Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एक सय विद्यालय पूर्ण रूपमा क्षति

एक सय विद्यालय पूर्ण रूपमा क्षति


एक सय विद्यालय पूर्ण रूपमा क्षति

२४ विद्यार्थीसहित एक शिक्षकको मृत्यु, बालबालिका र महिला मृतक धेरै
जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति

 जाजरकोटको सदरमुकाम खलंगाबाट राहत सामग्री आउँदै छ भन्ने सुनेपछि गत आइतबार बिहान भेरी नगरपालिका–१, रावत गाउँकी कमली विक १० वर्षे छोरो डोर्‍याउँदै हतारहतार सडकतिर लागिन् । केही पर पुगेपछि कमलीका छोरा पढ्ने दीपेन्द्र प्रावि आइपुग्यो ।कम्पले क्षति पुर्‍याएको स्कुल देखेपछि छोरोले सोधिहाले, ‘मम्मी, हेर्नु त हाम्रो स्कुल पनि ढप्केछ (चर्केछ), अब हामी कहाँ बसेर पढ्ने ?’ आफ्नै तनावमा रहेकी कमली छोराको कुराले झिँझो मान्दै भनिन्, ‘अरूलाई घर भत्केको, खानबस्नको चिन्ता छ, तँलाई स्कुलकै चिन्ता । आइज छिटो राहत छुट्ला ।’ भूकम्पमा परी कमलीको पनि घर पूर्ण रूपमा भत्केपछि यतिबेला उनलाई गाँसबासकै पिरलो छ ।उनीहरू हुर्रिएर राहत ल्याएकोतर्फ गए । तर त्यो राहत अर्कै गाउँका लागि आएको रहेछ । त्यसपछि उनीहरू फर्किहाले । यतिबेला भने आमाछोरा केहीबेर भूकम्पले चर्केको उक्त स्कुल हेर्न थाले । अघिसम्म हतारोमा देखिएकी कमलीका पाइला अहिले भने सुस्त थिए । उनले भनिन्, ‘यो यहीं चारमा पढ्छ, स्कुल देख्नै हुँदैन, कहाँ बसेर पढ्ने होला भनेर पिरोलिरहन्छ । उसका खेल्ने साथी स्कुलकै छन्, त्यही भएर स्कुलकै याद गर्छ ।’ गत शुक्रबार मध्यरातिको भूकम्पले दीपेन्द्र प्राविमा जस्तै जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा शिक्षण संस्थामा क्षति पुर्‍याएको छ ।यी दुई जिल्लामा पूर्ण, आंशिक र सामान्य गरी ४ सय १५ विद्यालयमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो । तीमध्ये करिब १ सय ७ विद्यालय पूर्ण रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ । विद्यालय भवनसँगै केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालयलगायतमा क्षति पुगेको तथ्यांक छ । कम प्रभावित अन्य जिल्लाबाट विवरण आउन बाँकी रहेकाले शिक्षण संस्थामा भएको क्षतिको विवरण यकिन हुन नसकेको मन्त्रालयका सचिव भोजराज काफ्लेले बताए ।यी जिल्लामा भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या धेरै रहेको समेत पाइएको छ । १ सय ५३ मृतकमध्ये ७८ जना बालबालिका रहेको प्रहरीको तथ्यांक छ । जाजरकोटमा ५६ महिला र ४५ पुरुष, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये जाजरकोटमा एक शिक्षकसहित ११ जना विद्यार्थी र रुकुम पश्चिममा १३ जना गरी २४ जना विद्यार्थीको मृत्यु भएको यहाँस्थित शिक्षा इकाईले जनाएका छन् । जाजरकोटका इकाई प्रमुख रमेश मल्लले भूकम्पमा परी निजी स्रोतमा कार्यरत एक शिक्षकको मृत्यु भएको जनाए । दुई शिक्षक र ३१ विद्यार्थीसमेत घाइते रहेको उनले बताए । मल्लका अनुसार ३ सय ४९ विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको छ । तीमध्ये ९२ विद्यालय भवनका ३ सय ६६ कक्षाकोठा पूर्ण रूपमा र २ सय ५७ भवनका ४ सय ७६ कक्षाकोठामा आंशिक क्षति पुगेको हो ।४३ शौचालय पूर्ण र ९० वटामा आंशिक क्षति भएको इकाईले जनाएको छ । ‘विद्यालयमा पुगेको क्षतिको प्रारम्भिक विवरण मात्रै आएको छ,’ उनले भने, ‘पूर्ण विवरण आएपछि विद्यालय सञ्चालनबारे निर्णय लिन्छौं ।’ जाजरकोटमा ४ सय ३२ विद्यालय छन् । ११ विद्यालयका आईसीटी ल्याब, एक पुस्तकालय, ७ विद्यालयका घेराबार र ४ विद्यालयको सोलार सिस्टममा पूर्ण क्षति भएको इकाईले जनाएको छ ।