Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » चुनावमा मत बिक्री भए राजनीति स्थिर हुन्न : सांसद  यादव

चुनावमा मत बिक्री भए राजनीति स्थिर हुन्न : सांसद  यादव


चुनावमा मत बिक्री भए राजनीति स्थिर हुन्न : सांसद  यादव

whatsapp sharing button
sharethis sharing button

 जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादवले मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको बताएकी छिन्। उनी आफ्नो एकबर्से कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखररूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउछिन् । नेत्री यादवले भनिन्, “संसद्को मुख्य काम कानुन निर्माण गर्ने भए पनि यसलाई राजनीतिक दलले एकार्कालाई आरोपप्रत्यारोप  गर्ने थलो बनाए । देशका ज्वलन्त विषय उठाउनेलाई भन्दा नेताका नाममा अरूको आलोचना गर्नेलाई सदनमा धेरै समय दिइन्छ, यो धेरै दुःख लाग्ने विषय हो ।” सांसद यादवले आफूहरु ऐन  बनाउने मुख्य जिम्मेवारी लिएर आएकाले सदनमा सबैको भूमिका बराबर हुने पक्षलाई हेक्का गरी समयको पाबन्दी पनि एउटै हुनुपर्छ भन्ने  मान्यता रहेको पनि सुनाइन् । विसं २०४७ मा नेपाल सद्भावना पार्टीमा आबद्ध भई राजनीतिमा प्रवेश गरेकी नेत्री यादव युवा र महिला मञ्च हुँदै २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेकी हुन्। मोरङबाट पार्टीको महिला फोरमको केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुँदै हाल उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य रहेकी छिन्। मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएकी सांसद यादवका ‘आत्मजा’ नेपाली उपन्यास तथा हिन्दी कवितासङ्ग्रह ‘धीरे से’ (नेपाली अनुवाद कृति ‘सुस्तरी’ं र  ‘तुम बिन’ प्रकाशित छन् । सङ्घीय सांसद यादवले भनिन्, सदनमा जनताका आवाज राख्दै गर्दा तीन मिनेटमै हाम्रो माइक काटिन्छ, तर अर्काको आलोचनामै केन्द्रित बेकारको भाषण प्रस्तोतालाई घन्टौँ समय दिइन्छ । सदनलाई जुहारी खेल्ने होइन, ऐनकानुन बनाउने थलोका रूपमा प्रयोग गरिनुपर्छ । भाषणको बाहुल्यले सदनका दुवै अधिवेशन धेरै उपलब्धिमूलक हुन सकेन ।” भूकम्पलगायत प्राकृतिक विपद्को सामना गर्न चालिएका कतिपय कदम औचित्यपूर्ण हुन नसकेको उल्लेख गर्दै सांसद यादवले युवा  र विद्यार्थीको विदेश पलायन रोक्न प्रभावकारी कार्ययोजना आउन नसकेको तथा विकास निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा गएको एक वर्ष फलदायी हुन नसकेको प्रतिक्रिया दिइन् । शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण र बेपत्ता आयोगसम्बन्धी विधेयक पनि लामो समयदेखि अड्किरहेकाले अब छिटो  टुङ्ग्याउनुपर्नेमा उनले जोड दिइन् ।