Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » भुइँतहको राजनीति

भुइँतहको राजनीति


भुइँतहको राजनीति

जसले संघीयताको लाभ लुटे, जसले पालिकामा प्रभुत्व जमाए, तिनीहरू पनि मुखमा ताल्चा लगाएर बसेका छन् ।
पार्टीको कार्यशैली, निर्णय प्रक्रिया र गतिविधि लोकतान्त्रिक ढंगबाट सञ्चालित छ भनी भुइँतहबाटै स्पष्ट देखाउन सकिँदैन ? तल्लो तहबाट मुद्दा उठाउँदै पार्टीको माथिल्लो निकायमा पुर्‍याउने, तलबाटै सुधार गर्दै माथिकालाई सच्चिन दबाब दिने चलन बसाउन सकिँदैन ?हामीकहाँ पूरा नाम थाहा पाउने दीर्घ परम्परा छ । यदि कसैले सोध्यो, ‘तपाईंको नाम के हो ?’ जवाफ फर्काउनुभो, ‘गंगा’ । फेरि प्रश्न आउँछ, ‘पूरा नाम के हो ?’ तपाईंले ‘गंगाप्रसाद’ भन्नुभयो भने पनि प्रश्नहरूको चक्रव्यूहबाट उन्मुक्ति पाउन सक्नुहुन्न । सोध्ने मान्छे सन्तुष्ट हुँदैन । अब उसले सोध्छ, ‘बुबाको नाम के हो ?’प्रश्नकर्ताले थर जान्न खोजिरहेको हुन्छ । यस्तो किन गरिन्छ ? प्रश्नकर्ताको अभिप्राय के हुन सक्छ ? जवाफबाट ऊ असन्तुष्ट किन देखिन्छ ? यस्ता प्रश्नहरूसँग हाम्रो दिनहुँ सामना भइरहेको हुन्छ ।यो पनि यथार्थ नै हो, मान्छे–मान्छेबीच पनि व्यक्तिगत, सामूहिक, सामुदायिक, प्रादेशिक, राष्ट्रिय, क्षेत्रीय तथा वैश्विक स्तरमा भिन्नता पाइन्छ । यो भिन्नता प्रायः भेदभावका रूपमा प्रस्टिन्छ । मुलुकको संविधानले सबै नागरिक समान हुन् भनेको छ । संयुक्त राष्ट्रसंघले पनि बडापत्रमार्फत समानतालाई आत्मसात् गरेको छ । फूलबारीका सबै फूलले हुर्कने समान अवसर पाऊन् भन्ने हो, तैपनि सामाजिक नियम, आर्थिक उपलब्धिहरूमा अन्तर, राजनीतिक शक्तिको वितरणमा भिन्नता, विचारधारा, शिक्षा आदि अनेकानेक प्रकारको स्तरीकरण हुन्छ नै । फलस्वरूप ‘हामी’ र ‘उनी’ को विभेद सतहमा आउँछ । यसले एक प्रकारको श्रेणी बन्न पुग्छ ।जर्ज अर्वेलका शब्दमा, ‘केही मान्छे अरूहरूको अपेक्षा ज्यादै नै समान हुन्छन् ।’ यस्ता ‘अन्य’ वा ‘उनी’ मा समेत कैयौं उपश्रेणी हुन्छन्, ‘मित्रतापूर्ण अन्य’ वा ‘शत्रुतापूर्ण अरू’ । मधेशी समुदायले राज्यसँग सम्बन्धको खोजी गर्दा एउटा सिङ्गो चिनारी प्रस्तुत गर्दछ । बाहिरबाट एक ढिका देखिने मधेशी समुदायभित्र छुट्टाछुट्टै समूह छन्, त्यहाँभित्र छुट्टै तहगत जातीय–सामाजिक व्यवस्था मौजुद छ । जहाँ दमन, उत्पीडन र दलन हुन्छ, त्यहाँ द्वन्द्व, संघर्ष र प्रतिरोध पनि हुन्छ । मधेशीभित्रको जातीय द्वन्द्व, ध्रुवीकरण र संघर्षका विषयहरू खासै विमर्शमा आएको पाइँदैन ।बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा राजनीतिको हरेक पक्षमा असर परिरहेको छ । अहिले घडीको सुई उल्टो घुमेको छ । आलोचनाको तारो शीर्ष राजनीतिक पंक्ति भइरहेको छ । हुनु पनि पर्छ । शीर्षमा रहेकामा सबैले नजर पुर्‍याइरहेका हुन्छन्, तर भुइँतहमा राजनीति कस्तो भइरहेको छ ? यहाँको राजनीति ‘जरा’ हो भने केवल टुप्पोलाई आलोचना गरेर हुन्छ ? जरा त माटोसँग जोडिएको हुन्छ, त्यसले स्थानीयताको सामीप्य पाएको हुन्छ । बीज परीक्षणको असली प्रयोगशाला त भुइँतह हो । भुइँतहले सञ्चय गरेको पोषणकै आधारमा शीर्षले तागत पाउने हो ।