खलंगा माथिल्लो थाप्लेमा हनुमान प्राविका भवनहरू पूर्ण रूपमा भत्किएका छन् । खलंगाकै त्रिभुवन माविमा २० जनाको छात्रावास र कार्यालय भएको तीन भवन भत्किएका र चर्किएका छन् । नयाँ पक्की भवनहरू भने सुरक्षित छन् । त्रिभुवन माविका सहायक प्रअ हरिबहादुर बस्नेतले छात्राहरू दसैंतिहार मनाउन घर गएकाले मानवीय क्षति हुनबाट जोगिएको बताए । विद्यार्थीका किताबकापी, लुगाफाटा, भान्साकोठाका सामान सबै पुरिएका छन् ।त्यस्तै प्रारम्भिक विवरणअनुसार रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको इकाईले जनाएको छ । इकाई प्रमुख ताराप्रकाश पुनले पूर्ण क्षति भएका १५ विद्यालयका ३ हजार ६ सय विद्यार्थी प्रभावित भएको जनाए । उनका अनुसार एक/एक जना शिक्षक र विद्यार्थी घाइते छन् । २, ४ र ६ कोठे विद्यालय भवनहरूमा पूर्ण र आंशिक रूपमा असर पुगेको हो । ‘क्षतिको विवरण स्थानीय तहहरूबाट संकलन भइरहेको छ,’ पुनले भने, ‘स्कुलहरूमा दसैंतिहारको बिदा नै थियो । मंसिर ४ देखि सञ्चालन हुने तालिका छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कहिलेदेखि कसरी विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गर्छौं ।’रुकुम पश्चिममा २ सय ८८ वटा विद्यालय सञ्चालनमा रहेका छन् । क्षति पुगेका विद्यालयमा कक्षा सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने इकाई प्रमुखहरूले बताए । कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेलले प्रभावित क्षेत्रमा उद्धारको काम सकिएर राहत र पुनःस्थापनाको काम थालिएको जनाए । ‘विद्यालयहरू बिदामा थिए । जिल्ला र स्थानीय तहमा तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने गरी तयारी थाल्न प्रदेश सरकारले निर्देशन पनि दिएको छ,’ उनले भने ।शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा भूकम्पले प्रभावित जिल्लाहरूबाट शिक्षण संस्थामा पुगेको क्षतिको विवरण संकलन भइरहेको जनाए । ‘विद्यालय भवन पूर्ण रूपमा भत्केको, चिरा परेर बस्न जोखिम रहेको र भूकम्पपीडितले कतिपय स्कुललाई आश्रय स्थलका रूपमा प्रयोग गरिरहेको खबर छ,’ उनले भने, ‘सकभर चाँडो विद्यालय सञ्चालन गर्न स्थानीय तहहरूसँग समन्वय र पहल भइरहेको छ ।’भवनमा क्षति पुगेका विद्यालयले वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालन गर्नुपर्ने शर्माले जनाए । त्यसका लागि स्रोत केन्द्रहरू तोकेर पठनपाठन गराउन सकिने उनको भनाइ छ । ‘विद्यालय छिट्टै खोल्न सकभर विद्यालयलाई भूकम्पपीडितको सेल्टर नबनाउन आग्रह गरेका छौं ।’गृह मन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दाङ, बैतडी, जुम्ला र प्यूठानसहित ११ जिल्लालाई प्रभावितमा राखेको छ । यी जिल्लाका घर तथा विद्यालयमा पनि भूकम्पले क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार पूर्ण र आंशिक गरी करिब ३ हजार ८ सय ९१ घरमा क्षति पुगेको छ ।कर्णालीमा ३ हजार २६ सामुदायिक र २ सय १७ वटा निजी विद्यालय छन् । सोमबार साँझ पनि जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्पको धक्का महसुस भएकाले भौतिक संरचनामा थप क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाल शिक्षा समूह कर्णाली प्रदेशले क्षति पुगेका विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण गर्न त्रिपाल, प्लास्टिकलगायत सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.