सांसद यादवका अनुसार आफूहरु संलग्न नभए पनि कतिपय विषयमा भ्रष्टाचारको भागीदारको आरोप खेप्न परिरहेको छ । अनियमितता र भ्रष्टाचार मौलाउनमा राजनीतिसँगै कर्मचारीतन्त्र पनि त्यतिकै दोषी भएको उनको भनाइ छ  । नेताहरूलाई ओहदामा पुग्नासाथ भ्रष्टाचारका लागि बाटो देखाउन कार्यालय सहयोगीदेखि सचिवसम्मको भूमिका रहने गरेको छ । आफूले संसद्मा नागरिकतासहित जनसरोकारका सवालमा निरन्तर आवाज उठाइरहेको जिकिर गर्दै सांसद यादवले भनिन्, “नागरिकता विधेयक सदनबाट पास भयो, कानुन पनि बन्यो । कार्यान्वयनमा  भने अझै केही जटिलता र झन्झट देखियो । उदाहरणका लागि अझै पनि महिलाले सन्तानलाई आफ्ना नामबाट नागरिकता दिन पाएका छैनन् ।” आफू र आफ्नो राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीको पक्षधर भए पनि सदुपयोग नहुँदा परिवारवाद र समूहमा सीमित बन्न पुगेको उदाहरण प्रस्तुत गर्दै  समानुपातिक सांसद यादवले प्रत्यक्ष निर्वाचनमा पनि जनताले अब कस्तो व्यक्तिलाई जिताउने भनी मनन गर्ने बेला आइसकेको स्पष्ट गरिन् । उनले भनिन्, “जनता पनि चुनावका बेला व्यक्ति होइन, खल्ती हेर्छन् । समस्या त्यहाँनेर हो । यहाँ निष्ठाको राजनीति गर्नेको जमानत जफत हुन्छ, पैसावालले चुनाव जित्छ । त्यसैले जनता नै पहिला इमान्दार हुनुपर्छ ।” पैसाका बलमा चुनाव जित्नेको प्रस्तुति पनि सोहीस्तरकै हुने गरेको उदाहरण दिँदै सांसद यादवले ‘सहयोग गर्छु’ भनेर आउने व्यक्ति वा संस्थासँग पनि कमिसन खोज्ने प्रवृत्ति मौलाएको बताइन् । नेत्री यादवले हरेक सङ्घ संस्थामा राजनीतिकरण भएकै कारण मुलुकका उद्योग र कलकारखाना बन्द हुँदा बेरोजगारी समस्या ह्वात्तै बढेको प्रतिक्रिया दिइन्। स्वतन्त्र अदालतसहित न्यायालयमा समेत राजनीतिको चर्को प्रभाव र दबाब देखिएको विचार प्रकट गर्दै उनले कर्मचारी, प्रहरी प्रशासन र निर्वाचन आयोगसमेत राजनीतिबाट टाढा रहन नसकेको धारणा राखिन्।उनले भनिन्, “वडा कार्यालयमा निःशुल्क लेखिदिनुपर्ने निवेदनमा पनि कर्मचारीले ठूलो रकम लिने गरेको देखिएको छ । यो भ्रष्टाचारको एउटा नमूना हो, यस्ता काममा सरकारी कर्मचारीबाटै अतिरिक्त रकम असुल्ने प्रवृत्ति जताततै देखिन्छ ।” विद्यार्थीलाई उच्च शिक्षा दिने नारा लगाइए पनि त्यसपछिको रोजगारीका पाटामा ध्यान नपुर्याइँदा लर्को लागेर छोरानाति विदेशिन बाध्य भएको उल्लेख गर्दै नेत्री यादवले छोराछोरी विदेश जाँदा गौरव गर्ने नेपाली समाजले पनि  पलायनलाई मलजल गरिरहेको प्रतिक्रिया दिइन् । सांसद यादवले भनिन्, “बाँकी उद्योगधन्दा पनि क्रमशः बन्द हुँदैछन् । देशको अर्थतन्त्र हामी आफैँले सङ्कटमा पुर्यायौँ । युवाको माइन्ड र मसललाई प्रयोग गर्न सकेनौँ, अनि यहाँ मनी कसरी आउँछ ? यसमा राज्यकै दोष छ ।”एक प्रसङ्गमा सांसद यादवले विगतमा मधेस र मधेसी समुदायमा  सीमित छठ अहिले हिन्दू, मुसलमान, बौद्धमार्गीसहित सबै धर्मावलम्बीको साझा बनेको र  आपसमा सद्भाव, सम्बन्ध र मेलमिलाप गाँस्ने पर्वका रूपमा मुलुकभर फैलँदै गएकामा खुसी व्यक्त गरिन् ।साहित्यकार यादवले भनिन्, “छठ मनाउने क्रममा सवै जातजाति र समुदाय जलाशयमा सँगसँगै उभिएर सूर्यलाई अघ्र्य दिने, पूजार्चना र प्रसाद वितरण गर्ने प्रचलनबाट जातीय विभेद र छुवाछूतलाई समेत अन्त्य गर्न ठूलो सहयोग पुग्दैआएको छ ।”छठले जलाशयमा सामूहिक उभिन र एकार्काबीचमा घुलमिल हुन सहयोग गरेको पक्षलाई राज्य र नेताहरूले पनि अनुशरण गर्नुपर्ने सुझाव दिँदै उनले भनिन्, “छठले हामीबीच सद्भाव र प्रेम बढाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु ।”
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.