पशुपन्छीका लागि नेपालमा उत्पादन हुन्छ ११ थरीका खोप
 नेपालमा सरकारी निकायमार्फत पशु चौपायाका लागि प्रयोगशालाबाट ११ किसिमका खोप (भ्याक्सिन) उत्पादन हुँदै आएका छन् । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका निमित्त कार्यकारी प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले पशुचौपाया र पन्छीका लागि ११ प्रकारका खोप उत्पादन हुँदै आएको जानकारी दिए । जसमा पशुएच.एस एण्ड वि.क्यू कम्बाइन्ड, पिपिआर, एनथ्राक्स, स्वाइन फिभर, रानी खेत एफ स्ट्रेन, रानी खेत आर.टु.वि स्ट्रेन, पाउल पक्स, गम्बोरो लाइभ, रानी खेत लासोटा स्ट्रेन, रानी खेत आई.टु. स्ट्रेन र रेबिजविरुद्धको खोप रहेका छन् । ‘मुख्यरुपमा भेडा बाख्राका लागि पीपीआर रोग एउटा महामारीका विषाणु अथवा भाइरसजन्य रोग छ । बङ्गुरहरूमा क्लासिकल स्वाइन फिभर यसलाई बंगुरमा लाग्ने हैजा पनि भनिन्छ, यो भाइरल रोग हो, यी रोग विरुद्ध खोप उत्पादन गर्छौ,’ उनले भने, ‘गाई भैँसीमा भ्यागुते र चरचरे रोग विरुद्धको खोप पनि उत्पादन गर्दै आएका छौँ ।’ डा. श्रेष्ठका अनुसार गाईभैँसी, बाख्रा र गोडामा लाग्ने रोग एनफ्राक्स विरुद्ध खोप उत्पादन हुने गरेको छ । यस्तै कुखुराहरूमा विभिन्न किसिमका ६ प्रकारका खोप उत्पादन हुने गरेको उनले जानकारी दिए । पाँच किसिमका रोगविरुद्ध खोप निःशुल्क सरकारले हरेक वर्ष राष्ट्रिय खोप नियन्त्रण कार्यक्रम अन्तर्गत पशुपन्छीमा लाग्ने पाँच  किसिमका रोग विरुद्ध खोप उपलब्ध गराउँदै आएको छ । सो अन्तर्गत खोरेत रोग, पीपीआर, रानी खेत, क्लासिकल स्वाइन फिभर, रेबिज रोग विरुद्धको खोप निःशुल्क प्रदान गरिँदै आएको श्रेष्ठले जनाए । उनका अनुसार राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला देशभर पाँच ठाउँमा छ । सो स्थानमा ‘भ्याक्सिन बैंक’ स्थापना भएको छ । सोही स्थानमा उत्पादन गरेको खोप राखिने र देशभरका ७५३ स्थानीय तहमा आवश्यकता अनुसार खोप पुर्‍याउने गरिएको उनको भनाइ थियो । वार्षिकरुपमा पाँच लाख डोज उत्पादन र खपत ११ थरी रोग विरुद्धको खोप वार्षिक रूपमा पाँच लाख डोज उत्पादन हुने गरेको  छ । ‘उत्पादन हुने सबै खोप खपत हुन्छ,’ उनले भने, ‘धेरैजसो राष्ट्रिय कार्यक्रम अन्तर्गत निःशुल्क खपत हुन्छ, तर पोल्टी अन्तर्गत पर्ने रोग विरुद्धको खोप एक थरी बाहेक अरू खोप बिक्री नै गर्ने गरेका छौँ । रानी खेत रोग विरुद्धको खोप राष्ट्रिय खोप अन्तर्गत नै छ, बाँकी खोप बिक्री गर्ने गरेका छौँ ।’ खोप उत्पादनमा १० करोड लागत पशुपन्छीजन्य खोप उत्पादन लागत वार्षिक रूपमा १० देखि ११ करोड रुपैयाँको रहेको प्रयोगशालाका सूचना अधिकारी तथा वरिष्ठ पशु चिकित्सक डा. मनिष श्रेष्ठले जानकारी दिए । प्रशासनिक खर्च, तलब, भत्ता, मेशिनरी सामाग्री, केमिकलहरू लगायत खोप उत्पादन गर्दा आवश्यक पर्ने जनशक्तिदेखि सबै खर्च करिब १० देखि ११ करोड रुपैयाँ खर्च हुने गरेको छ ।नेपालमा खोप उत्पादन गर्न प्रायः रसायनहरू बाहिरबाट ल्याइने उनले जनाए । धेरै भ्याक्सिन आयात नै गर्नुपर्ने बाध्यतानेपालमा उत्पादन हुने खोपले करिब ५ देखि १० प्रतिशत रोगलाई मात्र पुग्ने गरेको छ । ‘पोल्ट्रीमा प्रयोग हुने भ्याक्सिन न्यून छ, यसमा प्रयोग हुने ८० देखि ९० प्रतिशत भ्याक्सिन प्रायः बाहिरबाट नै ल्याउने गरिन्छ,’  निमित्त कार्यकारी प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले भने, ‘हामीले उत्पादन गरेको ५ देखि १० प्रतिशत कभर गर्छ र पीपीआरहरु, क्लासिकल स्वाइन फिभरमा हाम्रो कभरेज केही बढी छ, यसमा करिब २० देखि प्रतिशतको हाराहारीमा छ ।’नेपालमा उत्पादित ११ प्रकारका खोपमध्ये २ वटा भ्याक्टेरियल र ९ वटा भाइरसजन्य र छन् । एच.एस एण्ड वि.क्यू कम्बाइन्ड भ्याक्सिन र एनथ्राक्स भ्याक्सिन भ्याक्टेरियल विरुद्ध खोप हुन् । यी बाहेक अरू सबै भाइरस विरुद्ध खोप हुन् । पिपिआर भ्याक्सिन,स्वाइन फिभर भ्याक्सिन, रानी खेत एफ स्ट्रेन भ्याक्सिन, रानी खेत आर.टु.वि स्ट्रेन भ्याक्सिन, पाउल पक्स भ्याक्सिन, गम्बोरो लाईभ भ्याक्सिन, रानी खेत लासोटा स्ट्रेन भ्याक्सिन, रानी खेत आई.टु. स्ट्रेन भ्याक्सिन र रेबिज खोप भाइरसजन्य हुन् । नेपालमा खोप उत्पादन समस्या र चुनौती पछिल्लो समय बढ्दो प्रविधि अनुसार जनशक्ति, प्रविधि, सामाग्री उपलब्ध नभएको सम्बन्धित निकायले जनाएका छन् । ‘दरबन्दी अनुसार कर्मचारी हुनुहुन्न, विशेष गरी प्राविधिक रूपमा जनशक्तिको कमी छ,’ निमित्त कार्यकारी प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा श्रेष्ठले भने, ‘बजेटरी समस्या छन्, कार्यक्रम अनुसार भन्दा पनि बजेट अनुसार कार्यक्रम बनाउनु पर्ने समस्या छ , बजेटको सिलिङ एकदमै थोरै छ, टार्गेट पनि कम गराउनु पर्ने अवस्था छ, ५ करोड भन्दा कम डोजको भ्याक्सिन उत्पादन गर्नुपर्ने अवस्था छ ।’पशुपन्छीको रोग विरुद्ध खोप उत्पादन गर्ने जनशक्तिलाई प्राविधिकरुपमा तालिमहरू उपलब्ध हुन नसको निमित्त कार्यकारी प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले बताए । ‘खोप उत्पादनको विभिन्न प्रक्रिया हुन्छ सो अनुसार तालिम पाउन सकिएको छैन,’ उनले भने, ‘यहाँ काम गर्ने जनशक्ति जति पनि हुनुहुन्छ आफ्नो स्व–अध्ययनले र पूर्व कर्मचारीले सिकाए अनुसार मात्रै काम गर्दै हुनुहुन्छ ।’ उनले खोप ढुवानीका लागि साधानको समस्या समेत रहेको उल्लेख गरे । ‘हालसम्म एउटा मात्रै सवारी साधन उपलब्ध छ,’ उनले भने, ‘त्यो पनि जमानाको हो, खोपलाई तापक्रम नियन्त्रण गरेर ढुवानी गर्नुपर्ने हुन्छ, प्रायः खोपलाई माइनस १५, माइनस २० डिग्री तापक्रममा ढुवानी गर्छौँ भने केहीलाई माइनस २ देखि ८ डिग्रीमा पनि ढुवानी गर्नुपर्ने हुन्छ, पुरानो सवारी साधन भएका कारणले खोप ढुवानीमा समस्या छ ।’ सरकारी निकायका अनुसार नेपालमा पशुपन्छीमा लाग्ने विभिन्न रोगहरुका कारण पशु उत्पादन, जन स्वास्थ्य र पशु तथा पशुजन्य पदार्थहरूको व्यापारमा प्रतिकुल असर परिरहेको छ भने पशु रोग नियन्त्रण र उन्मुलनका लागि गुणस्तरीय नियन्त्रण र उन्मुलनको सिलसिलामा सन् १९६३ मा रोग निदान प्रयोगशालाको स्थापना भयो । जसको मुख्य गौगोटी रोगको लक्ष्य पशुपन्क्षीहरुको रोग पहिचान गर्नु र सो रोग उन्मुलनको लागि बाख्राको टिस्युबाट भ्याक्सिन उत्पादन गर्नु थियो । सन् १९६७ बाट यस प्रयोगशालाले एच.एस. भ्याक्सिन उत्पादन सुरु गरेको थियो भने सन् १९६८ बाट रानी खेत र फावल पक्स भ्याक्सिन उत्पादन सुरु भएको थियो । सन् १९७१ मा यस प्रयोगशालालाई भिन्न प्रयोगशालाको रूपमा विकास गरी केन्द्रीय जैविकी उत्पादन प्रयोगशालाको रूपमा स्थापित गरियो । सुरुमा यस राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले थोरै मात्रामा भ्याक्सिन उत्पादन गरिन्थ्यो भने सन् १९८५ पछि पहिलो पशु विकास आयोजनाको सहयोगमा मेसिन र उपकरणहरू थप गरिएपछि उत्पादन बढ्दै गयो । कुखुराको भ्याक्सिनहरू सुरुमा लोकल अण्डाबाट बनाउने गरिन्थ्यो भने सन् १९९७ पछि एस.भि.एस.एल.डि.सि. आयोजनाको आर्थिक सहयोगमा एस.पि.एफ. अण्डाबाट बनाउन थालिएको थियो । सन् १९९५ मा पि.पि.आर रोग नेपालमा देखा परेपछि सो रोग नियन्त्रणको लागि सन् २००० मा यस प्रयोगशालामा एस.भि.एस.एल.डि.सि. आयोजनाको प्राविधिक र आर्थिक सहयोगमा टिस्यु कल्चर युनिटको स्थापना गरियो र पि.पि.आर रोग विरुद्धको होमोलोगस टिस्यु कल्चर भ्याक्सिन उत्पादन सुरु गरेर नेपाल दक्षिण एसियामा पि.पि.आर. रोग विरुद्धको भ्याक्सिन बनाउने पहिलो देश बनेको थियो ।  अहिले यस प्रयोगशालाले महामारीको बेलामा लगाउने पि.पि.आर. हाइपरईम्युन सिरा समेत उत्पादन गर्दछ । सन् २००६ बाट यस प्रयोगशालाले एच.एस. एरोसोल भ्याक्सिन उत्पादन गरेको थियो भने सन् २००८ बाट रानी खेत आई.टु.भ्याक्सिन उत्पादन सुरु गरेको थियो । सुरुमा यस प्रयोगशालाबाट उत्पादन हुने भ्याक्सिनहरू निःशुल्क वितरण गरिन्थ्यो भने सन् १९८९ पछि केही भ्याक्सिनहरू बाहेक अरू सम्पूर्ण भ्याक्सिनहरू न्यूनतम मूल्य लिई वितरण गर्न थालिएको हो ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.