सिरहा, कार्तिक ५ गते । भारतमा जारी विश्वकप–२०२३ मा आज ठूलो खेल हुँदैछ । भारत–पाकिस्तानपछिको अर्को ठूलो खेल भारत–न्यूजिल्याण्डवीच हुँदैछ ।
भारतको हिमाचल प्रदेशको धर्मशालामा आजको खेल दिउँसो सवा २ बजेदेखि सुरु हुँदैछ । जारी विश्वकपमा न्यूजिल्याण्ड र भारत समान ४÷४ जित निकाल्दै ८/८ अंक पाएका छन् । रनरेटको आधारमा न्यूजिल्याण्ड र्शीष स्थानमा रहेको छ भने भारत दोस्रोमा छ । त्यसैले आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण मानिएको छ ।







