Gundruk Online
Wednesday, February 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कोप-२८ मा नेपालले हिमालय क्षेत्रमा असरको विषय उठाउने

कोप-२८ मा नेपालले हिमालय क्षेत्रमा असरको विषय उठाउने


कोप-२८ मा नेपालले हिमालय क्षेत्रमा असरको विषय उठाउने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा नेपालले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरबारे आवाज उठाउने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आज सुरु हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको उच्चस्तरीय सत्रमा प्रधानमन्त्री दाहालले ‘कल अफ द माउन्टेन : हु सेभ्स अस फ्रम द क्लाइमेट क्राइसिस ?’ (हिमालयको आह्वान : हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?) भन्ने विषयमा सम्बोधन गर्नेछन् । उनले कोपको एजेन्डामा जलवायु परिवर्तन तथा हिमालयको वार्ता प्रक्रियामाथि नेपालको आवाज प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री दाहालले कोपका दौरान नेपालले जलवायु संकटबाट बेहोरेको हानिनोक्सानी कोषबारे पनि कुरा उठाउने बताइसकेका छन् ।प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी छन् । दाहालले कोप–२८ मा उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।साथै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइनमा भेट्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको छ । ‘उक्त भेटवार्ताको गृहकार्य भए पनि टुंगो भने लागिसकेको छ,’ परराष्ट्र स्रोतले भन्यो । दाहालले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तर्क्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।कोप–२८ चार प्रमुख मुद्दामा केन्द्रित हुने जनाइएको छ । खनिज इन्धन प्रयोगको प्रवृत्ति हटाउने उपाय, जलवायु वित्त व्यवस्थाको रूपान्तरण, जलवायु कार्यमा मानिसहरू र प्रकृतिको भूमिका र सम्मेलनमा महिला, आदिवासी जनजाति, स्थानीय समुदाय, युवा प्रान्तीय तथा स्थानीय सरकारहरूको समावेशिताको सुनिश्चितमा सम्मेलन केन्द्रित रहनेछ । नेपालले कोपमा आफ्नोतर्फबाट भन्दा पनि अतिकम विकसित मुलुकहरू (एलडीसी) को अध्यक्षका रूपमा एजेन्डा राख्ने सरकारी अधिकारीहरूको भनाइ छ सम्मेलनका लागि दुबई पुगिसकेका वन तथा वातावरण मन्त्रालयका सहसचिव बृद्धिसागर पौडेलले कोप–२८ का लागि ग्लोबल स्टकटेक क्षति र नोक्सानी कोष, अनुकूलनको लक्ष्य निर्धारण, कार्बन उत्सर्जन न्यूनीकरण, जलवायु वित्त लगायतका एजेन्डा तय भएको जनाए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.