Gundruk Online
Saturday, March 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कहाँ रोकियो भूकम्पपीडितलाई दिने अनुदान ?

कहाँ रोकियो भूकम्पपीडितलाई दिने अनुदान ?


कहाँ रोकियो भूकम्पपीडितलाई दिने अनुदान ?

भूकम्प गएको झन्डै एक महिना पुग्न लाग्दासमेत पीडितको तथ्यांक संकलन नसकिँदा सरकारीस्तरबाट अस्थायी टहरा निर्माणको काममा अलमल भएको छ । वडा कार्यालयमार्फत पालिकास्तरीय विपद् व्यवस्थापन समितिले लाभग्राहीको तथ्यांक प्रमाणित गरी जिल्ला विपद् व्यवस्थापन समितिमा नपठाउँदा पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भइरहेको हो । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण कर्णाली प्रदेशभर झन्डै ५५ हजार परिवार प्रभावित भएका छन् । जाजरकोटमा ३४ हजार ५ सय १ र रुकुम पश्चिममा १६ हजार ९ सय ९ घर पूर्ण रूपमा भत्किएका छन् । पीडितहरू त्यसयता त्रिपालमुनि बसिरहेका छन् ।अहिलेसम्म विभिन्न पार्टी, संघसंस्था र स्वयंसेवीले रुकुम पश्चिममा करिब १ सय ५० र जाजरकोटमा ३ सय ५० अस्थायी टहरा मात्र निर्माण गरेका छन् । ‘सरकारी पैसा खातामा थन्किएको छ । भूकम्पपीडित भोकभोकै खुला आकाशमुनि एकसरो त्रिपालको भरमा रात काट्न बाध्य छन्,’ स्थानीय अगुवा राजेन्द्रविक्रम शाहले भने, ‘फटाफट काम गरेर टहरा बनाउने रकम उपलब्ध गराउनुपर्नेमा सबै अलमल गरिरहेका छन् ।’संघीय सरकारले भने अस्थायी आवासका लागि जाजरकोट र रुकुम पश्चिमस्थित जिल्ला प्रशासन कार्यालयमा ५०/५० करोड रुपैयाँ पठाइसकेको छ । उक्त रकम भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्तामा प्रतिपरिवार २५ हजार रुपैयाँका दरले निकासा दिइनेछ । तर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा १६ लाखबाहेक अन्य स्थानीय तहमा अझै रकम निकासा हुन सकेको छैन । हिउँ पर्ने ठाउँ भएकाले रातभर शीत चुहिने त्रिपालमा बाध्य भएर रात काट्नुपरेको जाजरकोटको बारेकोट गाउँपालिका–१ का कालीबहादुर विकले बताए । ‘जाडोले सुत्नै सकिँदैन,’ उनले भने, ‘त्रिपाल र एकसरो कपडाको भरमा रात काट्नै मुस्किल भइसक्यो ।’ भेरी नगरपालिका–१ रावतगाउँका भूकम्पपीडित रंगवीर रावतले चिसोका कारण परिवारका सबै सदस्य बिरामी पर्न थालेको बताए ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार वडाको सिफारिस, प्रहरी मुचुल्का र घरधनीको स्वघोषणा निवेदनका आधारमा स्थानीय विपद् व्यवस्थापन समितिले सिफारिस गरेमा पहिलो किस्ताको रकम निकासा दिइनेछ । ‘अरू पालिकाबाट तथ्यांक नै आएन, आएको भए पनि प्रमाणित हुन सकेको छैन, मंगलबार ६४ घरका लागि त्रिवेणी गाउँपालिकामा पहिलो किस्ताको रकम पठाइएको छ,’ रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले भने, ‘विवरण यकिन हुनबित्तिकै धमाधम स्थानीय तहलाई पहिलो किस्ताको रकम निकासा दिइनेछ ।’ उनले त्रिवेणी गाउँपालिका–८, ९ र १० का लागि ६४ वटा अस्थायी आवास निर्माण गर्न रकम पठाइएको जानकारी दिए । वडाध्यक्षहरू भने एउटै तथ्यांक २ पल्ट संकलन गर्दा समस्या भएको बताउँछन् । ‘पहिले पनि तथ्यांक संकलन गरी पालिकामा पठाइसकेका थियौं, तर फेरि अर्कै मापदण्डअनुसार विवरण संकलन गर्न लगाइयो,’ जाजरकोटको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले भने, ‘पटकपटक तथ्यांककै लागि जाँदा भूकम्पपीडित पनि पनि रिसाउन थाले । जसले पनि तथ्यांक संकलनमा ढिलाइ भयो ।’ भौगोलिक विकटता र पर्याप्त कर्मचारी नहुँदा क्षतिको विवरण संकलनमा ढिलाइ भएको जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले स्थानीय तहबाट तथ्यांक अझै नआएकाले लाभग्राही छनोट, प्रमाणीकरण र खातामा रकम जम्मा गर्न अझै कम्तीमा एक साता लाग्ने बताए । वडा कार्यालयहरूले पठाएको विवरण रुजु गर्ने काम भइरहेकाले १/२ दिनभित्रै जिल्ला विपद् व्यवस्थापन समितिमा तथ्यांक पठाउने तयारी गरिएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले बताए । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८० अनुसार भूकम्पले पूर्ण वा आंशिक रूपमा घर क्षति गर्दा बसोबास गर्न योग्य नरहेका घरपरिवारका लागि एउटा अस्थायी आवासका लागि अनुदान दिइनेछ । यो अनुदान दुई किस्तामा ५० हजार रुपैयाँको हुने जाजरकोटका सहायक प्रजिअ शर्माले बताए । ‘प्रमाणित तथ्यांक आउनबित्तिकै पहिलो किस्ताको रकम धमाधम निकासा गरिनेछ,’ उनले भने, ‘दोस्रो किस्ता भने घरको छानो हाल्ने तहसम्म पुगेपछि वा निर्माण सकिएपछि मात्र पाइनेछ ।’ पछिल्लो पटक भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम, दैलेख, सल्यान, कालिकोट, सुर्खेत, बझाङ र बाजुराका ८० हजार परिवारलाई गत मंसिर ४ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८०’ बनाएर अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । यसका लागि १ अर्ब ४१ लाख बजेट निकासासमेत गरेको थियो ।