दलहरूमा आबद्धताका कारण फगत संरक्षणप्राप्ति हुँदै आएको छ । जबकि यो त समान उद्देश्य हो, जो एक निश्चित विचारधाराले वेष्टित हुन्छ, त्यसको प्राप्तिका लागि एउटै सांगठनिक ढाँचा अपनाउनु हो । यसले कालान्तरमा राज्यसत्ता प्राप्त गरी परिवर्तनलाई आकार दिन्छ । पार्टी भनेको मूलतः निश्चित विचार र कार्यक्रमलाई अघि बढाउन समान उद्देश्य बोकेका व्यक्तिहरूको सामूहिक प्रयत्न हो । बागद्वारबाट निर्मल पानी लिएर हिँडेको वाग्मती बाटोमा मिसिन पुगेका प्रदूषित जलधाराहरूबाटै दुर्गन्धयुक्त भएको हो ।यतिखेर जरामा टाँसिन आउनेहरूको उद्देश्य के हो ? नाङ्लोमा बैगन यताबाट उता ढल्केझैं मान्छेहरू कहिले यो त कहिले त्यो दलतिर झुम्मिन्छन् । यस्तोमा केवल टुप्पो (फुनगी) लाई गाली गरेर हुन्छ ?भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले कुनै बखत कवि शिवमंगल सिंह सुमनको नोटबुकमा लेखिदिए, ‘आफ्नो जीवनलाई कविता बनाउनुपर्छ ।’ सुमनले एक पटक व्याख्यान दिँदै गर्दा नेहरूको त्यो वाक्यलाई सम्झे । पछि जिज्ञासुहरूले उनलाई सोधे, ‘जीवनबाट कविता बन्छ, यो त बुझ्न सकिन्छ, तर जीवन कविता कसरी बन्न सक्छ ?’ जवाफ आयो, ‘जसरी कविता रचिन्छ, ठीक त्यसैगरी जीवन रचिन्छ । जस्तो जीवन, त्यस्तै कविता ।’ परिकल्पनाअनुसारको परिवर्तन राजनीतिकर्मीहरूले रचेको कविता हो । यतिखेर ‘लोकतन्त्र होस् वा निरंकुशतन्त्र, मतलब छैन’ भनी सोच्नेहरूको जुन लघुवृत्त देखिएको छ, त्यो भुइँतहमा देखेभोगेबुझेको राजनीतिक धन्दाप्रतिको विचलन हो । आधारभूत राजनीतिक परिवर्तन खोजिरहेको नेपाल स्पष्ट दृष्टि र दिशाको खोजीमा छ । जिल्लास्तरीय पात्रका रूपमा अगाडि देखिएका सबै नेतृत्व र संस्थाहरू गम्भीर अन्योल र अलमलमा छन् ।अहिलेको भुइँयथार्थ के हो भने, दलविशेषले जतिसुकै दाबी गरे पनि सम्पूर्ण राजनीतिक परिवेशमा पार्टीका हिसाबले कुनै एउटै दलको मात्रै उपस्थिति छैन । निश्चय नै, लोकतन्त्रका पक्षमा अग्रगामी परिवर्तनका लागि पुराना दलहरूको भूमिका अहिले पनि महत्त्वपूर्ण छ, तर राजनीतिक स्पेसमा अन्य खेलाडीले पनि ठाउँ ओगट्दै छन् । अब कुन ठाउँमा कसको उपस्थिति कुन हैसियतमा हुन्छ, त्यसको तस्बिर दलहरूले अघि बढाउने नीतिगत अग्रसरता र व्यवहारले नै निर्धारण गर्ने हो । स्थानीय स्तरमा दलविशेषका निर्वाचित प्रतिनिधि कसरी काम गर्दा रहेछन् वा दलविशेषभित्र नयाँ नेतृत्वको उदय कुन शैली र स्वरूपमा हुन्छ, त्यसैबाट धेरै कुराको निर्धारण हुन्छ । मुलुकको रूपान्तरणका लागि सर्वप्रथम क्रियाशील राजनीतिक दलहरूको भुइँतहमा रूपान्तरण जरुरी छ ।दीर्घकालीन रूपमा समस्याको समाधानका निम्ति हामीले राजनीतिक, आर्थिक र सामाजिक सुधारको प्रयत्न गर्नुपर्छ । भुइँतहमा राजनीति कसरी हुँदै छ ? राजनीतिलाई हेर्ने भुइँमान्छेको आम नजरिया के हो ? दलहरूमा आबद्ध हुन को कस्ता तम्सिएका छन् ? जुन दलका कार्यकर्ताले स्थानीय तहमा जितेका छन्, तिनीहरूको ढंग र ढाँचा कस्तो छ ? दलभित्र गुट र गिरोह कुन रूपमा व्याप्त छ ? जिल्ला–जिल्लाबाट काठमाडौंको गणेश–परिक्रमा गर्न जाँदा केकस्तो बिन्ती बिसाइन्छ ? जिल्ला वा पालिका तहका राजनीतिकर्मीहरूको दिनचर्या कस्तो छ ? लोकतान्त्रिक समाजको निर्माण जटिल र बहुआयामी काम हो । आफू नसच्चिने, आफ्नो नजिककालाई सच्चिन दबाब नदिने तर समग्र राजनीतिबारे नकारात्मक मानस राख्न मिल्छ ?