Gundruk Online
Thursday, February 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे

मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे


मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे
वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर पुगेको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।  मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेको सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए । “गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो”, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, “यो नै सबैभन्दा ठूलो खुसी हो ।” गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए । विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्किँदा उनी ३७ वर्षको भइसके । मलेसिया पुगेको एक सातापछि उनमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो । विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरेकी छिन् । उनले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन् । गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए । “गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो”, उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, “यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।” घरमा गोपालको एक छोरा पनि छन् । उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आएकी छिन्। घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.