Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कहाँ पुग्यो रासायनिक मल कारखाना खोल्ने सरकारी योजना ?

कहाँ पुग्यो रासायनिक मल कारखाना खोल्ने सरकारी योजना ?


कहाँ पुग्यो रासायनिक मल कारखाना खोल्ने सरकारी योजना ?

वर्षौंदेखि खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव हुँदै आए पनि गत वर्ष यो समस्या खासै देखिएन । किसानले धानबालीका लागि समयमै मल पाए र उत्पादन पनि वृद्धि भयो ।वार्षिक रुपमा रासायनिक मलका लागि अर्बौं रकम छुट्याइन्छ । चालु आर्थिक वर्षमा रासायनिक मलका लागि ३० अर्ब बजेट विनियोजन गरिएको छ । यद्यपि समयमै मल नल्याइँदा किसानले बर्सेनि अभाव झेल्नु परेको हुन्छ । यसरी रासायनिक मलका लागि अर्बौं रकम विदेशिने र समयमै मल ल्याउन नसक्ने समस्या निरन्तरजसो देखिएपछि सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ ।सरकारको नीति तथा कार्यक्रममा केही वर्ष यता रासायनिक मल कारखाना स्थापनाको विषय पनि समेटिँदै आएको छ । यद्यपि कार्यान्वयनमा भने गति देखिएको छैन ।नेपालमा मल कारखानाको सम्भाव्यता अध्ययन करिब चार दशकअघि नै सुरु भएको थियो । त्यसपछि पटक–पटक यसबारे अध्ययन भएका छन् । सम्भाव्यता अध्ययनमा मात्र ठुलो रकम खर्च भइसकेको छ । लगानी बोर्डले सन् २०२३ मा दुई वटा विदेशी कम्पनीलाई मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका सल्लाहकार अक्षितराज पौड्यालका अनुसार हाल रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि जर्मनी र मलेसियाका दुई कम्पनीलाई स्वीकृति दिएको छ । ‘२०२३ मा जर्मनी र मलेसियाका दुई कम्पनीलाई नेपालमा मल कारखानाको सम्भाव्यता अध्ययनको जिम्मा दिइएको छ,’ उनले भने, ‘यो सम्झौता २ वर्षको छ, सम्भाव्यता अध्ययन प्रतिवेदनको पर्खाइमा छौँ, अध्ययनको निस्कर्ष आइपछि थप काम अगाडि बढ्छ ।’नेपालमा पहिलो पटक सन् १९८४ मा जापानी सहयोग नियोग ‘जाइका’ले रासायनिक मल उत्पादनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । रासायनिक मल कारखानाका लागि कम्तीमा ९० मेगावाट विद्युत र १ खर्ब ५० अर्ब हाराहारीमा लगानी आवश्यक पर्ने सो प्रतिवेदनमा उल्लेख थियो । त्यस यता पनि विभिन्न समयमा रासायनिक मल कारखाना स्थापनाका लागि अध्ययन भइसकेका छन् ।लगानी बोर्डले सन् २०१५ मा विश्वमा रासायनिक मल उत्पादनमा प्रचलित विधि अर्थात् प्राकृतिक ग्यास र वाटर इलेक्ट्रोलाइसिस गरी दुई प्रविधिको अध्ययन गरेको थियो । सोही अध्ययनलाई सन् २०२१ मा आन्तरिक रुपमा अध्ययन गरेको लगानी बोर्डले उल्लेख गरेको छ ।सो अध्ययन अनुसार नेपालको सन्दर्भमा प्राकृतिक ग्यासभन्दा वाटर इलेक्ट्रोलाइसिस प्रविधिको सम्भावना बढी भए पनि त्यसका लागि ठुलो रकम खर्च गर्नुपर्ने देखिएको छ । प्राकृतिक ग्यासमा आधारित प्रविधिका लागि १ हजार २ सय ५१ मिलियन अमेरिकी डलर अर्थात १ खर्ब ६४ अर्ब २१ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने उल्लेख छ ।यस्तै, वाटर इलेक्ट्रोलाइसिस प्रविधिमा १ हजार ८ सय ९७ मिलियन अमेरिकी डलर अर्थात २ खर्ब ४९ अर्ब १ करोड ९० लाख रुपैयाँ खर्च लाग्ने छ ।लगानी बोर्डसहितका निकायबाट भएका अध्ययनले मल उत्पादनका लागि उच्च लागत र उत्पादनपछिको बजारीकरणमा समस्या हुन सक्ने देखाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले बताए । ‘मल कारखाना स्थापना एक्लो प्रयासले हुँदैन, यसमा सबै क्षेत्रको सहयोग आवश्यक छ,’ उनले भने, ‘नेपालमा मल कारखाना स्थापनाका लागि लगानी र उत्पादन लगायत विभिन्न विषय छ, बाहिरबाट देखिएजस्तो सजिलो छैन ।’नेपालको खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक १२ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ । तर आपूर्ति भने अधिकतम ४ लाख मेट्रिक टनमात्रै हुँदै आएको सरकारी तथ्याङ्क छ ।मल कारखाना सञ्चालनका लागि २५ प्रतिशत बजेट सरकारले लगानी गर्न सके पनि ७५ प्रतिशत ऋण लिनुपर्ने बोर्डको अध्ययनमा उल्लेख छ । अध्ययन अनुसार प्रतिवर्ष ७ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिन्छ । हालसम्म भएका अध्ययनले युरिया मलमात्रै उत्पादन गर्न सकिने सम्भावना देखाएका छन् ।सरकारले रासायनिक मलको अध्ययन गर्ने र अध्ययनले निकालेको निष्कर्षलाई वास्ता नगरी पटक–पटक अध्ययनमा मात्र रकम खर्च गरेको टिप्पणीसमेत हुँदै आएको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.