Gundruk Online
Saturday, September 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’


रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने तयारी भइरहेको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले साझा चुनाव चिह्नमा निर्वाचन लड्ने तयारीलाई केवल चुनावी तालमेलका रूपमा बुझ्न नहुने बताए।

उनका अनुसार तत्कालका लागि मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने र त्यसपछि राजनीतिक, वैचारिक तथा संगठनात्मक आधारमा स्थायी एकताको दिशामा अघि बढ्ने लक्ष्य छ।

‘अहिले हामी नौ राजनीतिक दल एउटै मोर्चामा छौँ। आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनतामाझ जाने तयारीमा छौँ,’ अन्सारीले भने, ‘यो केवल निर्वाचनसम्मको सहकार्य होइन, भविष्यमा स्थायी राजनीतिक एकताको आधार निर्माण गर्ने अभियान पनि हो।’

अन्सारीले विभिन्न राजनीतिक दल तथा धारमा विभाजित प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिलाई एउटै राजनीतिक केन्द्रमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याए।

साना–साना दलमा विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गर्दा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुने भन्दै उनले साझा राजनीतिक शक्ति निर्माण आवश्यक रहेको बताए।

उनले अग्रगामी मोर्चालाई निर्वाचन केन्द्रित गठबन्धनमा सीमित नराखी व्यापक राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। देशमा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक असमानताको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समानता, सामाजिक न्याय, समावेशिता तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने दिशामा मोर्चाले राजनीतिक विकल्प निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

मधेससहित देशका विभिन्न भूगोल, वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गका उत्पीडित तथा अधिकारबाट वञ्चित नागरिकलाई राजनीतिक मूलधारमा जोडेर राष्ट्रिय वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने अन्सारीले बताए।

जनकपुरधाममा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता थियो। सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका नेता तथा कार्यकर्ताबीच मोर्चाको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे छलफल भएको थियो।

अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध रहेको बताइएको छ।

मोर्चाका नेताहरूले आगामी निर्वाचनलाई राजनीतिक शक्तिको पुनर्संरचनाको अवसरका रूपमा लिँदै साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार तथा कार्यकर्ता परिचालनलाई तीव्रता दिने बताएका छन्।

नौ दल एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने तयारीले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुव निर्माणको सम्भावना बढाएको छ। साझा चुनाव चिह्नसँगै संगठनात्मक एकताको प्रक्रिया अघि बढेमा यसले मधेससहित राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरण निर्माण गर्न सक्ने देखिन्छ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.