भुइँतह नै वकिल र न्यायाधीशराजनीति बन्द कोठाको खेल होइन । बन्द कोठाबाट निर्णय गरिए पनि त्यसको बाछिटा सार्वजनिक रूपमै पर्छ । आज निराशावादले प्रत्येक ठाउँमा असर पुर्‍याइरहेको छ । आधा दशकपूर्वसम्म मध्यमवर्ग उम्मिदले लबालब भरिएको थियो, आज आक्रोशित छ । भ्रष्टाचार आजको राजनीतिको श्याम पक्ष हो । आज भुइँतहको राजनीतिमा ‘कस्मेटिक’ परिवर्तन अपेक्षित छ । सज्जा, शृंगार र सञ्चारको जमानामा त्यस्तो परिवर्तन अत्यन्त सरल छ ।अहिले कुनै पनि दल आफ्ना निर्वाचित स्थानीय प्रतिनिधिमध्ये अब्बल कोको छन् भनेर औंलामा गन्ती गरेर देखाउने स्थितिमा छैन, न त कुनै टुप्पोवाला स्थानीय सिंहासन–आरूढका पक्षमा अहोरात्र मन, वचन र कर्मले प्रतिरक्षामा खडा हुने स्थिति नै छ । स्थानीय स्तरमा युवा नेतृत्वहरू आएका छन् तर उनीहरू समयअघि नै बूढा हुँदै छन् । बरू उनीहरू मुख नगन्हाओस् भनेर माउथ फ्रेसनर छर्किने सुरमा छन् । यसैले यी युवा भनेर नेतृत्वको दाबी गर्नेहरूको क्षमता सन्देहास्पद छ । ‘सबै भ्रष्ट छन्, बोलेर के गर्नु ?’ यस्तो भन्ने परिवर्तित परिस्थिति डरलाग्दो छ । हामी आम नागरिकलाई पनि आफ्नो भूमिकामा कस्मेटिक परिवर्तन अपेक्षित छ ।एक पटक भारतका पूर्वप्रधानमन्त्री तथा नेपालका हितैषी चन्द्रशेखरले सुनाएका थिए— जब उनी पहिलो पटक संसद्मा पुगे, अचम्मित भए । क्यान्टिनमा सांसद र मन्त्रीहरू कुरा गर्दै थिए, आआफ्ना घरको रंग कस्तो छ, पर्दा कस्तो छ, फर्निचर कस्तो छ, गाडीको छनोट कस्तो छ, पारिवारिक टुरमा कहाँ जान चाहन्छन् भनेर । यो सुनेर चन्द्रशेखर सोच्न थाले— जसका हातमा मुलुकको नियति बनाउने काम सुम्पिइएको छ, तिनको मुख्य चासो कस्तो विषयमा अल्झिएको होला ? हाम्रा जिल्ला र पालिका स्तरका बहुसंख्यक नेता यस्तै चासोको दलदलमा फसेका छन् । दल वा नेताको प्रत्येक गतिविधि भविष्यको ढोका खोल्ने किसिमको हुनुपर्छ । पार्टीको कार्यशैली, निर्णय प्रक्रिया र गतिविधि लोकतान्त्रिक ढंगबाट सञ्चालित छ भनी भुइँतहबाटै स्पष्ट देखाउन सकिँदैन ? तल्लो तहबाट मुद्दा उठाउँदै पार्टीको माथिल्लो निकायमा पुर्‍याउने, तलबाटै सुधार गर्दै माथिकालाई सच्चिन दबाब दिने चलन बसाउन सकिँदैन ? भुइँतह नै वकिल र न्यायाधीश पनि बन्न सक्दैन र ?लाभ–हानिको हिसाब–किताब गरेर राजनीति गर्नेहरू आफ्नै स्तरमा लोकतन्त्रका पक्षमा तर्क राख्न सक्दैनन् । अप्ठ्यारो परेका बेला नियोजित रूपमा मौन बस्छन् । यस्ताहरू एक प्रकारको राजनीतिक माहोलको चेपुवामा परेको आभास हुनेबित्तिकै अर्कातिर जयगान गर्न लाम लाग्छन् । जसले संघीयताको लाभ लुटे, जसले पालिकामा प्रभुत्व जमाए, तिनीहरू पनि मुखमा ताल्चा लगाएर बसेका छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.