Gundruk Online
Sunday, December 7, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विपत् र जोखिम न्यूनीकरण कसरी गर्ने ?

विपत् र जोखिम न्यूनीकरण कसरी गर्ने ?


विपत् र जोखिम न्यूनीकरण कसरी गर्ने ?

 भवितव्य भन्ने कुरा कसैलाई थाहा हुँदैन । कहिले के हुन्छ ? कुन बेला कस्तो घटना घट्छ ? अप्रत्याशितको दुर्घटनाले जनधनको क्षति गराउँछ । यसलाई कसैले रोकेर रोक्न सकिँदैन । कसैले नआइज भनेर नआउने र आइज भनेर आउने होइन यो विपत् । जहाँ पनि जहिले पनि आपत्–विपत्को सम्भावना रहिरहेको हुन्छ ।दैवी विपत्तिका घटनाले कतिको ज्यान जान्छ । कतिको जीवन–संसार नै शून्य हुन्छ । रुवाबासी, शोक र सुर्ताले बाँच्नेहरूको जीवन पनि अत्यन्तै पीडादायी हुन्छ । खासगरी हामीले भूकम्प, आगलागी, सवारी दुर्घटनाजस्ता विपत्तिकै सामना गर्दै आइरहेका छौँ । यद्यपि यी सबै घटना हाम्रै कारणले घटित भइरहेका हुन्छन् भन्ने कुरालाई हामीले अब भने राम्रैसँग मनन–महसुस गर्नुपर्ने समय भइसकेको छ ।भनौँ न भूकम्पले घर भत्किँदा अपूरणीय मानवीय क्षति व्यहोर्नुपर्छ । तर यस्तो क्षति भूकम्पले भन्दा पनि हामीले बनाएको घर भत्केर जीवनले मृत्युवरणको अवस्था भोग्नुपर्छ । केही महिनादेखि पश्चिम नेपालका जाजरकोट, रुकुममा भूकम्पले ज्यान गुमाउनेको कारण खोतल्दा आफैँले बनाएको घरले किचिएर, थिचिएर, पिल्सिएर मृत्यु भएका छन् । विपत्का यस्तै अचानक घट्ने घटनाले हाम्रो जीवन झन्–झन् जोखिममा पर्दै गइरहेको छ । भूकम्पका साथै घरमा आफ्नै असावधानीले विद्युत्, ग्यासको प्रयोगले जनजीवन जोखिमपूर्ण बनिरहेको छ ।प्रत्येक क्षण, हरेक पल, हाम्रा पाइला–पाइलामा मृत्युले पछ्याइरहेको हुन्छ । कालगतिले भन्दा पनि हिजोआज अकालमा जीवनले मरणको शरण लिइरहेको छ । यस्तो डरलाग्दो परिस्थितिको सामना गर्दै हामी बाँचिरहेका छौँ । अनेकौँ तनाव, दुःख, पीडा, अभावका हैरानी छँदै छन् । यी सबैबाट मुक्त, उन्मुक्त जीवन बाँच्न कोही कसैले सक्दैन । पैसाले आपत्–विपत् रोक्दैन । शक्ति, पद, धन, मन, जनसागरले कसैले पनि विपत्लाई खेलाँची ठानेर जिउज्यान जिउँदो रहिरहन सक्दैन ।सावधानी अपनाउन सक्दा छायाजस्तै पछ्याउँदै आएको मृत्युलाई परास्त गर्न सकिन्छ । अप्रत्याशित हुने घटनालाई न्यूनीकरण गर्न सकिन्छ । होसले काम गर्छ । बेहोसीले बर्बाद र बिगार गर्छ । हरेक क्षण, हरेक क्षेत्रमा जोखिम छ तर जोखिमसँग जोरी खोज्नु हुँदैन रहेछ ।त्यसैले अब विपत्का घटनाको जोखिमलाई न्यूनीकरण गर्नु तथा जोखिम व्यवस्थापनमा गम्भीर हुनु अति आवश्यक भइसकेको छ । यिनै कुरालाई मनन गरी सरकारले विभिन्न ऐन–नियम, नियमावली, समिति आदि गठन गरेको सन्दर्भ यहाँ स्मरणीय हुन्छ । यस्ता घटनाको उद्धार कार्यमा सेना, प्रहरी, रेडक्रस, विभिन्न समुदाय, विविध समितिका पदाधिकारीसहित स्थानीय तहले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।यसै सन्दर्भमा गत साता काठमाडौँ महानगरपालिका, विपत् व्यवस्थापन विभागले विपत् जोखिम न्यूनीकरणका लागि तीनदिने (मङ्सिर १५–१७ गते) तालिम कार्यक्रम चितवन र पोखरा आयोजना गरेको थियो ।कार्यक्रममा ‘सहरीकरणसँगै बढेका विद्युत्जन्य दुर्घटना नेपालका लागि चुनौती र न्यूनीकरण’ विषयमा अमृत साइन्स कलेजका प्राध्यापक डा. श्रीराम शर्माको प्रस्तुतिले चसक्क चस्का दियो ।