Gundruk Online
Thursday, April 16, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » हुलाकबाट गाँजा सप्लाई, गण्डकीमा दुर्व्यसनीको ग्राफ बढ्दो

हुलाकबाट गाँजा सप्लाई, गण्डकीमा दुर्व्यसनीको ग्राफ बढ्दो


हुलाकबाट गाँजा सप्लाई, गण्डकीमा दुर्व्यसनीको ग्राफ बढ्दो
गत भदौ २५ गते अमेरिका पठाउने ठेगानाबाट एउटा कार्टुन हुलाक मार्फत नेपाल आयो । उक्त कार्टुन ड्रोथी ह्यारिसले पठाएका थिए भने उक्त सामान पोखरामा भएका सावन गर्जले पाउनुपर्ने थियो । सबै नामहरू फेक थिए । लेकसाइडको ओम शान्ति हेयर सैलुनको ठेगाना लेखेर पठाइएको कार्टुन शङ्का लागेपछि हुलाक कार्यालयले नै चेकजाँच गरिदिन प्रहरीलाई पत्र पठायो र उक्त कार्टुन खोलेर हेर्दा खरानी रङ्गको सोभनियरबाट १ किलो ४ सय ग्राम गाँजा बरामद भयो ।त्यसपछि प्रहरीले गज्जबको जुक्ती लगायो, उक्त कार्टुनमा छुट्टै चिज हालेर प्याक गरी पठाइयो । यो सामान क्षेत्रीय हुलाक कार्यालय पोखराले डेलिभरी गर्नुपर्ने थियो । सामान लिएर सम्बन्धित व्यक्ति खोज्दै जाँदा भदौ २७ गते हुलाक कार्यालय छेउबाटै भारत केरलाका २४ वर्षीय अजिन भारगेस पक्राउ परे । उनलाई सोधपुछ गर्दा उक्त गाँजा आफैले मगाएको स्विकारे । उनी बस्ने कोठा छानबिन गर्दा थप ७ सय २० ग्राम गाँजा भेटियो । उनको कोठामा डिजिटल तराजु राखिएको थियो ।भारतको गोवामा उनीसँग भेट भए क्यानडाका चिक्कु । चिक्कु २ दिन उनीसँगै गोवामा बसेर क्यानडा फर्किए । त्यसपछि उनीहरुबीच सामाजिक सञ्जाल (विकर) मा कुराकानी हुन थाल्यो । विकर नेपालमा चल्दैन । त्यसैले उनले पोखरामा बस्दा पनि भारतीय सीम चलाउँथे । उनीहरू भेट्दा क्यानडामा गाँजा प्रतिबन्ध नभएको कुरा भएको थियो । कुरा हुँदै गएपछि चिक्कुले उनलाई गाँजा पठाइदिने भने । त्यसपछि उनले लोकेसन र आफ्नो केटी साथीको मोबाइल नम्बर फरवार्ड गरिदिए । त्यही लोकेसनमा चिक्कुले गत चैततिर हुलाक मार्फत गाँजा पठाइदिएका थिए । हुलाक कार्यालयबाट गाँजा लगेर उनले कोठामा राखे ।फेरि असार तिर पनि थप गाँजा हुलाक मार्फत आयो । उनले उसैगरी हुलाक कार्यालयबाट गाँजा लिए । उसैगरी भदौमा पनि गाँजा उनलाई हुलाक मार्फत नै पठाइएको थियो । तर यसपटक उनी फन्दामा परे । हुलाक मार्फत गाँजाको कारोबार गर्ने उनी मात्रै होइनन् । यस्ता घटनाहरूको सूचना आइरहेको र बेलाबेलामा आफूहरूले खानतलासी समेत गर्दै आएको प्रहरीले जनाएको छ ।अजिनलाई मङ्सिर ८ गते कास्की जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । उनी अहिले कारागारमा छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क हेर्दा धेरै मुद्दा मध्ये लागू पदार्थ दुर्व्यसनी सम्बन्धी पर्छ । गत आर्थिक वर्ष २०७९-०८० मा जिल्लाभर १ सय २ वटा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी मुद्दा दर्ता भयो । १ सय ५३ जना पक्राउ पनि परे । ३ जना विदेशी महिला थिए । गत वर्ष सबैभन्दा धेरै बुप्रिनर्फिन २ हजार ५ सय २६ थान, डाइजापाम २ हजार ७ सय ३१ थान, फेनरागन २ हजार ५ सय ४८ थान बरामद भयो । फेनरागन एण्टी एलर्जीको औषधी हो । डाईजापाम निन्द्रा लाग्ने र बुप्रिनर्फिन दुखाई कम गराउनका लागि प्रयोग हुन्छन् ।