Gundruk Online
Thursday, February 5, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मुटुरोग विशेषज्ञ डाक्टर अनिलको विश्व रेकर्ड

मुटुरोग विशेषज्ञ डाक्टर अनिलको विश्व रेकर्ड


मुटुरोग विशेषज्ञ डाक्टर अनिलको विश्व रेकर्ड
मुटुरोग रोकथामसम्बन्धी कार्यक्रममार्फत ‘गिनिज वर्ल्ड रेकर्डस्’ र ‘वर्ल्ड बुक अफ रेकर्डस् लन्डन’ बाट दुई रेकर्ड कायम

कार्तिक २५, २०८०

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक सामग्री प्रस्तुति गरेर दुई प्रतिष्ठित विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर ‘गिनिज वर्ल्ड रेकर्डस्’ र ‘वर्ल्ड बुक अफ रेकर्डस् लन्डन’ मा दुई विश्व रेकर्ड कायम गरेको उनले जानकारी गराए ।फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ विधाअन्तर्गत ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेको अनिलको भनाइ छ ।उनले गत सेप्टेम्बर २९ मा विश्व मुटु दिवसका अवसर पारेर आफ्नो फेसबुक पेजबाट मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुति गरेका थिए । साँझ ७ बजेर १५ मिनेटदेखि सुरु भएको आधा घण्टा लामो उक्त वैज्ञानिक प्रस्तुतिमा एकै पटक ११ हजार २ सय १२ जनाले लाइभ हेरेका थिए । उक्त प्रस्तुतिलाई ९ हजार जनाले सेयर गरेका थिए । त्यस क्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ सकिँदासम्म १ लाख ५० जनाले हेरेका थिए ।‘आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए,’ पत्रकार सम्मेलनमा उनले भने, ‘व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुनेछ, सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।’अनिलले मुटुरोग रोकथामका विषयमा लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । अतिथि वक्ता भएर लगातार ४४ हप्ताको एपिसोडमा मुटुरोग रोकथामसम्बन्धी अन्तर्वार्ता दिएबापत उनले गत मार्चमा दोस्रो विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१३/१४ मा इमेज एफएममा अतिथि वक्ता भएर मुटुरोग रोकथामसम्बन्धी अन्तर्वार्ता दिएबापत ‘वर्ल्ड बुक अफ रेकर्ड लन्डन’ कायम गरेका हुन् ।अनिल सामाजिक सञ्जाललाई सदुपयोग गर्न सके सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण बनेका छन् । ‘मेरो विचार र सन्देश प्रवाहका निम्ति सामाजिक सञ्जाल प्रभावकारी भएको छ,’ उनी भन्छन्, ‘यसले स्वास्थ्य चेतनाका क्षेत्रमा नयाँ आयाम पनि थपेको छ ।’ स्वस्थ जीवनशैली र मुटुरोगसम्बन्धी उनका प्रस्तुतिहरूलाई सामाजिक सञ्जालमा अत्यधिक रुचाइन्छन् । यसबारे उनले सन् २०१७/१८ मा हरेक शनिबार एक वर्षसम्म लगातार ‘फेसबुक लाइभ’ सञ्चालन गरेका थिए । उक्त अवधिमा हजारौं मानिसका विभिन्न समस्या, जिज्ञासालाई प्रत्यक्ष प्रसारणमै सम्बोधन गरेको उनको भनाइ छ ।उनले कोभिड महामारीका बेला जनचेतनामूलक भिडियो तथा जानकारीहरू पोस्ट गरेर मानिसहरूलाई स्वास्थ्य सतर्कताबारे सुसूचित गरेका थिए । मुटुरोगसँगै उच्च रक्तचाप, मधुमेहलगायतका विभिन्न दीर्घरोगीका समस्यालाई प्रस्तुत गर्दै आएका छन् । लकडाउनको समयमा सर्वसाधारणको स्वास्थ्य सेवाको पहुँच खुम्चिएको थियो । उनले फेसबुकलगायत सामाजिक सञ्जालमा सचेतनामूलक सामग्री पस्केर लाखौं मानिससमक्ष सहायता पुर्‍याएका थिए । यसको अलावा उनले दूरदराजका मानिसलाई निःशुल्क टेलिमेडिसिन, फेसबुक, ह्वाट्सएप र भाइबरमार्फत निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्दै आएका छन् ।मुटुरोग विशेषज्ञ भएर काम गर्दै जाँदा उनी मुटुरोगबारे चेतनाको अभावमा हृदयघात भई ज्यान गुमाइरहेका मानिसहरूको प्रत्यक्षदर्शी बने । यसपछि उनले सचेतना जगाउने उद्देश्यले सन् २०१३ मा ‘म पनि डाक्टर’ नामक पुस्तक पाठकमाझ ल्याए । यसमा हृदयघात, मुटुरोगका लक्षण, यसको रोकथामका उपाय तथा स्वस्थ जीवनशैलीलगायत विषयलाई प्रस्तुत गरिएको छ । समुदायमा चिकित्सा ज्ञान र स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धताअनुरूप उनले पाँच हजार प्रति उक्त पुस्तक स्वास्थ्यकर्मीलाई निःशुल्क रूपमा वितरणसमेत गरेका थिए । हालै उनले ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक ल्याएका छन् । सामाजिक रूपान्तरणका विषयमा लेखिएको पुस्तकलाई छोटो समयमै पाठकहरूबाट रुचाइएको उनको भनाइ छ । अनिलको नेतृत्वमा सन् २०१४ मा काठमाडौंमा मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर भएको थियो । उक्त शिविर दुई सय जना स्वयंसेवकको सहयोगमा ११ दिनसम्म सञ्चालन भएको थियो ।५ हजार ६ सय जनाभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका थिए । करिब ५० लाख रुपैयाँ खर्च भएको उक्त शिविरको अधिकांश खर्च अनिलले व्यक्तिगत रूपमा व्यहोरेका थिए । शिविरमा सहरी क्षेत्रमा बसोबास गर्ने वयस्क मानिसमा मुटुरोगको जोखिमका बारेमा अध्ययन गर्ने उद्देश्य राखिएको थियो । यसबाट सहरी युवाहरूमा मुटुरोगको जोखिमका बारेमा स्पष्ट खाका तयार भएको थियो । यसबापत उनी सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट प्रतिष्ठित ‘उत्कृष्ट अनुसन्धान पत्र’ पुरस्कारबाट पुरस्कृत भएका थिए । स्वास्थ्य सचेतनाका विषयमा उनले लेख, तस्बिर, भिडियो, रेडियो/टेलिभिजन अन्तर्वार्ताको माध्यमबाट योगदान दिन थालेको १२ वर्ष भइसकेको छ ।उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट एमडीमा स्वर्णपदक जितेका छन् । एसियाको प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) बाट डीएम कार्डियोलोजी तथा अमेरिकन कलेज अफ कार्डियोलोजीबाट (एफएसीसी) र विश्वस्तरको सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट फेलोसिप प्राप्त गरिसकेका छन् ।सन् २०११ देखि २०१५ सम्म उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डीएम कार्डियोलोजी प्रोग्राम तथा क्याथ ल्याब सेवा स्थापना र व्यवस्थापन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसबाट मुटुरोगसम्बन्धी उच्च शिक्षा अध्ययन तथा स्वास्थ्य सेवाको पूर्वाधार र शैक्षिक अवसरलाई सुदृढ गर्न योगदान पुगेको उनको दाबी छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.