Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विपन्न मजदुर देखाएर बारामा क्रसर उद्योगीको बह्मलुट

विपन्न मजदुर देखाएर बारामा क्रसर उद्योगीको बह्मलुट


विपन्न मजदुर देखाएर बारामा क्रसर उद्योगीको बह्मलुट

निजगढ नगरपालिकाको चुरे क्षेत्रमा अवैध ढुङ्गा तस्करी भयाभह देखिएको छ । नदीजन्य पदार्थको उत्खनन बन्द रहेको अवस्थामा निजगढ नगरपालिकाभित्र रहेका खोलाबाट ढुङ्गाको तस्करी बढेको हो । चुरेको फेदीमा रहेका दर्जनौँ खोला ढुङ्गा उत्खननका मुख्य स्रोत हुन् । यी खोलामा सबै आकारका ढुङ्गा पाइन्छन् ।बकैया खोलाको उत्तरतर्फ नदी उकास भएको ऐलानी, सार्वजनिक जग्गामा सयौँ टिप्पर ढुङ्गा अवैध ढङ्गले थुपारिएको छ । क्रसर उद्योग सञ्चालकहरूले स्थानीय गरिब, अति विपन्न मजदुर, महिला तथा बालबालिकालाई न्यून ज्याला दिएर खोलाबाट ढुङ्गा उठाउन प्रयोग गरेको स्थानीयवासीको भनाइ छ ।स्थलगत रिपोर्टिङका क्रममा बकैया खोलको ड्यामसँगै अवैध ढङ्गले थुपारिएका ठूलाठूला ढुङ्गाका थुप्रा देखिन्छन् । ढुङ्गा उत्खनन् क्षेत्रका ठाउँ ठाउँमा क्रसर सञ्चालकहरूले दर्जनौँ सुराकी  राखेका छन् । सो क्षेत्रमा नयाँ  अनुहार पुग्नासाथ सुराकीहरूले तत्काल सूचना प्रवाह गर्ने र ढुङ्गा उठाइरहेका टिप्पर र ट्याक्टर खोलाबाटै जङ्गलतर्फ भगाउने गरेका दृश्य प्रस्टसँग देखिन्छ । ती ढुङ्गा क्रसर उद्योगमार्फत वा सीधै काठमाडौँ– तराई÷मधेश दु्रतमार्ग आयोजनामा प्रयोग हुने गरेको बताउँछन् निजगढका माओवादी नेता रविराज दङ्गाल । गत स्थानीय तह निर्वाचनमा उपप्रमुखका पूर्वउम्मेदवारसमेत रहेका दङ्गालले निजगढबाट इतिहासमै यस वर्ष सबैभन्दा धेरै ढुङ्गा चोरीतस्करी भएको बताए । उनले दु्रतमार्गका नाममा सिङ्गोलस्थित धनसार खोला र बकैया खोला र चुरेको फेदीमा रहेका अन्य लालबकैया, भक्ति खोलाहरूबाट भयाभह रूपमा ढुङ्गाको तस्करी यस वर्ष भएको बताए । ‘अहिले निजगढका खोलाहरूबाट काठमाडौँ–तराई÷मधेश दु्रतमार्गका नाममा सबैभन्दा धेरै ढुङ्गाको तस्करी भएको छ, खोला बन्द भएको अवस्थामा  दैनिक २ देखि ३ सय टिप्पर ढुङ्गा चोरीतस्करी भएको छ, ट्याक्टरको त हिसाब किताब नै छैन,’ दङ्गालले भने, ‘यत्रो चोरी हुँदा वडाध्यक्ष, नगरप्रमुख, उपप्रमुखलाई थाहै भएन भन्न मिल्छ ? यो त सबै जनप्रतिनिधि र स्थानीय प्रशासनको मिलेमतोबिना सम्भव नै छैन ।’बाराका १६ वटा पालिकामध्ये उत्तरतर्फ रहेका जितपुर सिमरा, कोल्हवी र निजगढ नगरपालिकाले मात्रै नदीजन्य पदार्थको ठेक्का लगाएका छन् । विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन प्रदेश वन मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेकाले चालु आवमा तीनवटै पालिकाले खोलाको ठेक्का लगाएका छैनन् । केही वर्षदेखि खोलामा ढुङ्गा टिप्ने काम गर्दै आएकी स्थानीय महिला सुकली देवीले ढुङ्गा ओसारपोसार गर्न बिहानदेखि रातिसम्म ५ सयवटा  भन्दा धेरै ट्याक्टर आउजाउ गर्ने गरेको बताइन् । ‘बिहान हामी आउँदा खोलामा ढुङ्गा उठाउन ट्याक्टर, टिप्पर आइसकेका हुन्छन्, राति पनि चोर्छ कि के गर्छ, हामीलाई दिनभर खोलामा ढुङ्गा टिपेको त्यही ५, ६ रूपैयाँ पाउँछ,’ कछडिया टोलकी स्थानीय सुकली देवीले भनिन् ‘खोलाछेउमा थुपारेका सबै ढुङ्गा क्रसरवालाले लैजान्छन् ।’ निजगढ नगरपालिकाले बर्सेनि १४ देखि १६ करोडमा खोला उत्खननको ठेक्का लगाउने गर्दछ । तर यसरी बन्द रहेको खोलाबाट प्राकृतिक स्रोत साधनको जथाभाबी चोरी तस्करी हुँदा सरकारको करोडौँ राजस्व त गुमेको छ, सँगसँगै प्राकृतिक विपत्तिको जोखिमसमेत बढ्दै गएको छ । यसरी रातदिन सयौँको सङ्ख्याका टिप्पर र ट्याक्टरका माध्यमबाट ढुङ्गाको चोरी हुँदा  निजगढ नगरपालिका, स्थानीय प्रहरी प्रशासन, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समितिका पदाधिकारीहरू भने  मौन देखिएका छन् । निजगढ नगरपलिका प्रमुख सुरथ पुरीले सुरुमा खोलामा कुनै चोरी नभएको दाबी गरे । तर रिपोर्टिङका क्रममा  खिचिएका खोला, बगरमा थुपारिएका हजारौँ घनफिट ढुङ्गा, क्रसरमा थुपारिएको नदीजन्य पदार्थ ठूला ठूला थुप्राका तस्बिर देखाएपछि नगर प्रमुख पुरीले घुमाउरो तरिकाले स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा चोरीतस्करी भएको बताए । उनले खोला स्थानीय मजदुरहरूको रोजीरोटीसँग जोडिएकाले कारवाही गर्न सक्ने अवस्था नभएको टिप्पणी गरेका छन् । ‘समयमै खोला ठेक्का लगाउन पाएको भए यस्तो समस्या हुने थिएन, आईई प्रदेशमा पुगेर अड्किएको छ,’ नगरप्रमुख पुरीले भने । नदीजन्य पदार्थको उत्खनन बन्द भएका बेला खोला छेउ ढुङ्गाका ठूला ठूला थु्रपा देखिनु र क्रसर उद्योगहरू पनि निर्वाध ढङ्गले सञ्चालन हुँदा जिल्ला समन्वय समितिले अनुगमन गरेको देखिँदैन । जिल्ला समन्वय प्रमुख नरेन्द्र साहले प्रमुख जिल्ला अधिकारीका कारण खोलामा अनुगमन गर्न नसकिएको बताएका छन् । ‘म एक्लै खोलामा जाने अवस्था छैन्, सीडीओलाई मैले पटक पटक भनेको छु तर उहाँले कुनै चासो देखाउनु भएन,’ साहले भने । यसअघि जिल्ला समन्वय समितिले जिल्लाभर सञ्चालनमा रहेका क्रसर तथा बालुवा उद्योगलाई खोलाजन्य पदार्थको स्टक प्रमाणित गरेर पठाउन दिएको निर्देशन कार्यान्वय नभएको समेत साहले गुनासो गरेका छन् । 