तर यी तीनवटै औषधी अहिले निषेधित छन् । सुईबाट लागू औषध प्रयोग गर्नेमध्ये करिब ५ प्रतिशतलाई एचआइभी सङ्क्रमण सर्ने जोखिम हुन्छ ।गाँजा ४१ किलो, नाइट्रोभ्याट ५ सय ८ चक्की, ब्राउन सुगर करिब ८६ ग्राम, चरेस ३ किलो बरामद भएको तथ्याङ्क छ । त्यसअघिको वर्ष २ सय ४२ मुद्दा दर्ता हुँदा ३ सय ५२ जना पक्राउ परे । तीमध्ये ५ जना विदेशी छन् । चालू वर्षको हालसम्म कास्कीमा २१ वटा मुद्दा दर्ता भएको छ । ६३ जना पक्राउ परिसकेका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९-०८० मा ११ जिल्लाबाट विभिन्न ४४ प्रकारका लागू पदार्थ ४० हजार १ सय ४५ थान बरामद भएको तथ्याङ्क छ । १ सय ५६ किलो गाँजा, करिब ४ किलो चरेस, ७१ ग्राम हिरोइन पनि बरामद भएको छ । अघिल्लो वर्ष २०७८-०७९ मा ४० प्रकारका आधुनिक लागू पदार्थ ३८ हजार ७ सय २ थान बरामद भएको थियो । ३ सय २३ किलो गाँजा, २० किलो चरेस, ४६ ग्राम हिरोइन बरामद भयो । चालू वर्षको हालसम्म ४५ प्रकारका लागूपदार्थ फेला परेका छन् । पहिलो ४ महिनामै १३ हजार ४ सय ३ थान बरामद भैसकेको गण्डकी प्रहरीले जनाएको छ । ४१ किलो गाँजा, ५२ ग्राम हिरोइन र ५ किलो अफिम पनि बरामद गरिएको एसएसपी शारदा प्रसाद चौधरीले जानकारी दिए ।  प्रदेशभरी आव २०७८-०७९ मा ४ सय ९ मुद्दामा ५ सय ७३ जना पक्राउ परे । तीमध्ये ७ जना भारतीय थिए भने अरु नेपाली थिए । आर्थिक वर्ष २०७९-०८० मा ३ सय १८ मुद्दामा ४ सय ६१ जना पक्राउ परे । ७ जना नै विदेशी थिए भने अरु नेपाली हुन् । चालू वर्षमा हालसम्म ८१ मुद्दाबाट १ सय २९ जना पक्राउ परेका छन् । ४ जना भारतीय छन् । आँकडा हेर्दा लागू पदार्थ दुर्व्यसनी घटेजस्तो देखिन्छ । तर दुर्व्यसनी नभई परम्परागत कारोबार घटेको जानकारहरू बताउँछन् । ‘आजभोलि मेडिकलबाट लागू औषधहरू दुरुपयोग हुन थालेको छ । दुर्व्यसनी घटेको छैन, बरु बढेको छ,’ यही क्षेत्रका जानकार भन्छन्, ‘परम्परागत कारोबार र दुरुपयोग चाहिँ केही कम भएको देखिन्छ ।’ यसले पनि गण्डकीमा लागू औषध दुर्व्यसनी भयावह रहेको सङ्केत गर्छ । २०७६ को सर्वेक्षण अनुसार गण्डकीमा ८ हजार ९ सय ५६ जना लागूपदार्थ प्रयोगकर्ता छन् । तीमध्ये ७ हजार ९ सय ६८ पुरुष र ९ सय ८८ महिला छन् । ५२ प्रतिशत प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहका छन् भने ४२ प्रतिशत २५ देखि ३५ वर्ष उमेरका छन् । ३१ प्रतिशत प्रयोग कर्ता प्लस टू पढ्ने विद्यार्थी हुन् । ३० प्रतिशत प्रयोगकर्ताको परिवार जागिरमा छन् भने २५ प्रतिशतको परिवार व्यापारमा छन् । २१ प्रतिशत प्रयोगकर्ता विभिन्न खालको सरुवा रोगबाट पीडित रहेको तथ्याङ्क निकालिएको छ । दुर्व्यसनीको लत छुटाउन गण्डकी प्रदेशमा १९ वटा उपचार केन्द्रहरू छन् । ७ सय ३० जना उपचारका क्रममा छन् । १९ मध्ये २ वटा महिला पुनः स्थापना केन्द्र सञ्चालनमा छन् । पोखरा र गण्डकीमा इन्जेक्सनजन्य सबै लागू औषध भारतबाट नेपाल भित्रिन्छन् । विशेष गरी सुनौली, नवलपुरको छोटी भन्सार, वीरगन्ज, नेपालगन्ज नाकाबाट यस्ता लागू पदार्थ नेपाल आउँछन् । नेपालबाट चाहिँ गाँजा, चरेस, अफिम लगायत लागू पदार्थ निर्यात हुन्छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.