Gundruk Online
Saturday, April 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » चालू खर्च १ अर्ब ७१ करोड घटाइयो, पुँजीगत खर्च सभा दुई अर्ब बढाइयो

चालू खर्च १ अर्ब ७१ करोड घटाइयो, पुँजीगत खर्च सभा दुई अर्ब बढाइयो


चालू खर्च १ अर्ब ७१ करोड घटाइयो, पुँजीगत खर्च सभा दुई अर्ब बढाइयो

 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रस्तुत गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा चालू खर्च १ अर्ब ७१ करोड रुपैयाँ घटाइएको छ । यसअघि हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेशलाई संशोधन गर्दै ल्याएको प्रतिस्थापन विधेयकमा चालू खर्च १ अर्ब ७१ करोड ५१ लाख ८३ हजार कम गरिएको हो । प्रदेश संरचनाले अनावश्यक खर्च बढाइएको भन्दै आलोचना भइरहेको बेला मुख्यमन्त्री केदार कार्कीले भने यस विषयमा ध्यान दिएको पाइएको छ । अघिल्लो मुख्यमन्त्री कार्कीले राखेका चालू खर्च शीर्षकका कार्यक्रम, गोष्ठी, भत्तालगायतको बजेट कटाइएको हो । एमाले नेतृत्वको अघिल्लो सरकारले चालू खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार रुपैयाँ हुने अनुमान गरेको थियो । प्रतिस्थापन विधेयकमा भने चालू खर्चलाई १२ अर्ब ६८ करोड १० लाख ८३ हजारमा सीमित गरिएको छ । यस्तै हालका मुख्यमन्त्री कार्कीले पुँजीगत खर्चलाई भने अध्यादेश बजेटको भन्दा सभा दुई अर्बले बढाएका छन् । पुँजीगत खर्च विकास निर्माणमा हुने खर्च हो । मुख्यमन्त्री कार्कीले शनिबार सदनमा पेश गरेको पुँजीगत खर्च २० अर्ब ३८ करोड १५ लाख ८२ हजार रहेको छ । अघिल्लो सरकारले अध्यादेशमा पुँजीगत खर्च १८ अर्ब २३ करोड ५३ लाख हुने अनुमान गरेको थियो । यस्तै वर्तमान सरकारले स्थानीय तहलाई दिइने अनुदानमा पनि थप गरेको छ । अध्यादेशको बजेटमा स्थानीय तहलाई ३ अर्ब ६० करोड २९ लाख ९२ हजार हस्तान्तरण गर्ने उल्लेख थियो । प्रतिस्थापन विधेयकमा भने उक्त रकममा ६ करोड ४३ लाख ५३ हजार बढाउँदै ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार पुर्‍याएको छ । स्रोत अनुमानमा आन्तरिक राजस्व, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान, वैदेशिक अनुदान भने अघिल्लै अध्यादेश अनुसार प्रतिस्थापन विधेयक ल्याइएको छ । अपुग रकममा बचतबाट हुने अनुमानमा भने प्रतिस्थापन विधेयकमा ५० करोड ९ लाख बढाउँदै ४ अर्ब २५ करोड १० लाख पुर्‍याइएको छ । स्रोततर्फ राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार अनुमान गरिएको छ । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५० करोड बढी अनुमान गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रतिस्थापन बजेट ल्याएको हो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.