चिसोले ज्यान गुमाउँदै पीडित

भूकम्पले घर भत्किएपछि त्रिपालमा बसिरहेका पीडितले चिसोका कारण ज्यान गुमाउन थालेका छन् । मंगलबार बिहान दमका बिरामी भेरी नगरपालिका–६ भेरेका ५२ वर्षीय टुल्को कामीको त्रिपालमै मृत्यु भएको हो । लामो समयदेखि दमका बिरामी रहेका उनी राहतका रूपमा पाएको त्रिपालमुनि एउटा कम्बलका भरमा बसिरहेको वडाध्यक्ष शशि बुढाले बताए । भूकम्पले घर भत्किएर त्रिपालमा बसिरहेकामध्ये मंगलबारसम्म १८ जनाले ज्यान गुमाएका छन् । चिसोका कारण भेरी र छेडागाड नगरपालिकामा मात्रै चार/चार जना भूकम्पपीडितको मृत्यु भएको छ । नलगाड, बारेकोट र कुशे गाउँपालिकामा पनि त्रिपालमा बसिरहेका पीडितहरूको मृत्यु भएको स्थानीय तहहरूले बताएका छन् । भूकम्पबाट घरबारविहीन सुत्केरी र बालबालिका मात्रै होइन, गर्भवती र वृद्धवृद्धालाई समेत सकस हुन थालेको छ । गत कात्तिक १७ गते भूकम्पले घर भत्किँदा भेरी नगरपालिका–१ रावतगाउँकी नन्दकला विक सुत्केरी भएको महिना दिन नाघेको थियो । मुस्किलले ज्यान जोगिएका उनको सात जनाको परिवार अहिले त्रिपाल टाँगेर बसिरहेको छ । दूधे बालकसहित दुई महिनाकी सुत्केरी उनी चिसो भुइँमा बस्नुपर्दा स्वास्थ्य समस्या झेल्नुपरेको छ । ‘हामी धन्न बाँच्यौं । घरमा भएको खाद्यान्न सबै पुरियो,’ उनले भनिन्, ‘पुरिएका लत्ताकपडा र भाँडाकुँडा पनि अहिलेसम्म निकालिएको छैन ।’ उनको परिवार अरूले राहतमा बाँडेको चामल र दाल खाएर दैनिकी टारिरहेको छ । कहिले त स्कुलमा हुने सामूहिक भोजमा सहभागी हुन्छन् । ‘घर छँदासम्म माछामासुदेखि पोसिलो कुराहरू खाएकै थिएँ । बच्चाको स्याहार राम्रै गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘पालमा बस्नु परेदेखि छाक टार्न अरूको भर पर्नुपरेको छ । पोसिलो खानेकुरा पाइने कुरै भएन ।’ भूकम्पबाट घरबारविहीन भएका यहाँका सुत्केरी, गर्भवती र नवजात शिशु विशेष स्याहार पाउनुपर्ने बेला भोक र चिसोको मारमा परेका छन् । अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि जानेहरू प्रायः पालमुनि बसेकाहरू नै हुने गरेको भेरी नगरपालिका–१ को आधारभूत स्वास्थ्य सेवा केन्द्र तिपेकी अनमी कल्पना नेपालीले बताइन् । त्रिपालमा बसिरहेका मध्ये सुत्केरी–गर्भवतीले पौष्टिक आहार र स्याहार नपाउँदाको असर बिस्तारै देखिन थालेको र पछिसम्म जोखिम रहने उनको भनाइ छ । ‘अधिकांशको घरमा खानेकुरा पुरिएकाले सुत्केरी, गर्भवती, बालबालिकाले पोसिलो र गुणस्तरीय खाना नपाउँदा आमा र बालबालिकामा कुपोषण देखिन सक्छ । १/२ दिन अघिबाट बालबालिकामा झाडापखालाको समस्या देखिन थालेको छ,’ उनले भनिन्, ‘गर्भवती र सुत्केरी शरीर दुख्ने, रुघाखोकी र ज्वरोको समस्या ल्याएर आउने गरेका छन् ।’ ४५ दिनकी सुत्केरी पूजा विक पनि घर भत्किएपछि पालमुनि बसिरहेकी छन् । स्याहार पाउनुपर्ने बेला उनले राम्रोसँग खानसमेत पाएकी छैनन् । चिसोमा बस्नुपर्दा आफूलाई रुघाखोकी र झाडापखालाले सताएको र राहतबापत दिएको चामल–दालले छाक टारिरहेको उनले सुनाइन् । त्रिपालमै बसिरहेकी दल्लीगाउँकी १९ वर्षीया पूजा पुनलाई चिकित्सकले मंसिर १४ गते सुत्केरी हुने दिन तोकेको छ । पालमुनि रातभर चुहिने शीतले प्रतिदिन गाह्रो हुँदै गएको उनले बताइन् । भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर विशेष स्याहार गर्नुपर्ने अवस्थाकालाई संघसंस्थाबाट प्राप्त भएको न्यानो कपडाको व्यवस्था गरिरहेको बताउँछन् । ‘अहिले सुत्केरी, गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका र दीर्घरोगी बढी समस्यामा छन् । उनीहरूलाई विशेष सेवासुविधा पनि दिन सकिएको छैन,’ उनले भने, ‘सघंसस्थाले दिएको न्यानो कपडाको व्यवस्था भने बिस्तारै गरिरहेका छौं ।’ नलगाड–१ कै आधारभूत स्वास्थ्य सेवा केन्द्र अनापानीका प्रमुख सागर खत्रीले चिसोमा बस्नुपर्दा भूकम्पपीडित बालबालिका रुघाखोकी, ज्वरोलगायतका समस्या र गर्भवती र सुत्केरीहरू पेट दुख्ने, शरीर दुख्ने समस्या लिएर पुग्ने गरेको बताए । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट स्वास्थ्य अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्रमा गएका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालबालिकालाई रुघाखोकी र झाडापखालाको समस्या देखिनु स्वास्थ्य समस्याको सुरुवात मात्रै भएको बताए । आउँदा दिनमा सामूहिक रूपमा निमोनिया र झाडापखालाको समस्या देखिने जोखिम रहेको उनले औंल्याए । स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । १३ सय ६० गर्भवती ९ सय जना सुत्केरी छन् । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लामा ५ वर्षमुनिका ५ हजार ५ सय ६७ बालबालिका प्रभावित भएका छन् । १ हजार ६८ गर्भवती, ७ सय ३९ सुत्केरी भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए । उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.