उनका अनुसार, प्रकोपका अनेक प्रकार छन् — प्राकृतिक, जैविक, प्राविधिक र अन्य । यीमध्ये ८० प्रतिशत घटना विद्युत्जन्य कारणले हुन्छ । १२ प्रतिशत ग्यासका कारण दुर्घटना घट्छ । बाँकी आठ प्रतिशत अन्य विविध कारणले विपत् आइपर्छ । सामान्य कुराले पनि ठुलो दुर्घटना निम्त्याउन कुनै कसर बाँकी राख्दैन । शर्माका अनुसार, हाम्रो सानो गल्ती वा असावधानीका कारण विद्युत्जन्य दुर्घटना घरभित्रै हुन सक्छन् । जस्तो ः विद्युत्का पुराना तथा जीर्ण सामग्रीको प्रयोग गर्नु, विद्युतीय उपकरणका प्लगहरूलाई अर्थिङ नगर्नु, विद्युतीय प्लग आदिका नजिकमा ज्वलनशील पदार्थलाई भण्डारण गर्नु, मल्टिप्लगको अनुचित प्रयोग वा दुरुपयोग गर्नु, कमसल गुणस्तरका तार वा उपकरणको प्रयोग गर्नु आदि ।विद्युतीय गडबडीका अदृश्य तर खतरनाक गम्भीर परिणामहरू घट्छन्, घटिरहेका छन् । विद्युत्बिनाको संसार कल्पनै गर्न सकिँदैन तर यही विद्युत् प्रयोगको असावधानीले अप्रत्याशित मृत्यु समेत भोग्नुपर्ने हुन्छ । ‘भूकम्पीय जोखिम न्यूनीकरण’ विषयमा डा. गोपीकृष्ण बस्यालले प्रस्तुति दिएका थिए । उनका अनुसार, कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिका साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक सबै घटनालाई विपत् सम्झिनुपर्छ । यस्तै, विपत् व्यवस्थापन वा विपत् न्यूनीकरण भन्नाले विपत् जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य, विपत् पुनर्लाभसँग सम्बन्धित क्रियाकलापलाई सम्झनुपर्छ ।कार्यक्रममा विज्ञ स्रोत व्यक्तिहरूको प्रस्तुति निकै ज्ञानवर्धक रह्यो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सुरुमा आफू तीनवटा आपत्कालीन विपत्तिबाट बाँच्न सफल भएको अनुभव सुनाए । विपत्तिबाट कहिले अञ्जानले पनि बच्न सकिने र कहिले जानेको कुराको उपयोगले पनि बाँच्न सकिने उदाहरण उल्लेख गरे । काठमाडौँमा ठुलो भूकम्प आयो भने अधिकांश घरहरू ध्वस्त हुने, पानीका स्रोत बन्द हुने, बाटोघाटो केही नहुने, सञ्चार सुविधा ठप्प हुने, मान्छेलाई बस्ने ठाउँ नहुने, खानेकुराको अभाव हुने, खुला ठाउँ नरहने आदि अत्यन्तै संवेदनशील सम्भावनाको सङ्केत समेत उनले गरे । उनका अनुसार, सुरक्षित रहन सक्ने पूर्वतयारी हामीले केही गर्न नसक्ने होइन । तर यसका लागि अहिल्यैबाट सचेतना अभियान थालनी गरिनुपर्छ । महानगरपालिकाले आफ्ना ३२ वटै वडाहरूमा ‘वडा विपत् व्यवस्थापन समिति’ गठन गरेको छ । सो समितिलाई वडामा हुने विपत् व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण कम गर्ने जिम्मेवारी छ । तर उचित वातावरण निर्माण हुन सकिरहेको छैन । मूलतः यस कार्यमा जनप्रतिनिधि, स्थानीय संघसंस्था, समुदाय र समितिका सबै सदस्यका लागि कुनै पनि किसिमका विपत् जोखिम न्यूनीकरणका विषयमा विशेष जानकारी हुनु अति जरुरी छ ।वास्तवमा सिकाइ भन्ने कुरा जहाँ, जहिले र जोबाट पनि सिक्न सकिन्छ । सिकेर कहिल्यै सकिँदैन । आफ्ना आवश्यकतासँगै जिज्ञासासँग जोडिएको विषय सिक्ने क्रम बाल्यकालदेखि जीवनपर्यन्त नै रहिरहन्छ । अझ जीवनकै सुरक्षाका निम्ति, बाँच्ने र बचाउने उपायको सिकाइमा सरिक हुने चाहना पनि सबैको हुन्छ । आफूले सिकेको कुराबाट आफूलगायत अर्को एकजना व्यक्तिलाई मात्रै पनि बचाउन सकियो भने त्यो सिकाइको सफलता रहन्छ । त्यो ठुलो कर्म, धर्म बन्छ ।तथ्याङ्कले जनाएअनुसार विश्वको तीन चौथाइ जनसङ्ख्याले अनपेक्षित प्राकृतिक विपत् व्यहोर्दै आएको छ । मानिस बसोबास गर्ने पृथ्वीको एक चौथाइ जमिन अनेक किसिमका विपत्को जोखिममा छ । त्यसमा पनि गरिब देश र त्यस देशमा बसोबास गर्ने गरिब समुदाय नै प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुन्छन् । भनिन्छ, विश्वका अति प्रकोप जोखिम देशहरूमध्ये नेपाल एक हो । गरिब देशका विपन्न समुदाय विपत्बाट अत्यधिक प्रभावित छन् । विपत्सँग सामना गर्ने उनीहरूको क्षमता न्यून छ । प्रकोपको विध्वंसले २०७२ को भूकम्पमा हामी नै खुला आकाशमुनि रात बिताउन विवश भयौँ ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.