नेपाल प्रज्ञा–प्रतिष्ठानको सोमबार बसेको ३७ औँ प्राज्ञसभाले ३० करोड २० लाख ४२ हजारको बजेट पारित गरी सम्पन्न भएको छ । प्राज्ञ सभाको ३७ औँ बैठकले आ.व. २०७९/०८० का लागि उक्त रकमको बजेट पारित गरेको हो । गत आर्थिक वर्षमा सरकारबाट प्रज्ञा–प्रतिष्ठानलाई रु. १९ करोड १२ लाख ६४ हजार विनियोजन भएकोमा चालु आर्थिक वर्षका लागि रु १४ करोड २३ लाख मात्रै विनियोजन भएको छ ।
गत आर्थिक वर्षमा रु २५ करोड १४ लाख ३९ हजार आठ सय २४ यथार्थ आयव्यय विवरण सभामा प्रस्तुत भई पारित भएको छ । गत आर्थिक वर्षमा प्रज्ञा–प्रतिष्ठानले आन्तरिक कोषबाट रु. ६ करोड एक लाख ८५ हजार खर्च गरेको थियो ।
प्रतिक्रिया