प्राकृतिक विपत्ति आउन सक्छ : वातावरणविद् सिंह

वन तथा वातावरण क्षेत्रका विज्ञ विनोद सिंहले चुरे क्षेत्रबाट जथाभाबी ढुङ्गा उत्खनन गर्दा ठूलो प्राकृतिक विपत्ति आउने सक्ने बताएका छन् । सिंहले चुरे क्षेत्र जैविक विविधता र भौगोलिक दृष्टिले अत्यन्तै संवेदनशील भएकाले चुरेमा ढुङ्गाको जथाभाबी चोरी तस्करी नियन्त्रण गनुपर्ने बताएका छन् । ‘चुरेबाट जथाभाबी ढुङ्गा निकाल्दा, सर्वप्रथम जैविक विविधतामाथि असर गर्छ, स्थानीय तहहरूले पनि कुनै अध्ययन नै नगरीकन काम गर्न खोजिरहेका छन्, यसको असर सम्पूर्ण पारिस्थितिक प्रणालीमा नै डिस्टिर्ब हुन्छ,’ सिंहले भने, ‘चुरे क्षेत्रमा रहेका वनस्पति र जीवजन्तु, जलचर प्राणीहरूको जीवन नै सङ्कटमा पर्छ ।’ उनले चुरे क्षेत्रको भौगोलिक अवस्था असाध्यै कमजोर छ, पानी पर्नासाथ तराईमा बाढीको जोखिम बढ्ने भएकाले सो क्षेत्रमा मानवीय गतिविधि रोक्नुपर्ने बताए । ‘चुरेबाट ढुङ्गाको जथाभाबी चोरी तस्करी गर्दा कृषियोग्य भूमि बाँझिँदै गएर उत्पादन हँुदैन र अन्त्यमा यसको दीर्घकालीन असर र मुलुकमा खाद्य सङ्कट देखिन्छ, गरिबी बढ्छ, द्वन्द्व बढ्छ,’ सिंहले भने । उनी डिभिजन वन कार्यालय बाराका प्रमुख पनि हुन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.