Gundruk Online
Sunday, March 15, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राजतन्त्रको निरर्थक हाउगुजी

राजतन्त्रको निरर्थक हाउगुजी


राजतन्त्रको निरर्थक हाउगुजी

 

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई गणतन्त्रको पक्षमा उभ्याउने दलहरूले कुल २७५ मध्ये २६१ सिट जितेका थिए । आफूलाई राजतन्त्रवादीको कित्तामा राख्न रुचाउने राप्रपाले जम्मा १४ सिट अर्थात् करिब ५ प्रतिशत सिट मात्र पाएको थियो । सार्वभौमसत्ता सम्पन्न जनताले निर्वाचनमार्फत आफ्नो अभिमत प्रकट गरेको वर्ष दिन मात्रै पुग्दै छ ।करिब ३ करोड जनसंख्या भएको देशमा केही सय वा हजार मानिस सामाजिक सञ्जाल र सडकमा पोखिँदैमा गणतन्त्र समस्यामा परिहाल्दैन । नेपालमा गणतन्त्र न राजाको अनुकम्पाबाट रातारात बहाली भएको हो न त यो त्यति सजिलै हल्लिनेवाला छ । जनाधिकारका खातिर भएको दशकौं लामो संघर्ष, दसवर्षे जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनपछि भएको युगीन संविधानसभा निर्वाचनको करिब ९० प्रतिशत मतबाट यो हासिल भएको हो ।वंश परम्परामा आधारित राजतन्त्र आफैंमा कति अवैज्ञानिक र गलत छ भनेर बुझ्न धेरै सैद्धान्तिक विमर्श गर्नैपर्दैन, पृथ्वीनाराय शाहपछिका एक दर्जन शाही पुस्तालाई नियाल्दा काफी छ । स्वयं राजा–महाराजाहरूले नै लेखेलेखाएको इतिहासमा समेत विभिन्न कालखण्डका राजालाई सन्काहादेखि बौलाहासम्म, भगौडादेखि वंशविनाश गर्ने हत्यारासम्मको संज्ञा दिइएको छ । पूर्वराजा ज्ञानेन्द्रकै भनाइलाई मान्ने हो भने कानुनी रूपमा उनीभन्दा अघिका राजा दीपेन्द्र आफ्ना मातापितासहित सारा सन्तान सखाप पार्ने हत्यारा थिए । कतिपय मानिसले भनेजस्तो केही गरी राजतन्त्र फर्किहालेछ भने पनि ज्ञानेन्द्रपछिका राजा उनका छोरा पारस हुनुपर्ने हुन्छ । काण्डैकाण्डको कुण्डमा चुर्लुम्मै डुबेर आफ्नो शरीरसम्म राम्ररी सम्हाल्न नसकिरहेका पारस आएर यो देश बचाइदेलान् भनी कल्पना गर्नसम्म सकिन्न ।कतिपय मानिस राजाको शासनलाई राजनीतिक स्थिरता र विकासको स्वर्णकाल भन्दै आत्मरतिमा रमाएको पाइन्छ । तर इतिहासका तथ्यहरूले त्यस्तो देखाउँदैनन् । पृथ्वीनारायणबाहेकका राजा–महाराजाहरूको अधिकांश समय घात–प्रतिघात, भयानक षड्यन्त्र, मोजमस्ती र तिकडमबाजीमा व्यथित भए । ३० वर्षे पञ्चायतकालमै जम्मा ३२ पटक प्रधानमन्त्री फेरिए । तीमध्ये कुनै एक जना मात्रले पनि पाँच वर्ष राजाको विश्वास प्राप्त गर्न सकेको देखिएन । जहाँसम्म विकासको सवाल छ, त्यसमा पनि कुनै संगति भेटिँदैन । राजाले सिंहासन छाडेर जाँदाको नेपाल समृद्ध र विकसित थिएन, विश्वकै दोस्रो गरिब देशका रूपमा चित्रित थियो ।नेपालको संविधान–२०७२ ले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । एक थरी मानिसले कुत्सित राजनीतिक अभीष्ट पूरा गर्न धर्मनिरपेक्ष शब्दको गलत व्याख्या गरिरहेका छन् । हुन त नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले धर्मका नाममा राजनीति गर्न वर्जित गरेको छ तर पनि जनताको धार्मिक आस्था र संवेदना भड्काएर आफ्नो राजनीतिक दुनो सोझ्याउन केही मानिस निरन्तर तल्लीन छन् । हिन्दुस्थानसमेत भनिने भारत संवैधानिक रूपमा धर्मनिरपेक्ष राज्य हो । बीपी कोइरालाले उस बेलै धर्मनिरपेक्ष राज्यको वकालत गरेका थिए । धर्मनिरपेक्ष भन्नुको अर्थ धर्म मास्ने वा धर्मविरुद्ध जाने कदापि होइन, केवल राज्यको धर्म हुँदैन, धर्म नागरिकको विषय हो, राज्य सबैप्रति समभावमा हुन्छ भनिएको मात्र हो । तर यसको मर्मलाई भ्रष्टीकरण गरेर गणतन्त्रलाई बदनाम गर्ने खेती निरन्तर छ । आखिर संविधानमै हिन्दु राज्य लेखिएको बेलाको नेपाल पनि समृद्धिको शिखरमा थिएन ।