Gundruk Online
Friday, March 13, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » जीतपुर सिमरामा वडाध्यक्षले गरे आफूखुसी शिक्षक भर्ना, उपमहानगरको आपत्ति

जीतपुर सिमरामा वडाध्यक्षले गरे आफूखुसी शिक्षक भर्ना, उपमहानगरको आपत्ति


जीतपुर सिमरामा वडाध्यक्षले गरे आफूखुसी शिक्षक भर्ना, उपमहानगरको आपत्ति
facebook sharing button
whatsapp sharing buttonsharethis sharing button

बारा । जनप्रतिनिधिले आफूखुसी विद्यालयमा शिक्षक भर्ना गरेको भन्दै  जीतपुर सिमरा उपमहानगरले आपत्ति जनाएको छ । उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कानुनी प्रक्रिया मिचेर बिना प्रतिस्पर्धा आफूखुसी शिक्षक भर्ना गरेको उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ ।शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादले वडाध्यक्षले कानुनी प्रक्रिया मिचेर शिक्षक भर्ना गर्नु गलत भएको बताए । ‘उहाँहरुको विद्यालयमा शिक्षक आवश्यक छ भने विद्यालय व्यवस्थापन समितिको सिफारिसमा उपमहानगरसँग अनुमति लिएर कार्यपालिकाबाट निर्णय गरेरमात्रै नयाँ शिक्षक नियुक्त गर्न मिल्छ, वडा कार्यलयले बिना प्रतिस्पर्धा सिधै शिक्षक भर्ना गर्न मिल्दैन,’ उनले भने ।कानुनी प्रक्रिया मिचेर गरिएको नियुक्तिमा उपमहानगरपालिकाको आपत्ति रहेको भन्दै उनले तलब सुविधा दिन असमर्थ हुने प्रस्ट पारे ।वडाध्यक्ष सुनिल गुप्ताले गत महिना रश्मी शर्मा, सपना गुप्ता, नमिता गिरीलाई शिक्षक र अन्य केहीलाई विद्यालय कर्मचारीका रुपमा भर्ना गरेका छन् ।वडा नं ७ का पूर्व वडाध्यक्ष रामबाबु प्रसाद कलवारले राजनीतिक आस्थाका आधारमा कानुनी प्रक्रिया मिचेर आफू निकटका व्यक्तिलाई विद्यालयमा भर्ना गर्नु गलत भएको बताए । ‘उपमहानगरको शिक्षा समितिबाट सिफारिस बनाएर, कार्यपालिकाबाट निर्णय गरेर खुला प्रतिस्र्धाबाट विद्यालयको शिक्षक छनोट हुनुपर्छ, यसरी गैरकानुनी बाटोबाट पार्टीको कार्यकर्ता विद्यालयमा भर्ना गर्न मिल्दैन,’ उनले भने ।जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षमा खुला प्रतिस्पर्धाबाट मावि, निम्न मावि र प्रावि तहको ७५ जना  स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरेको छ ।त्यसका लागि नगर शिक्षा ऐन मार्फत तयार भएको मस्यौदा वडाध्यक्षहरुको स्वार्थका कारण कार्यपालिकाबाट पास हुन सकेको छैन । कार्यपालिकाबाट नगर शिक्षा ऐन पास गर्न अवरोध गर्ने तर वडामा आफूखुसी शिक्षक भर्ना गर्ने काम जनप्रतिनिधिहरुले गरेको शिक्षा महाशाखाका कर्मचारीहरुको भनाइ छ ।‘आफ्नो खल्तीको मान्छे राख्न पाइएन भनेर उहाँहरुले नगर शिक्षा ऐन कार्यपालिकाबाट पास हुन रोक्ने तर, आफ्नो वडाको विद्यालयमा आफूखुसी कार्यकर्ताहरुलाई शिक्षकमा भर्ना गर्ने काम अहिले भइरहेको छ,’ शिक्षा शाखाका एक अधिकृतले भने, ‘यस विषयमा एउटा उजुरी पर्नासाथ यो बदर हुन्छ ।’जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले गत आर्थिक वर्षमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएका करिब एक दर्जन विद्यालयहरु समायोजन गर्ने, कमजोर विद्यालयहरुलाई घटुवा गर्ने, शिक्षक सरुवा, खुला प्रतिस्पर्धाबाट दक्ष शिक्षक नियुक्त गर्ने लगायतको कामको सुरुवात गरेका थिए । तर नगरप्रमुखका योजनामा वडाध्यक्षहरुले नै विरोध जनाएपछि २४ वटा वडामध्ये वडा नं १४ को एउटामात्रै विद्यालय गत वर्ष समायोजनमा प¥यो ।  उपमहानगर शिक्षा शाखाका कर्मचारी न्यून विद्यार्थी भएका विद्यालयहरु समायोजन हुँदा वार्षिक ३ करोडभन्दा धेरै बजेट जोगिने र  त्यसबाट सबै विद्यालयमा विषय विज्ञ दक्ष शिक्षक भर्ना सकिने बताउँछन् ।फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहले नयाँ शिक्षक भर्नाको विषयमा विद्यालय व्यवस्थापन समितिबाट कुनै निर्णय नभएको बताए ।‘वडाध्यक्षज्यूले आफ्नै बजेट कोषबाट यी शिक्षकहरु पठाइरहेको छु भन्नुभएको छ, यस विषयमा विद्यालयलाई कुनै जानकारी छैन,’ उनले भने ।यसअघि पनि सोही विद्यालयमा निजी स्रोतबाट बिना प्रतिस्पर्धा शिक्षक भर्ना गर्दा अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा उजुरी परेर नियुक्ति बदर भएको थियो । उपमहानगरभित्र ६२ वटा सामुदायिक विद्यालयमा करिब ५ सय शिक्षक दरबन्दी छ । केही विद्यालयमा तत्काल शिक्षक आवश्यक भएकाले नगर शिक्षा ऐन कार्यपालिकाबाट पास हुनासाथ खुला प्रतिस्पर्धाबाट स्वयंसेवक शिक्षक भर्ना गर्ने उपमहानगरले जनाएको छ ।यता, उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले भने आफूले पटकपटक उपमहानगरसँग शिक्षक माग गर्दा सुनवाइ नभएकाले वडाको बजेटबाट सुविधा दिनेगरी शिक्षक भर्ना गरिएको बताए । ‘उहाँहरुले विरोध गरे पनि मैले सबै कानुनी प्रक्रिया पूरा गरेर शिक्षक भर्ना गरेको छु, वडामा आएर सबै कागजपत्र हेर्न सक्नुहुन्छ,’ वडाध्यक्ष गुप्ताले भने ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.