Gundruk Online
Wednesday, November 5, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » उपप्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका ६ जनालाई २ वर्ष कैद

उपप्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका ६ जनालाई २ वर्ष कैद


उपप्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका ६ जनालाई २ वर्ष कैद

उपचार खर्चबापतको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश

 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परिसरभित्रै साढे ३ वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई बिहीबार जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, सयुज श्रेष्ठ र नीरज रानामगरलाई ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो । उनीहरू सत्तारूढ कांग्रेस आवद्ध नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए । आचार्य तत्कालीन त्रिवि नेविसंघ सभापति र रावल सचिव थिए । उनीहरूबाट उपचार खर्चबापतको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश भएको अदालतले जनाएको छ । ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । आरोपितमध्ये दीपकराज ओझाले भने सफाइ पाएका छन् ।सोही मुद्दामा श्रेष्ठ थुनामा छन् भने अन्य आरोपितले अदालतको तारेख गुजार्दै आएका थिए । आचार्य अमेरिका र रानामगर भने हाल अस्ट्रेलिया पुगेको स्रोतले जनायो । रावल पछिल्लो समय पनि त्रिवि सेवा आयोगलगायत विश्वविद्यालयमा तालाबन्दीलगायतका गतिविधिमा सक्रिय हुँदै आएका छन् । सोही समूहले ४३ दिनसम्म गरेको तालाबन्दीको क्रममा चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो ।अदालतको आदेशपछि पनि दोषीहरूले सजाय पाउनेमा चलाउनेले भने आंशका व्यक्त गरेका छन् । ‘सत्ताको दुरुपयोग गरेर अदालतमा विचराधीन मुद्दासमेत फिर्ता भएको थियो । ढिलै भए पनि आंशिक रूपमा न्याय पाएको छु,’ उनले भने, ‘अदालतको फैसला तत्काल कार्यान्वयन होस् ।’गत असार अन्तिम साता मन्त्रिपरिषद् बैठकले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । निर्णयको चौतर्फी आलोचना भएपछि चलाउने सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले सरकारको निर्णय लागू नगर्ने आदेश दिएपछि मुद्दा अघि बढेको थियो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएको र कानुनमन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्मा लबिइङ गरेर निर्णय गराएको आरोप छ । गुरुङले सार्वजनिक रूपमै नेविसंघका कार्यकर्तालाई फसाउन झूटा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् । उपप्राध्यापक ताला फुटाउन गएकाले कुटपिट भएको उनको जिकिर छ । चलाउने त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।२०७७ असोज २० गते त्रिवि कीर्तिपुर परिसरको नेपाल बैंकअगाडि उनीमाथि आक्रमण भएको थियो । मरणासन्न हुने गरी कुटिएका उनलाई विद्यार्थीले उद्धार गरेर उपचार गर्न अस्पताल लगेका थिए । रडलगायत धारिला हतियारबाट उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनी एक महिनापछि अस्पतालबाट डिस्चार्ज भए पनि ६ महिनासम्म नियमित उपचारमा थिए । अझै पनि उनी पूर्ण रूपमा निको भइसकेका छैनन् ।आचार्य र रावलको योजना र नेतृत्वमा आक्रमण भएको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीले ७ जनामाथि ज्यान मार्ने उद्योग आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदातलले उनीहरूलाई सामान्य धरौटीमा छाडेको थियो । चलाउनेले उच्च अदालत पाटनमा जिल्लाको आदेश बदरको माग गर्दै रिट दिएका थिए । त्यसपछि उच्चले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । पीडितलाई जनही एक लाखका दरले राहत दिनसमेत आदेश दिएको थियो ।मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्था कांग्रेस काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले मुद्दा फिर्ताको प्रक्रिया र प्रस्ताव अघि बढाएको थियो । त्यसैलाई टेकेर सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सर्वोच्चले सरकारको मुद्दा फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश दिएपछि जिल्ला अदालतले मुद्दा अघि बढाएको थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.