लोकतान्त्रिक गणतन्त्रलाई नकारात्मक ब्रान्डिङ गर्न उत्तरदायित्व र जवाफदेहीबिनाका सोसल मिडिया अग्रपंक्तिमा छन् । हिजो सबै चकाचक थियो र आज सबै खराब मात्रै छ भन्ने गलत भाष्य निर्माण गर्ने एक थरीको कोसिस छ । तर यो तथ्यविपरीत देखिन्छ । पक्कै जनताको अपेक्षाअनुरूप काम हुन सकेको छैन, तर यसको अर्थ गणतन्त्र आएपछि केही पनि राम्रो भएको छैन भन्ने होइन । कैयौं सकारात्मक काम पक्कै भएका छन् । २०६४ सम्ममा ५,४०० किलोमिटर कालोपत्रे सडक निर्माण भएकामा आज त्यसको लम्बाइ १६,६०० किलोमिटर पुगिसकेको छ । कालोपत्रे, ग्राभेल र कच्ची गरेर त ३३,७०० किलोमिटर सडक बनेको छ । २०६४ मा ५६ प्रतिशत परिवारको पहुँचमा रहेको विद्युत् आज ९२ प्रतिशत घरधुरीमा पुगेको छ । गणतन्त्रमा प्रवेश गर्नुअघि ५.९५ प्रतिशत मात्र मोबाइल प्रयोगकर्ता रहेकामा आज त्यो संख्या बढेर १२२.२५ प्रतिशत पुगेको छ । २०४८ को चुनावमा प्रतिनिधिसभामा ३.९ प्रतिशत मात्र महिलाको उपस्थिति थियो, जुन आज ३३.०९ प्रतिशत पुगेको छ । नेपालीको औसत आयु बढेर ७२ वर्ष पुगेको छ । प्रतिव्यक्ति आय सकारात्मक रूपमा बढेको छ । शिशु र मातृ मृत्युदर गुणात्मक रूपमा घटेको छ । हिजोका तुलनामा सरसफाइ र खानेपानीको पहुँच अभूतपूर्व रूपमा बढेको छ । जनताले आफ्ना घरआँगनमै गुनासो सुनाउने सरकार भेट्न थालेका छन् । के यी सबै सूचक हिजोका तुलनामा सकारात्मक छैनन् ?कुनै पनि राजनीतिक व्यवस्थाको मूल्यांकन गर्न १५ वर्ष ज्यादै छोटो समय हुन्छ । अझ नयाँ संविधान जारी भएको त जम्मा आठ वर्ष मात्र भएको छ । यहीबीच हामीले विस्मयकारी भूकम्प, अत्यासलाग्दो नाकाबन्दी र कहालिलाग्दो कोभिड कहरको पनि सामना गर्नुपर्‍यो । यसकारण पनि यस व्यवस्थाको समग्र सिंहावलोकन गरिहाल्ने र निष्कर्ष निकालिहाल्ने बेला भएको छैन । अवश्य पनि गणतन्त्रकालका सकारात्मक आयामहरूको चर्चा गर्दा यसभित्रका कैयौं नकारात्मक प्रवृत्ति नभएका होइनन्, तर गणतन्त्र नै त्यो व्यवस्था हो जसले आफूमाथि प्रश्न गर्न नागरिकलाई छुट मात्र दिँदैन उत्प्रेरितसमेत गर्दछ । जबकि हिजो प्रश्न गर्न पाइँदैनथ्यो ।सिंगो राष्ट्रले आत्मसात् गरेको प्रणालीका पक्षमा आफू रहेको जनाउ दिन सडकमा दैनिक हाजिर लगाइरहनुपर्दैन । लोकतान्त्रिक गणतन्त्रलाई त जीवन पद्धतिका रूपमा अवलम्बन गर्ने हो । गणतन्त्रले नै दिएको सुविधा प्रयोग गर्दै केही सय मानिस सडकमा आउँदैमा गणतन्त्र खतरामा पर्दैन । आलोचनायुक्त गणतन्त्रको विकल्प परिष्कृत र उन्नत गणतन्त्र नै हो । त्यसैले गणतन्त्रका संवाहक शक्तिहरूले आफूलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सतीसालझैं उभ्याउन सक्नुपर्दछ । विकास र समृद्धिका माध्यमबाट गणतन्त्रको उज्यालो जनताका घरआँगनमा पुर्‍याउनुपर्दछ । बेरोजगारी र सामाजिक निराशाले आक्रान्त युवाहरूलाई स्वरोजगार र उद्यमशीलताको बाटो देखाउनुपर्दछ । संविधानले ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्वयनको बाटो खोज्नुपर्दछ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.