Gundruk Online
Wednesday, May 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ६ वाणिज्य बैंक कारबाहीमा

६ वाणिज्य बैंक कारबाहीमा


६ वाणिज्य बैंक कारबाहीमा

कार्तिक १२, २०८०

काठमाडौँ — निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न कसुरमा ती बैंकलाई नगद जरिवानादेखि सचेतसमेतको कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंक छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ नगद जरिवाना असुल गरेर कारबाही गरेको छ । हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी) कायम नगरेका कारण १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना तिर्नुपरेको छ ।एनएमबी बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दा कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको थियो । सोसम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेकामा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार राष्ट्र बैंकले सचेत गराएको हो ।एनआईसी एसिया बैंक र नबिल बैंकले पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेकाले कारबाहीमा परेको बताइएको छ । एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को (८) मा उल्लिखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाहीमा गरिएको राष्ट्र बैंकले बताएको छ ।बैंकले निर्देशनविपरीत ब्याज बढाएको, क्यापिएडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको आरोप पनि यो बैंकलाई लागेको छ । यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएको छ ।नबिल बैंकले निर्देशनविपरीत प्रिमियम बढाएको, ग्राहकसँग त्रैमासिक रूपमा शुल्क (कर्जा प्रशासनिक शुल्क) लिने गरेको, संस्थागत मुद्दती निक्षेपमा ग्राहकलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएकोलगायत कसुर राष्ट्र बैंकले भेटाएको छ । यी कसुरमा राष्ट्र बैंकले नबिलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशनविपरीत कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५) अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशनविपरीत पटकपटक वृद्धि गरेको कसुर राष्ट्र बैंकले भेटाएको छ ।यसकारण सिटजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाहीमा परेका बैंकहरूको विवरण हो । पछिल्ला वर्षमा सम्पत्ति शुद्धीकरण र नियामकीय निर्देशन पालना नगर्ने बैंकको संख्या लगातार बढ्दो छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.