Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी

संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी


संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी

१ मंसिर २०८०
निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ। पछिल्लो एक वर्षमा अर्थ लगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन्। कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसदमा वादप्रतिवादको शृङ्खला नै चल्यो। सत्ता पक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन बन्न पुग्यो।दलहरूबीच हार्दिकता हुन नसक्दा संसदमा अन्तिम अवस्थामा पुगेका विधेयक पनि पारित हुन सकेनन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक तयारी अवस्थामा रहे पनि टुङ्गोमा पुगेनन्। कतिपय विश्लेषक यसलाई राजनीतिक नेतृत्व र सांसदको गैरजिम्मेवारीपनको उपज मान्छन्।सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा साेशी चौधरी सदनमा थुप्रै विधेयक दर्ता भए पनि शीघ्र प्रक्रियामा अगाडि बढाउन नसक्नु कमजोरी भएको स्विकार्छिन्। संसद् र सांसदले कानुन निर्माणलाई आफ्नो प्रमुख दायित्व बनाउनुपर्नेमा जोड दिंदै उनले राजनीतिक दल र शीर्ष नेता पनि जिम्मेवार हुनुपर्ने बताइन्।“समितिका सभापति, सांसद, संसद् सचिवालय, कर्मचारी, दलका नेता, सम्बन्धित मन्त्रालय सबै आआफ्नो ठाउँमा क्रियाशील हुन सक्नुपर्छ”, सांसद चौधरीले भनिन्, “मुलुकलाई अगाडि बढाउन आवश्यक कानुन निर्माण हुन सकेन भने त संविधानमाथि नै प्रश्न उठ्न सक्छ, अहिलेको जस्तो घिसेपिटे तरीकाबाट हुँदैन।”सरकारले संसदलाई ‘बिजनेस’ दिएन भन्ने गरिए पनि सदनमा थुपै विधेयक छलफलका लागि तयार रहेको उल्लेख गर्दै उनले ‘मिनी संसद’का रूपमा रहेका संसदीय समितिले प्रभावकारी रूपमा काम गर्न नसक्दा पनि केही समस्या देखिएको बताइन्।“राजनीतिक दलहरूबीच सहमति भइसकेको विषयलाई छिटोछिटो समितिबाट टुङ्ग्याउँदै सदनमा पठाउने तथा पारित गर्नेतर्फ जानुपर्थ्याे”, सांसद चौधरीले भनिन्, “यतातर्फ ढिलाइ भइरहेको छ।”संविधानको पालना गरेर तद्अनुसारको कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने सांसद चौधरीको मत छ। सदनलाई ‘बिजनेस’ दिने तथा जनजीविकाका सवाललाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ भन्दै उनले भनिन्, “संविधानले निर्दिष्ट गरेको मार्गमा सबै हिंड्नुपर्छ, कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनु हुँदैन, संसदमा एक अर्काको आलोचनाभन्दा पनि विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ।”संसदीय प्रक्रिया अत्यन्त औपचारिक रहेको उल्लेख गर्दै सांसद चौधरीले भनिन्, “संसदीय प्रक्रिया हेर्दा कहिलेकाहीं त उकुसमुकुस नै लाग्छ, तर प्रक्रिया मान्दिनँ भन्न पाइँदैन।”देश र जनताको पक्षमा अत्यावश्यक देखिएका कानुन ‘फास्ट ट्रयाक’बाट बने पनि हुन्थ्यो भन्ने आफूलाई लाग्दै आए पनि नेपालमा प्रचलनमा रहेको संसदीय प्रक्रिया झन्झटिलाे रहेको उनले अनुभव सुनाइन्।“संसद् औपचारिक थलो त हो तर कहिलेकाहीं छिटोछिटो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, सचेतक चौधरीले भनिन्।शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउने विषय अहिलेको सार्वभौम संसदको प्राथमिकतामा हुनुपर्ने उल्लेख गर्दै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा तथा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताइन्।“अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक ऐन, कानुन निर्माणलाई प्राथमिकता दिनुपर्छ”, सांसद चौधरीले भनिन्, “शान्ति प्रक्रिया, सम्पत्ति शुद्धीकरण लगायत विषयसँग सम्बन्धित विधेयक कुनै दल र नेता विशेषको मात्र होइन, यो सिङ्गो नेपालसँग जोडिएको छ। राष्ट्रको सवाल आउँदा सबै जिम्मेवार भएर हल गर्नुपर्छ।”२०३५ मंसिर १२ गते कैलालीमा जन्मिएकी सांसद चौधरी २०५५ सालदेखि माओवादीमा आबद्ध भएकी हुन्। जनयुद्धका क्रममा उनी २०५६ भदौदेखि २०५७ चैतसम्म जेल परेकी थिइन्। चौधरी जनमुक्ति सेनाको बटालियन कमिस्नर तथा महिला विभाग प्रमुख थिइन्। उनी अन्तरिम व्यवस्थापिका सदस्य समेत थिइन्।सांसद चौधरीले लामो समयसम्म संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन बन्न नसक्दा प्राप्त राजनीतिक उपलब्धि संस्थागत हुन नसकेको र संविधान नै अप्ठ्यारो अवस्थामा पुग्ने खतरा औंल्याइन्।“यो प्रमुख चुनौती नै हो, प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्न दलीय स्वार्थभन्दा पनि संविधान अनुसारको कानुन निर्माण गरेर जानुको विकल्प छैन”, उनले भनिन्।कानुन निर्माणका क्रममा विषयवस्तु र प्रक्रियामा लैङ्गिक विभेद हुने गरेको आफूले पनि महसुस गरेको उल्लेख गर्दै सांसद् चौधरीले महिलाको राजनीतिक सहभागिताको पाटो भने कमजोर रहेको बताइन्।गणतन्त्रको विकल्प गणतन्त्र नै भएको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको व्यवस्था बनाउन अहिले देखिएका कमीकमजोरी सुधारेर जानुपर्नेमा जोड दिइन्।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.